Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Monday, March 19, 2018

पूँजीवाद, असमानता र विश्वव्यापीकरणः थोमस पिकेट्टीको ‘एक्काइसौँ शताब्दीमा पूँजी’

 - प्रभात पटनायक

पिकेट्टीकाे ‘एक्काइसौं शताब्दीमा पूँजी‘ तथ्य–आधारित उत्कृष्टकृति हो। जुन कृतिले गत तीन दशक यता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय असमानतामा आएको तीव्र वृद्धिलाई प्रश्न गर्न नसक्ने गरी स्थापित गर्ने अत्यन्त महत्वपूर्ण काम सम्पन्न गरेको छ। यसैले यस पुस्तकबारे विश्वका बौध्दिक तथा योजनाविदबाट व्यापक चर्चा परिचर्चा भइरहेकोछ । यसैक्रममा यस पुस्तकका बारे हामीले पहिलो श्रृङ्खलाका रुपमा नेपालका अर्थशास्त्री डा. प्रकाश चन्द्र लोहनीको समीक्षालाई प्रस्तुत गरेका थियौं। हेर्नुहोस् मार्क्सदेखि पिकेटीसम्म: पुँजीवादको भविष्य। र दोस्रो श्रृङ्खलाका रुपमा हामीले बेलायतका अर्थशास्त्री जोन रसबाट गरिएको पूँजीको-बनावटमा-स्वाभाविक बृद्धि प्रस्तुत गरेका थियौं। यसपटक हामीले प्रभात पटनायकको आलेखलाई तेस्रो श्रृङ्खलाका रुपमा प्रस्तुत गरेका छौं। सम्पादक)।



 १. थोमस पिकेट्टीका तर्कहरु 


थोमस पिकेट्टीद्वारा लिखित पुस्तक ‘एक्काइसौँ शताव्दीमा पूँजी’ मा केही सम्पन्न पूँजीवादी मुलुकहरुमा विगत दुइ दशक भन्दा लामो अवधिमा सम्पत्ति र आयको वितरण बारे व्यापक व्यवहारिक अनुसन्धान समेटिएको छ। मुलतः करसम्बन्धी तथ्यांकको व्यापक प्रयोगबाट पिकेट्टीले पहिलो पटक आफ्नो कृतिमा महत्वपूर्ण निष्कर्शहरु निकालेका छन्। यी निष्कर्षहरुले अन्तर्राष्ट्रिय रुपमै प्राज्ञिक वर्ग र आम जनमानसको ध्यान आकृष्ट गरेका छन्। निष्कर्षहरु आफैँमा स्पष्ट देखिन्छन्। मुख्यतः अध्ययन गरिएका प्रत्येक मुलुकको कूल सम्पत्तिमा माथिल्लो १० प्रतिशत (अथवा माथिल्लो १ प्रतिशत) हिस्साको सम्पत्तिको वितरण; यसैगरी आयको वितरण; र सम्पत्ति-आयको अनुपात जस्ता चर वा भेरिएबल्स गणना गरी पत्ता लगाइएको यु आकारको वक्ररेखा महत्वपूर्ण छ। यी प्रत्येक चर प्रथम विश्वयुद्ध ताका निकै माथि वा बढ्दो स्थितिमा रहेकोमा सन् १९४५ सम्ममा निकै तल झरेको र त्यसपछि क्रमशः बढ्दै गर्इ पछिल्ला केही दशकमा आकाशिएको पाइन्छ। सन् १९१४ देखि १९४५ बीचको अवधिमा प्रष्ट देखिएको रोकावटले के संकेत गर्दथ्यो भने पूँजीवाद अझै समतामूलक बन्दै गएको छ। त्यस्तै पैतृक सम्पत्तिको भन्दा व्यक्तिको “क्षमता”को महत्व बढ्दै गएको तथा अर्थ-सामाजिक सिँढीमा वंशज भन्दा नवआर्जित अवस्थाले स्थान पाउन थालेको आभास हुन्थ्यो। सबैजसो पूँजीवादी मुलुकहरुमा जनसंख्याको तल्लो आधा हिस्साले कहिल्यै पनि धेरथोर सम्पत्ति आफ्नो स्वामित्वमा पार्न सकेका थिएनन्, फलस्वरुप सम्पत्तिबाट आय आर्जन गर्न सकेका थिएनन्। तर सन् १९१४ देखि १९४५ को अवधिमा भने उच्च १० प्रतिशत धनाढ्यहरुमा रहेको सम्पत्तिको अंश घट्न गर्इ मध्यम वर्गको उदय हुन पुगेको थियो। पछिल्लो समयमा भने माथिल्लो १० प्रतिशतको सम्पत्ति र आयको अंश बढ्दै गएको देखिएको छ। आयकै सन्दर्भमा हेर्ने हो भने अमेरिकाको माथिल्लो दशांशले कूल आयको ९० प्रतिशत भन्दा बढी हिस्सा लिएका छन्। अमेरिकाको आय असमानता युरोपको भन्दा द्रुत गतिमा बढी सन् १९१४ पूर्वको क्रम उल्टिन पुगेको छ। कयौँ युरोपेली मुलुकमा प्रथम विश्वयुद्धको संघार ताका यस्तै अनुपात रहेको थियो। असमानताको यो क्रम भविष्यमा पनि निरन्तर रहने अनुमान पिकेट्टी गर्दछन्। सन् १९१४ देखि १९४५ को समयमा पूँजीवादले एक पछि अर्को धक्का सामना गर्नुपर्‍यो, जस्तैः युद्धकालमा भौतिक सम्पत्तिको विनाश, बोल्शेभिक क्रान्ति तथा उपनिवेशहरु अस्त (जसका प्रभावहरु १९५० को दशकसम्म कायम नै रहेका थिए) पछिका कारणहरुले विदेशी सम्पत्ति जफत, सम्पत्तिको मुल्यको मुद्रास्फितिसँग सामञ्जस्य नभएको उपभोक्ता मुल्यमा भएका उच्चदरको मुद्रास्फिति र आय तथा सम्पत्तिमा करारोपण (यद्धपि फ्रान्समा भने फ्रान्सेली राज्य क्रान्तिसँगै सम्पत्ति कर भित्रिएको थियो) को शुरुवात आदि थिए। उनको विचारमा उक्त धक्काको समयमा बाहेक सम्पत्ति-आय अनुपात, सम्पत्ति असमानता र आय असमानता सबै पूँजीमा हुने प्रतिफलको दर र अर्थतन्त्रको वृद्धिदर  बीच हुने अन्तर (r-g) सहित एकै दिशामा वृद्धि हुने विषयहरु हुन्। जब पूँजीगत प्रतिफलको दर (rate of return on capital) r ले अर्थतन्त्रको वृद्धिदर (rate of return on capital) g लार्इ उछिन्छ, सम्पत्ति राष्ट्रिय आय भन्दा उच्च दरमा बढ्न थाल्छ, सम्पत्तिमा असमानता बढ्छ, र जसले गर्दा सम्पत्तिबाट हुने आय र समग्र आयहरु सम्बन्धित सवैप्रकारका असमानताहरु बढ्दछन्। पिकेट्टीको अपेक्षा अनुसार एक्काइसौँ शताव्दीमा अतिविकसित राष्ट्रहरुको वृद्धिदर घट्दो क्रममा हुनेछ किनभने अन्य कुराका साथसाथै जनसंख्या वृद्धि कम हुनुका साथै पूँजीको प्रतिफल दर पनि घट्नेछ। यस्तो किन हुन्छ भने पूँजीले सहजै श्रमलार्इ विस्थापित गर्नसक्ने छ (जसलार्इ अर्थशास्त्रीहरु पूँजी र श्रमबीच विस्थापनको उच्च लचकताको रुपमा लिन्छन्), जहाँ पूँजी संचितीको उच्च दर जनसंख्या एवं आर्थिक वृद्धिको सुस्त बृध्दिदरसँग पूर्ण एकअर्कासँग अनुकुल हुन्छन्: पूँजीको प्रतिफल दरमा गिरावट नआउने गरी प्रति इकाइ श्रमको अनुपातमा सामान्यतया अधिक पूँजीको प्रयोग गरिन्छ। तसर्थ त्यस भिन्नता (r-g) ले आगामी केही दशकसम्म सम्पत्ति र आयको असमानता अझ बढाउने; र विश्वव्यापीकरणको लक्षण स्वरुप हाल देखा परिसकेको धनी वर्गमा लाग्दै आएको करको भार कम गर्दैजाने प्रवृत्तिले थप प्रतिकूल बनाउने देखिन्छ।

पिकेट्टी बढ्दो असमानताको प्रभावलार्इ आधारभूत रुपमा प्रजातन्त्रको विपरित हुने धारणा राख्दछन्। उनको सुझावमा सम्पत्तिमा लाग्ने करको दर उच्च राख्नु पर्ने तर कुनै एक देशले यसो गर्दा सबै पूँजी पलायन हुन सक्छ, यसकारण सम्पत्तिमा लाग्ने कर कम्तिमा धनी मुलुकहरुले समन्वयमा लगाउनु पर्ने हुन्छ। निष्कर्ष प्रस्तुत गर्ने क्रममा पिकेट्टीले निरन्तर सावधानी अपनाएको देखिन्छ। तापनि उनको अनुसन्धानले नै के देखिन्छ भने सन् १९१४-१९४५ को अवधिको जस्तो धक्काको सामना गर्न नपरेको अवस्थामा वा नियोजित वित्तीय हस्तक्षेप नभएको अवस्थामा समकालीन पूँजीवादी व्यवस्थामा सम्पत्तिको असमानता वृद्धि हुँदै जाने प्रवृत्ति अन्तरनिहित हुन्छ। यसका दुइ कारणहरु छन्: पहिलो (r-g) को तहलार्इ कायम राख्न, जससँग सम्बन्धित सम्पत्ति असमानता शुरुवाती तहको भन्दा ज्यादा हुन्छ। अर्को शव्दमा, कुनै पनि (r-g) मा सम्पत्ति असमानताको स्तर अन्ततः स्थीर रहने, असमानताको यो तह शुरुवाती तहभन्दा उच्च भर्इ सम्पत्ति असमानता तर्फको संक्रमण अवधि लम्बिन्छ। साथै, सम्पत्ति असमानता स्थीर रहने उक्त अवस्था भने आफैँमा स्वीकार्य हुन सक्तैन। उदाहरणका लागि r = 5 प्रतिशत र g = 1 प्रतिशत भएको अवस्थामा पिकेट्टीको गणनामा स्थिरता त्यतिबेला संभव हुन्छ जब माथिल्लो दशांशले कूल सम्पत्तिको ९० प्रतिशत स्वामित्वमा लिन्छन्। कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा यो स्वीकार्य हुँदैन। दोश्रो, (r-g) मा हुने वृद्धिले आगामी दशकहरुमा असमानतामा जोड दिइरहने उनी अनुमान गर्दछन्। (r-g) को भिन्नता उच्च रहेको १९१४ पूर्वको पूँजीवादको समयावधि केही समयको सुधारपछि एक्काइसौँ शताव्दिमा पुनः एक पटक बढ्ने निश्चित छ। यस्तो वृद्धि खासगरी अतिविकसित मुलुकहरु र सामान्यतया विश्वव्यापी रुपमै (किनभने जनसंख्या वृद्धिदर कम हुनेछ) देखिनेछ। फलस्वरुप सम्पत्ति र आयमा रहने असमानता थप विकराल बन्नेछ।

त्यसो त पूँजीवादमा सम्पत्तिको असमानता हुने निष्कर्ष मार्क्सवादीहरुले पनि गरेका छन्, तर स्वतन्त्र कारणहरुले गर्दा पूँजीवादमा पूँजीको केन्द्रीकरण हुने अन्तरनिहित गुण रहेको हुन्छ। त्यसैले मार्क्सवादीहरु पिकेट्टीको एक्काइसौँ शताव्दी सम्बन्धी भविष्यवाणी र अन्तरिम रुपमा विश्वव्यापी सम्पत्ति करको सुझाव (जसको कार्यान्वयन पूँजीवाद भित्र संभव देखिँदैन।) सँग समेत सहमत हुन असहज मान्दैनन्। तर मार्क्सवादीहरुको पिकेट्टीको पुस्तकसँग एउटै समस्या रहेको छः उनको व्यवहारमा आधारित कार्य प्रशंसनीय हुँदा हुँदै पनि आफ्नो तर्कको लागि प्रतिपादित सिद्धान्त भने परीक्षणमा खरो उत्रन सकेका छैनन्। उनको सिद्धान्तमा छलफल गर्नु अघि म पुर्वसंशय जनाउन आवश्यक ठान्दछु। उनको शोध प्रभावशाली छ, वास्तवमा नै प्रभावशाली हुँदाहुँदैपनि, उनका तथ्यांकहरुलाई कति गंभीरतापूर्वक लिन सकिएला हामीलाई थाहा छैन; र केवल एउटा विचार निर्माणका लागि त सारभूत अनुसन्धान जरुरी हुन्छ। यहाँ म एक उदाहरण उल्लेख गर्छु। सन् १९१४ र १९२० बीचको छोटो अवधिमा खासगरी युरोपमा पूँजी-आय अनुपातमा ठूलो गिरावट आएको थियो, जसलार्इ पिकेट्टीले अघि सारेका तत्वहरुले पर्याप्त मात्रामा व्याख्या गर्न सकेको छ जस्तो लाग्दैन। न्यून रुपमा रहेको यस्तो पूँजी-आय अनुपात आर्थिक मन्दिको अवधिमा समेत रहिरह्यो। तर आमरुपमा यो अनुपात बढ्ने अनुमान गरिएको थियो (किनकि मन्दि सँगसँगै क्षमताको प्रयोग पनि न्यून हुन्छ।) यी मामिलाहरुबारे यहाँ थप छलफल नगरी पछिल्ला अनुच्छेदहरुमा विस्तृतमा लेखाजोखा गरिनेछ। 

२. नवशास्त्रीय आयाम

 पिकेट्टीको सिद्धान्तमा दुई स्पष्ट समस्याहरु रहेका छन्: पहिलो, आधारभुत सैद्धान्तिक आयाम (“नवशास्त्रीय” आयाम) जहाँ उनले आफ्नो सिद्धान्त पुष्ट्याईं गर्न सामान्यतः पहिला नै वदनाम भइसकेका तर्कहरुका आडमा टेकेर दिएका छन्; र दोश्रो, यस आयामभित्र उनका विशिष्ट अवधारणाहरुसमेत पुष्टि नै गर्न-नसकिने मान्यताहरुमा आधारित छन्। यी समस्याहरुबारे म सिलसिलेवार चर्चा गर्नेछु। उनद्वारा प्रयुक्त आधारभूत सैद्धान्तिक आयाम अन्तर्गत १. जहाँ “उत्पादनका कारकहरु” (factors of production) मा पूर्ण रोजगारीको अवस्था रहन्छ;  यस्तो पूर्ण रोजगारीको अवस्थामा प्रत्येक “उत्पादनका कारकहरु” को पारिश्रमिक दरलाई त्यसको सीमान्त उत्पादकत्वले निर्धारण गर्दछ, अर्थात् अन्य सबै “उत्पादनका कारकहरु” को मात्रा समान रहेको काल्पनिक अवस्थामा, कुनै एक कारकको प्रत्येक अतिरिक्त इकाइले कूल उत्पादनमा पुर्‍याउन जाने योगदान; २. जहाँ प्रत्येक अवधिमा बचतको रकम सँधै लगानी गरिन्छ (“सीमान्त उत्पादकत्व”को लागि यो एक पूर्वशर्त हो।); ३. र जहाँ अर्थतन्त्र सँधै पूर्ण रोजगारीका साथ “स्थीर रुपमा वृद्धि” हुँदै जान्छ। यस्तो एकनाशको “स्थीर वृद्धि दर” अर्थशास्त्रीहरुले भन्ने गरेका ‘श्रम अभिवृद्धिकरण” (labour augmenting) को फलस्वरुप हुने वाह्य रुपमा प्रदत्त श्रमशक्तिको वृद्धिदर र वाह्यरुपमा प्रदत्त श्रम उत्पादकत्वको वृद्धिदरको योगफल बराबर हुन्छ। (छोटकरीमा यस्तो दीर्घकालीन वृद्धिदर पूर्णरुपमा वाह्य हुने र पूँजी जम्मा हुने दरमा भर नपर्ने हुन्छ; यसको विपरीत पूँजी जम्मा हुने दर वाह्य दीर्घकालीन वृद्धिदरसँग समायोजन हुन्छ।) यो आयामसँग आम अर्थशास्त्रीहरुको त कुरै नगरौं,आजका दिनमा “मूलधारे” अर्थाशास्त्रीहरु समेत सहमत देखिँदैनन्। यसले कूल मागमा हुने कमि सम्बन्धी समस्या हटाउने र अतः अर्थशास्त्रको सिद्धान्तमा समग्र केन्सियन-क्यालेक्किएन “क्रान्ति” को मान्यता राख्दछ। (हुन त उनीहरु भन्दा पहिल्यै मार्क्सले पूँजीवादमा अधिक उत्पादनको समस्या हुने संभावना औँल्याएका थिए।) श्रमशक्तिको संचित जमातको अस्तित्व समाप्त गर्छ भन्ने यसको मान्यता छ, तर मार्क्सका अनुसार संचित जमातको अभावमा पूँजीवादी व्यवस्था चल्न सक्दैन। यसको अर्को मान्यता के रहेको छ भने प्रत्येक मुलुकमा पूँजीको संचिति स्वस्फुर्त रुपमा श्रमशक्तिको वृद्धिदर सँग समायोजन हुन्छ, न कि इतिहासदेखि नै पूँजीवादले झैँ आवश्यकतानुसार आफैँ श्रमको प्राप्ति गर्न दशौँ लाख मानिसको वसारपसार गर्दछ। यसका साथै, यसले पूँजीलार्इ पनि अन्य उत्पादनको साधन जस्तै भौतिक रुपमा मापनयोग्य र मूल्ययोग (value-sum) को रुपमा लिन्छ।  पिएरो स्राफ्फा (जसको खोजलार्इ स्राफ्फा क्रान्ति पनि भनिन्छ) ले यस सिद्धान्तलार्इ शुद्धरुपमा हल गर्न नसकिने तार्किक समस्याका रुपमा औँल्याएका थिए किनकि पूँजी एक मूल्ययोग (value-sum) हो। यी तार्किक समस्याहरु केबाट उत्पन्न हुन्छन् भने पूँजीलार्इ मूल्ययोगका रुपमा मापन गरी पूँजीको सीमान्त वस्तु (marginal product of capital) पत्ता लगाउन र जसबाट नाफाको दर निर्धारण हुनसक्छ यस अघि नै हामीलार्इ उत्पादनको समविन्दु लागत (equilibrium prices of production) जानकारी हुनुपर्दछ। तर नाफाको दर निर्धारण नभएसम्म यसको पूर्व जानकारी हुन सक्दैन। अतः नाफाको दर निर्धारणका लागि यसको पूर्वजानकारी हुनु जरुरी छ। (जति कम नाफाको दर भयो त्यति नै ज्यादा दरमा श्रमको प्रति इकाइ दरमा पूँजीको मूल्ययोग बढ्दछ, किनकि सीमान्त उत्पादकत्व सिद्धान्तले साधनको सीमान्त उत्पादकत्व उपयोग गरकै अनुपातमा घट्ने मान्यता राख्दछ। र अन्त्यमा, स्राफ्फाको सामान्य रुपमा प्रकृयागत आलोचनामा सिमान्त उत्पादकत्वको सिद्धान्त पनि परेको छ जसले काल्पनिक परिवर्तनको माध्यमबाट वर्तमान यथार्थलार्इ चित्रण गरेका छन् जुन सिद्धान्ततः अवलोकन गर्न, निश्चित गर्न र जाँचबझ गर्न सकिँदैन । स्वतन्त्र प्रमाणको अभावमा अस्थित्वमा रहेकाको विचारद्वारा व्याख्या गर्न सकिन्छ, र यदि यसको अस्थित्व नभएकै भए पनि सकृय रहेको कुनै शक्तिले यसलार्इ अस्थित्वमा ल्याउने थियो। यसरी पिकेट्टीले आलोचित सैद्धान्तिक आयामलार्इ मुर्तरुप दिन खोजेका छन् जसलार्इ आधुनिक मुलधारका वृद्धिसम्बन्धी सिद्धान्त (अंतर्जात  वा आन्तरिक कारणले हुने विकास सिद्धान्त वा endogenous growth theory) ले समेत जनसंख्या वृद्धिका वावजुद पूँजी संचितिले अर्थतन्त्रको वृद्धिदर सम्भव तुल्याउँछ भन्ने आधारमा अस्वीकार गर्दछ । (यस्ता सैद्धान्तिक बहसहरुसँग उनी अपरिचित देखिन्छन् किनकि पूँजी एक मुल्ययोग भएको कारणबाट उत्पन्न हुने समस्यालार्इ कूल मागको सान्दर्भिकतासँग जोडेर भुलबस स्राफ्फाको अनुसन्धानाबारे भएको विवादको कल्पना गर्दछन् [पृ.२३०-२३१]।) वृद्धिको नवशास्त्रीय आयामलार्इ पुष्टि र स्वीकार गरेका उनले पूँजीवादलार्इ भने मागबाट निर्देशित प्रणालीका रुपमा लिएका छैनन्। बरु प्रयोगबाट सिद्ध भए झैँ मागसम्बन्धी समस्या अल्पकालमा देखिर्इ कालान्तरमा बिलाउने हुँदा पूँजीवादको दीर्घकालीन विष्लेषणमा यसको प्रभाव नरहने उनको दावी छ। यसबाट एउटा सामान्य प्रकृयागत अवधारणा उठ्छ: “दीर्घकाल” पनि लहरमा उनिएका “अल्पकालहरु”को समस्टि नै हो; अतः जबसम्म पूँजीवादलार्इ अल्पकालमा हानि पुर्याउन सक्ने कूल मागमा हुने कमिको अवस्थालार्इ प्रणालीगत रुपमै र स्वतः उल्ट्याउन सकेको देखाउन सक्छौँ, तबसम्म व्यवहारिक प्रमाणकै भरमा (मागसम्बन्धी समस्याहरु लामो समयपछि प्रष्ट रुपमा देखिन छाड्छ।) ती तथ्यलार्इ गतिशिल विष्लेषणको क्रममा नराख्न पनि सक्छौँ। उदाहरणका लागि मागसम्बन्धी समस्याका जानकार रहेकी रोजा लक्जम्बर्गको विचारमा उक्त समस्या हराइसकेको छ किनकि पूँजीवादले पूर्व पूँजीवादी क्षेत्रमा प्रवेश पाइसकेको छ। यसो हुनुको कारण आपुर्तिले आफ्नो मागको सिर्जना आफैँ गर्छ भन्ने सेको सिद्धान्त लागू हुने भएर वा प्रणालीमा निहित आफ्नै संयन्त्रको कारण भने होइन। पिकेट्टीले जस्तै माग समस्याको महत्वको स्पष्ट अभावमा यो निष्कर्ष निकाल्न सकिन्न कि प्रणाली भित्रैको संयन्त्रले यसलार्इ कालान्तरमा हटाउन सकियोस्। यसको विपरित साम्राज्यवाद वा आम रुपमा क्यालेक्कीले भने झैँ वाह्य प्रेरक (जस अन्तर्गत पूर्वपूँजीवादी बजारमा हस्तक्षेप लगायत राज्यको खर्च र “नवीनता” (innovations) पर्दछन्।) ले यसको सुस्पष्ट उपस्थितिको भूमिका निर्वाह गर्दछ। यस्तो अवस्थामा प्रणालीको दीर्घकालीन गतिशिलताको विष्लेषण सेको नियम मुताबिक नभै अल्पकालीन अवस्थाहरुको श्रृंखला बमोजिम गर्नु उपयुक्त हुन्छ। ती मागद्वारा सीमित गरिएको प्रत्येक अवस्थाको पूर्वपूँजीवादी बजारजस्ता वाह्य प्रेरकको सकृयताले गर्दा खण्डन भएको थियो। यो महत्वपूर्ण छ कि साम्राज्यवादको पिकेट्टीको विष्लेषणमा कुनै भूमिका देखिँदैन, न त सम्पत्ति र सम्पत्ति असमानताको वृद्धि वा विगतको यस्तो वृद्धि वा भविष्यको आँकलन नै। यसको विपरित उनको किताब यस्तो सोचबाट प्रभावित भएको छ कि कुनै एक भूभागमा भएको पूँजीवादी वृद्धि उक्त भूभागका सबैका लागि सामान्यतः उपलव्ध हुन्छ र यसो हुँदा अन्यत्रका व्यक्तिको अहित हुँदैन, र आमरुपमा मानव अवस्थाको सुधार गर्दै एक भूभागबाट अन्यत्र भूभागमा फैलिने प्रवृत्ति राख्दछ। यो सोचले समेट्न नसकेको के हो भने कुनै महानगरमा पूँजीवादी वृद्धि यत्रतत्रको पूर्ववत व्यवस्थाको निरन्तरतासँग सम्बन्धित हुन्छ तर अल्पविकास वा विशेष अवस्थाको विकासले आमजनतालार्इ गाँजिरहेको हुन्छ। उदाहरणका लागि उन्नाइसौँ शताव्दीको पछिल्लो चौथाइदेखि बीसौँ शताव्दीका पहिला दुइ चौथाइको अवधि (भारत स्वतन्त्रताको समयसम्म) मा ब्रिटिस इन्डियामा प्रतिव्यक्ति वास्तविक आयमा गिरावट आउनुका साथै दशौँ लाखको ज्यान जाने गरी भोकमरी समेत लागेको थियो। पिकेट्टीकै सैद्धान्तिक आयाम वा नवशास्त्रीय आयामतर्फ फर्केर हेरौँ। यस आयामका अनुसार निरन्तर बेरोजगारीलार्इ ज्याला अति उच्च भएको वा अर्को शव्दमा ट्रेड युनियनको गतिविधिको परिणामको रुपमा ब्याख्या गर्नु आवश्यक हुन्छ। रबर्ट सोलोको “श्रम बजार लचकता” र पिकेट्टीले अघि सारेको “नवशास्त्रीय” वृद्धिको मोडेल बीचको सम्बन्ध संयोगमात्र होइन। जस्तै राजस्थानमा भाजपा सरकारले स्वछन्द भर्ना र पजनीको नीति लिई ट्रेड युनियनमा आक्रमण गरेको थियो जुन केन्द्र सरकारको छनोटमा समेत नपर्ला। रोजगारी बढाउने नाउँमा ट्रेड युनियन माथिको आक्रमण गर्नु भारत लगायत संसारभरको वर्तमान कर्पोरेट पूँजीको एजेन्डा नै हो। तर सम्पत्ति असमानता प्रति चासो हुँदा हुँदै पनि पिकेट्टीले कर्पोरेट एजेन्डाप्रति समर्थन जनाउनु दुखद पक्ष हो। उनी सीमान्त उत्पादकत्वको सिद्धान्तसँग वास्तवमै जानकार रहेका छैनन्। अमेरिकाको आयमा बढ्दो असमानता बारेको उनको व्याख्या के हो भने कर्पोरेट व्यवस्थापकहरुले आफ्नो तलब निक्कै माथि हुने गरी निर्धारण गर्छन्। अर्को शव्दमा उनीहरुको तलब सीमान्त उत्पादकत्वसँग जोडिएको हुँदैन। संभवत उनको विचारमा सीमान्त उत्पादकत्वको व्याख्या उच्च व्यवस्थापकका हकमा लागू नभए पनि आम कामदारहरुका समूहमा लागू हुन्छ। तर यो गलत सावित हुन्छ। यसको आफ्नै आयाम भित्र पनि एक समूहका लागि सीमान्त उत्पादकत्वको सिद्धान्तलार्इ ध्यान नदिने हो भने यसको समग्र उपयोगिता समाप्त हुन जान्छ। कर्पोरेट व्यवस्थापकहरु आफ्नो धेरै तलब कि त नाफाबाट कि त ज्यालाबाट भरण गर्छन्। तर यसरी कुनै पनि आम्दानीको हिस्सालार्इ आफू अनुकूल गर्न सकिने मान्यता राखिने हो भने कुनै बेला श्रमिकहरुले पनि युनियनहरु परिचालन गरी नाफा वा तलबको हिस्साबाट कट्ने गरी र रोजगारीलार्इ असर नपर्ने गरी ज्याला बढाउन पर्ने माग राख्न सक्दछन्। अतः रोजगारीको अवस्थालार्इ असर नगरी सीमान्त उत्पादकत्व भन्दा माथि ज्याला बढ्न सक्दैन भन्ने सीमान्त उत्पादकत्वको सिद्धान्तको अवधारणाले पिकेट्टीको सिद्धान्तलार्इ चुनौती दिएको छ। 

३. आय वितरण र वचत अनुपात

 यस सैद्धान्तिक आयामभित्र अब पिकेट्टीका अपुष्ट मान्यताहरु बारे चर्चा गरौँ। पहिलो मान्यता अनुसार बचतको अनुपात आय वितरणसँग असम्बन्धित हुन्छ। उनी यसमा विश्वास राख्दैनन् तर जब उक्त मान्यता गणना गरिँदैन तब उनको तर्क पुष्टि गर्न नसकिने हुन्छ । धनीहरुले स्वभावतः गरीवले भन्दा बढी बचत गर्छन्; वास्तवमा गरीवले मुश्किलले केही रकम बचाउन सक्छन् किनकि पिकेट्टीका तथ्यांकले देखाए झैँ सम्पत्तिमा उनिहरुको हिस्सा नगन्य हुन्छ। अर्थशास्त्रको परंपरागत मान्यता अनुसार सबै ज्याला उपभोग गरिन्छ र सबै नाफा बचत गरिन्छ। (डेविड रिकार्डोको धारणामा सबै ज्याला उपभोग गरिन्छ र पूँजीवादीहरुको आधारभुत उपभोगका लागि केही भाग कटाइ बाँकी रहेको नाफा सबै बचत गरिन्छ।)  सामान्यीकरणका लागि मानी लिउँ कि कामदार र पूँजीवादी दुबैले आआफ्ना आयका निश्चित हिस्सा बचाउँछन्। कामदारको बचतको हिस्सा पूँजीवादीहरुको त्यस्तै हिस्सा भन्दा कम हुन्छ किनभने उनीहरु सम्पत्तिबाट पनि अन्य आम्दानी गर्न सक्छन्। दुबैले कामबाट र सम्पत्तिबाट प्राप्त गर्ने आम्दानीमा पनि यही कुरा लागू हुन्छ। (ज्याला प्राप्त नगर्ने हुनाले पूँजीवादीहरुको उक्त अनुपात सम्पत्तिबाट हुने प्राप्तिसम्म लागू हुन्छ)। अर्थशास्त्रको सिद्धान्तमा यस प्रकारको ज्ञानको भण्डार नै खोजी गरिएको र प्रख्यात निष्कर्षहरु निकालिएको छ। बचतको यही प्रवृत्ति मान्ने हो भने पिकेट्टीको सिद्धान्त तार्किक रुपमा असमांजस्य देखिन्छ: पिकेट्टीले मान्यता राखेको कुनै निरन्तरताको प्रक्षेपण, जहाँ वाह्य रुपमा समग्र वृद्धिदर श्रमशक्ति तथा श्रम उत्पादकत्वको योगफल बराबर हुन्छ (जसलार्इ संश्लेषित रुपमा “सक्षमता इकाइमा श्रमशक्तिको वृद्धिदर“ पनि भनिनेछ) र यो उनकै मान्यता बमोजिम पूँजी र श्रमबीचको प्रतिस्थापनको लचकतासँग सम्बन्धित छ (माथि हेर्नुहोस् ।) छोटकरीमा, जब समग्र बचतदर आय वितरणमा भर परेको देखिन्छ जुन प्रवुद्धरुपमा स्वीकार्य मान्यता पनि हो, पिकेट्टीको निष्कर्ष स्थीर रहन सक्दैन: वृद्धिदर वाह्य रुपमा स्थीर रहन सक्दैन, र श्रमले एकतालार्इ उछिन्छ ।३ मानौँ स्थीर वृद्धिपथको अस्थित्व छ, अर्थात् स्थीर वाह्य रुपमा प्रदत्त वृद्धिदर जसमा अर्थतन्त्र मिसिन्छ, र पिकेट्टीकै प्रतिस्थापन एकताको लचकता भन्ने अर्को मान्यता छाडिन्छ। यस प्रकारको स्थीर पथमा केवल दुइ थरिका सम्पत्ति वितरणहरु तर्कसंगत रुपमा संभव छ: एउटा जहाँ कामदारको स्वामित्वमा सम्पत्ति हुन्छ र पूँजीवादीको स्वामित्वमा केही हुँदैन। ४ अर्को जहाँ कामदार र पूजीवादीहरुबीच सम्पत्तिको वितरण स्थीर रुपमा भएको हुन्छ। पहिलो अवस्था स्वतः यथार्थको विपरीत रहेकोले ध्यान दिइरहनु परेन । इटालीका अर्थशास्त्री लुइगी पासिनेट्टी ५ ले पत्ता लगाएको दोश्रो अवस्थाको कुरा गर्दा पूँजीमा नाफादर वा r र g/sc(sc भन्नाले पूँजीवादीहरुको बचतदर ६ बराबर हुन्छ। पिकेट्टीका अनुसार r र g एक आपसमा स्वतन्त्र हुन्। तर उनले महत्व दिइरहेको स्थीर वृद्धिको दौरान यो अवस्था संभव छैन।  उदाहरणका लागि यदि एक्काइसौँ शताव्दीका लागि उनले सोचे झैँ g घटेको स्थितिमा r पनि घट्नु पर्दछ। उनको सम्पूर्ण तर्क एक्काइसौँ शताव्दीमा सम्पत्ति असमानता कम गर्ने भन्ने हो जुन g  बढ्ने, r नबढ्ने ता कि (r-g) पनि बढ्ने भन्ने मान्यतामा आधारित छ। उनका अनुसार यही नै असमानता बढाउने कारक हो। तर r तल नझरेसम्म g तल झर्न सक्दैन, यसैकारण उनको आधारभूत सैद्धान्तिक तर्क अपुष्ट हुन पुग्दछ। फेरि यो उदाहरणले स्पष्टरुपमा देखाउँछः sc को मान १ भन्दा कम भएको, r र g को “स्थीर वृद्धि” पथमा रहेको अवस्थामा एक अवधिका लागि सम्पत्ति असमानता अपरिवर्तित रहन्छ। यो स्थीर अवस्थाको चित्रण सांखिक उदाहरणबाट गरौँ। कुनै वृद्धि पथमा ज्यालाको हिस्सा ६० र नाफाको हिस्सा ४० प्रतिशत रही श्रमशक्तिमा १ प्रतिशत तथा श्रम उत्पादकत्वमा १ प्रतिशत गरी उत्पादनको वृद्धिदर २ प्रतिशत रहेछ। पूँजीवादीहरु र कामदारहरुबीच कूल पूँजीको वितरण आधाआधा रहेछ। कामदारहरुको ज्याला र नाफा मिलार्इ हुने कूल आम्दानी र उनीहरुको बचतको दर ५ प्रतिशत र पूँजीवादीहरुको नाफा मात्रैको आम्दानी र उनीहरुको बचतको दर २० प्रतिशत रहेछ। पूँजी-उत्पादन अनुपात भने ४ प्रतिशत छ। यस परिदृष्यमा कुनै दिइएको अवधिमा कूल पूँजी ४०० हुँदा उत्पादन १०० (नाफा ४० र ज्याला ६०) हुन्छ। कामदारले कूल पूँजीमा आधा हिस्सा लिने हुनाले उनीहरुको आम्दानी ८० (६० र ४० को आधा गरी) हुन्छ भने पूँजीवादीहरुको कूल आम्दानी २० (४० को आधा) हुन्छ । कामदारको बचत ८० को ५ प्रतिशत अर्थात  ४ हुन्छ, जबकि पूँजीवादीहरुको बचत २० को २० प्रतिशत अर्थात ४ हुन्छ।  उनीहरुको बचत बराबर हुने हुनाले र कूल पूँजीमा बराबर अंश हुने हुनाले बराबर दरमा वृद्धि हुन्छन्। आर्थिक वृद्धिदर २ (८ लार्इ ४ ले भाग गर्दा) प्रतिशत हुन्छ। कामदार र पूँजीवादीहरुको कूल पूँजीमा अंशको अनुपात ५०:५० भएता पनि कामदारहरुको संख्या ९० र खास पूँजीवादीहरुको संख्या १० हुन सक्छ, जसका कारण उनीहरुको वास्तविक प्रतिव्यक्ति पूँजीमा हिस्सा १:९ हुन पुग्छ; अर्को शव्दमा कामदारको परिवारको स्वामित्वमा पूँजीवादीको परिवारको दशांश मात्र रहन्छ। पिकेट्टी पुर्ख्यौली सम्पत्ति र बचतको सापेक्षिक वजन जोड दिन्छन्। तर बचतले पुर्ख्यौली सम्पत्तिको महत्वलार्इ अस्वीकार गर्दैन। मानौ कामदार र पूँजीवादीहरुको सबै सम्पत्ति आआफ्ना सन्ततिमा हस्तान्तरण हुन्छन् र उनीहरुको बचत पनि बर्षेनि सोही अनुपातमा हुँदै जान्छ। तब जनसंख्याको वृद्धि समान रुपमा भएको अवस्थामा सम्पत्तिको असमानता पनि भविष्य पर्यन्त सोही अनुरुप कायमै रहन्छ। बचतले पुस्तौनी सम्पत्तिमा थप गर्दछ, र त्यो सबै सन्ततिमा सर्दछ। त्यसैले उनीहरुको सामर्थ्य फरक फरक हुन्छ जसलार्इ न्यायिक मान्न सकिँदैन। वास्तवमा बालबालिकाले औपचारिक रुपमा पुस्तौनी सम्पत्ति हासिल गर्नुपुर्व नै केही अधिकारहरु प्राप्त गरेका हुन्छन् जसका बारेमा चर्चा गरिरहनु परेन । पूँजीवादी वा कामदार जोसुकैको परिवार जसको आकार वार्षिक एक प्रतिशतले बढिरहेको हुन्छ र जुनसुकै श्रोतबाट भए पनि दिइएको अनुपातमा उनीहरुको आम्दानी उपभोग र बचतमा विभाजन हुने हामी कल्पना गर्न सक्छौँ। अर्को शव्दमा भन्दा पुस्तौनी हस्तान्तरणको सापेक्षमा बचत धेरै हुन्छ भन्ने धारणा त्यस बेला कमजोर ठहरिन्छ जुन बेला सम्पत्ति असमानता घट्छ। माथिको उदाहरणमा बचतदर आमरुपमा २५ प्रतिशत बढेको अर्थात पूँजीवादीहरुले २० प्रतिशतको सट्टा २५ प्रतिशत बचाउँछन् र कामदारले ५ प्रतिशतको सट्टा ६.५ प्रतिशत बचाउँछन् भन्ने अनुमान गरौँ। मानौँ नाफा र ज्यालाको हिस्सामा उत्पादनको मान निश्चित भएको वा ती हिस्साहरु आआफ्ना सौदा गर्ने क्षमताले निर्धारण गरेको अवस्थामा कुनै परिवर्तन आउँदैन, र त्यो परिवर्तन हुँदैन; अथवा उत्पादन कृया वा “production function” आफैँमा आय भिन्न सीमान्त उत्पादकत्वले निर्धारित हुन्छ। यस्तो अवस्थामा ज्याला र नाफाको हिस्सा परिवर्तन हुँदैन (त्यस्तो उत्पादन कृयालार्इ उनीहरुकै नामबाट राखिएको “कब-डगलस उत्पादन कृया” नामले पनि चिनिन्छ र यसको प्रयोग नवशास्त्रीय सैद्धान्तिक मोडेलहरुमा भएको पाइन्छ। तब सोही वृद्धिदर सहितको नयाँ “स्थीर अवस्था” मा पूँजी-उत्पादन अनुपात २५ प्रतिशतले बृद्धि हुँदा७ नाफाको दर पनि २५ प्रतिशतले नै घटेको हुनसक्छ। तर कामदार र पूँजीवादी परिवारहरुको स्वामीत्वमा रहेको सम्पत्ति असमानता भने १:९ मै रहन्छ। अर्को शव्दमा बचत दर बढ्दा समेत सो असमानता अपरिवर्तनीय रहन्छ। 

४. पूँजीको गतिशीलता 


यस पछि सैद्धान्तिक धरातल समेतमै स्पष्ट देखिने पिक्ट्टीको तर्कको दोश्रो समस्या तर्फ जाऔँ। यो प्रत्येक मुलुकको पूँजी स्वदेश भित्र मात्रै लगानी गरिन्छ भन्ने मान्यतामा आधारित छ। कुनै मुलुक वृद्धिदर त्यहाँको सक्षमता इकाइमा रहेका जनसंख्याको वृद्धिदरले मात्र निर्धारण गर्छ भन्ने मान्यता आफैँमा यथार्थपरक छैन। श्रमको अभावलार्इ सीमापार रोजगारीमा जानेहरुले पुर्ति गर्न सक्छन् भन्ने तथ्य बिर्सन सकिँदैन। वैदेशिक रोजगारीको यथार्थ हाम्रो सामु हुँदाहुँदै यस प्रकारको निष्कर्ष लागू गर्नु तार्किक रुपमा गलत ठहरिनेछ।

पिकेट्टीको मान्यता हुन सक्छ ऐतिहासिक रुपमा पहिलो र तेश्रो विश्वबीच हुने बसाइसराइ नगन्य थियो: तेश्रो विश्वबाट पहिलो विश्वमा श्रम र पहिलो विश्वबाट तेश्रो विश्वमा पूँजी स्वतन्त्ररुपमा बहिर्गमन भएको थिएन। तर किन भएन भन्न् प्रश्न उठ्छ। “कुनै अमुक कुकुर नभुकेको” भन्ने जस्तो यस प्रश्नसँगै सैद्धान्तिक विष्लेषण हुनु जरुरी छ। विश्वव्यापीकरणको युगमा पूँजी इतिहासमै सबैभन्दा धेरै चलायमान हुन पुगेको छ। वास्तवमा औपनिवेशिक कालखण्डको परिचय नै विश्वव्यापी अर्थतन्त्रको खण्डीकरण हो। यस्तो अवस्थामा कानूनी अडचन नहुँदा नहुँनै पनि सिमित रुपमा वृक्षारपण र खानी उद्योगमा बाहेक अन्य क्षेत्रमा विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा पूँजी सहजरुपमा प्रवाह हुन सकेन; र श्रम पनि विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा सहज रुपमा प्रवेश गर्ने वातावरण थिएन। श्रम त अहिलेसम्म पनि सजिलै विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा प्रवाह हुन सकेको छैन, तर सोही दिशामा पूँजीको प्रवाह भने तुलनात्मक रुपमा औद्योगिक लगायत अन्य क्षेत्रहरुमा प्रवाह भइरहेको छ। तर एक्काइसौँ शताव्दीसम्म आइपुग्दा सम्पन्न विश्वमा जनसंख्या वृद्धिमा भएको कमिले ती मुलुकहरुको पूँजीमा ठूलो प्रभाव पर्ने देखिन्छ। ती मुलुकहरुमा न्युन जनसंख्या वृद्धिका कारण हुने श्रम आपुर्तिको समस्याका वावजुद पूँजी संकलन हुने क्रम बढिरहन्छ। श्रमशक्तिको संचिति रहेको तेश्रो विश्वका अर्थतन्त्रमा स्थानान्तरण गर्न सक्दछन्। (त्यो श्रम संचितिको सिर्जना पनि विकसित अर्थतन्त्रबाट हुने तयारी उत्पादनको ठूलो निर्यातको अतिक्रमणबाट नै भएको हो जसले अ-औद्योगीकरणका माध्यमबाट स्थानीय पूर्व-पूँजीवादी उत्पादकहरुलार्इ विस्थापन गर्‍यो। यसै हुन्छ भन्ने पक्षमा नभए पनि यो संभावनालार्इ पिकेट्टीको तर्कको सन्दर्भमा विचार गर्नुपर्ने देखिन्छ। तब प्रश्न उठ्छ: पूँजीको यस वितरणले तेश्रो विश्वमा रहेको श्रम संचितिलार्इ धारण गर्न सक्छ? पूर्ण रोजगारीको कल्पना गरेका  पिकेट्टीले यस प्रश्नलार्इ भने संवोधन गरेका छैनन्। तर कल्पनाको दुनियाँबाट बाहिरिँदा यस वास्तविकतालार्इ स्वकार्नै पर्छ कि उच्च वृद्धिदर भएका भारत जस्ता देशहरुमा पनि श्रम संचितिको अवस्था उच्च नै छ । (स्मरण भित्रको इतिहासमा पुर्व समाजवादी देशहरु मात्र यसका उदाहरण हुन् जहाँ वृद्धिले श्रम अभावको गंभीर स्थिति नआउने एक विन्दुसम्म श्रम संचितिलार्इ समेट्न सक्यो। ठुला शहरहरुमा पूँजीवादका कारण भएको पूँजी संचिति समाप्त नगरी हदैसम्म उपयोग भएको थियो भन्ने तथ्य मुख्य गरी युरोपबाट अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड जस्ता रम्य भूभाग तर्फ भएको ठूलो बसाइसराइ को परिणाम थियो।८) अब, समुन्नत पूँजीवादी देशबाट तेश्रो विश्वमा ठूलो परिणाममा पूँजीको स्थानान्तरण हुँदा उनीहरुले पूँजीको प्रतिफल दर स्वदेशी वृद्धिदर भन्दा माथि राख्छन्। तर यसको कारण भने पिकेट्टीले सुझाए भन्दा फरक छ। यसको कारण उनले भने झै “उत्पादन कृया”का साथसाथै कुनै इकाइ भन्दा ठूलो दरमा हुने श्रम र पूँजीबीचको लचकता नभै पूँजीको विश्वव्यापीकरणसँग सम्बन्धित छ। यदि ठुला शहरहरुबाट तेश्रो विश्वमा हुने पूँजी वहिर्गमनको यो कृयालार्इ श्रम संचिति समाप्त नहुने संभावनाका साथ मनन गरिएन भने त्यस्तो समाप्तिबाट सम्पत्ति र आय असमानतामा पर्ने प्रभाव गहिरो हुनेछ। 

५. विश्वव्यापीकरण र सम्पत्तिको असमानता 

विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा हुने पूँजी पलायनका कारण औपनिवशिक कालखण्डमा अस्थित्वमा रहेको विश्व अर्थतन्त्रको खण्डीकरण समाप्त भएको छ। यसले के जनाउँछ भने सम्पन्न देशमा श्रमिकको ज्यालादर अब उप्रान्त तेश्रो विश्वमा रहेको श्रम संचितिद्वारा प्रभावित हुन्छ। तेश्रो विश्वको ज्यालादरसँग प्रतिश्पर्धा गर्नका लागि नघटे पनि बढ्न भने निश्चय पनि बढ्दैनन्। तेश्रो विश्वमा रहेको श्रम संचिति समाप्त नभएसम्म विश्वमा श्रम उत्पादकत्व बढेको अवस्थामा समेत वास्तविक ज्यालादर नबढ्ने शक्ति रहिरहन्छ। यसको अर्थ हुन्छ विश्वको कूल उत्पादनमा ज्यालाको हिस्सा घट्दै गर्इ बचतको हिस्सा भने बढ्नेछ। जब बचतबाट हुने आयको बचत दर ज्यालाबाट हुने आयको बचतदर भन्दा बढी हुन्छ, यस्तो पुनर्वितरण प्रकृयाले “अल्प-उपभोग” प्रवृत्तिमा बढावा दिर्इ समग्र विश्व अर्थतन्त्रमा गतिहिनताको प्रभाव पर्दछ। तर तर्ककै लागि मानिलिउँ वास्तविक गतिहिनता रहेको हुँदैन किनभने प्रविधिमा आएको परिवर्तनले “पूँजी गहनता”को प्रवृत्ति निम्त्याउँछ, अर्थात समयान्तरमा पूँजी उत्पादन अनुपात बढ्नका लागि लेनिन र टुगान-बारानोभ्स्कीले औँल्याए झैँ यो गतिहिनताको प्रवृत्तिको प्रतिकार गर्न सकिन्छ। अर्को शव्दमा परस्पर विपरीत दिशामा फर्केका यी दुर्इ शक्तिहरुले एक अर्कालार्इ सन्तुलित गरेका मान्न सकिन्छ। वास्तविक जिवनमा यस्तो अवस्था आउन जरुरी नभए पनि यो वास्तवमै लागू नहुने प्रकारको अवस्था हो। यसले तल दिइएको तर्कलार्इ अप्रभावी नबनाए पनि आइपर्ने स्थितिलार्इ पूर्ववोध गर्न भने जटिल तुल्याउँछ। त्यस जटिलतालार्इ ध्यानमा नराखी हामी विश्वव्यापी आर्थिक वृद्धिदर g को स्तरमा स्थीर भएको मान्यता राख्छौँ। यसको निर्धारण संचितिको गतिले हुन्छ भने सक्षमता इकाइका आधारमा हुने विश्वव्यापी श्रमशक्तिको वृद्धिदरसँग भने सम्बन्ध राख्दैन। यस्तो अवस्थाको चित्रण गरी हेरौँ। वृद्धिको यही दरमा विश्वको श्रम संचिति सापेक्षिक रुपमा घट्नै पर्छ भन्ने छैन। श्रम उत्पादकत्वको वृद्धिदर p यस्तो अवस्थामा रहन्छ जहाँ श्रमको मागमा हुने वृद्धि (g-p) श्रम आपुर्तिको वृद्धिदर भन्दा कम रहन्छ। फलस्वरुप विश्वको श्रम संचिति समाप्त भएर जाँदैन बरु सापेक्षिक आकारमा बढ्न थाल्छ। भारत जस्तो तेश्रो विश्वका मुलुकमा बेरोजगारीकै अवस्थामा हुने उच्च वृद्धिदरको अनुभवले यस संभावनाको विश्वसनीयता देखाउँछ। र विश्वको जनसंख्या वृद्धिदर केही सुस्त भए पनि कूल श्रम संचितिमा भने खास असर पर्दैन। कूल श्रम संचिति समाप्त नहुने अवस्थाले केवल आय असमानता बढ्ने कुरा मात्र जनाउँदैन (समयान्तरमा ज्यालालार्इ असर पर्ने गरी बचत अंक बढ्ने हुँदा), बरु सम्पत्ती असमानता बढ्न गर्इ आय असमानतालार्इ झनै खराब स्थिति निम्त्याउँछ। यस्तो अवस्थामा सम्पत्तिको असमानता बढ्ने सामान्य कारण छ। जब कामदारको आय पूँजीवादीहरुको आय (कामदारको पनि केही सम्पत्तीमा हक हुने भएता पनि) भन्दा कम दरमा वृद्धि हुन्छ, र बचत दरमा पनि यही नियम लागू हुन्छ। यसरी हासिल भएको बचतले सम्पत्तीकै आकार ठूलो बनाउने हुँदा पूँजीवादीहरुको सम्पत्ती कामदारहरुको भन्दा छिटो दरमा बढ्दछ। अतः कामदार र पूँजीवादीहरुको सम्पत्तिको हिस्सा लामो समयसम्म एकनासको रहन्छ भन्ने प्यासिनेट्टीको दृष्टिकोण भन्दा पृथक चित्र पाउँछौ; जहाँ सम्पत्ती असमानता बढ्दो क्रममा रहेको हुन्छ।  सम्पत्ती असमानताको यो अवस्था विश्वव्यापी रुपमा मात्र नभै राष्ट्रिय रुपमा स्पष्ट देखिन्छ किनभने बचतका हिस्साहरुको वितरण यत्रतत्र रुपमा भएको हुन्छ। जब यो श्रोतबाट सम्पत्ती असमानतामा योगदान पुग्छ, मार्क्सले भने झैँ “प्राथमिक पूँजी संचिति”को प्रकृयाबाट किसान र परंपरागत उत्पादकहरुको स्वामीत्वविहिनताका कारण पनि अतिरिक्त रुपमा असमानता सिर्जना हुने गर्दछ (विश्वव्यापीकरणको यो चरणमा यस्तो अवस्था देखिइसकेको छ।)। त्यस्तै असमानताको अर्को कारकमा “पूँजीको केन्द्रीकरण” पनि हो। निचोडमा सम्पत्ती असमानताको वृद्धि निश्चय नै अवस्यमभावी छ। पूँजीको केन्द्रीकरण अर्थात नयाँ प्रविधि भित्र्याउने उत्कृष्ठ क्षमताका कारण ठूला पूँजीले साना पूँजीलार्इ धपाउँछ (बैंक वा वित्त बजारमा हुने पूँजीको एकत्रीकरण बाहेक) भन्ने बारे मार्क्सले विश्लेषण गरेका थिए। यस माध्यमको व्यवहारवादी महत्व जतिसुकै भए पनि दुर्इ थप माध्यमहरु भने महत्वपूर्ण नै छन्। एउटा हो ठूला पूँजीको उच्च प्रतिफल हुने संभावित लगानी परियोजनाहरुबारे जानकारी पाउने क्षमता; साना व्यवसायीहरुको तूलनामा ठूलाले यस्तो कार्य विश्वव्यापी अभियानकै रुपमा गर्न सक्दछन्। अर्को हो प्रतिफल दरको अन्तर सानाको तूलनामा ठूला पूँजीमा कम हुने तथ्य, जसको अर्थ हुन्छ संकटको स्थितिमा ठूला पूँजीमा निरन्तर रुपमा कायम रहिरहन सक्ने शक्ति रहन्छ। माथि गरिएको चर्चाबाट दुर्इ निचोडहरु निस्कन्छन्: पहिलो, पिकेट्टीको परिकल्पना जस्तै सम्पत्ति र आयको असमानता आउँदा वर्षहरुमा उच्चदरमा बढ्ने निश्चित छ। दोश्रो, पिकेट्टीले लिएको धारणाको विपरित विश्वव्यापी जनसंख्या वृद्धिदर घट्न जाँदा  विश्व श्रम बजारमा संकुचन आउँछ (जसले उत्पादनको वृद्धिदरमा असर पार्दछ।)। तर संकुचन आउने कारण भने स्पष्ट रुपमा विपरीत छः विश्व श्रम बजारमा संकुचन वा कमिको स्थिति रहँदैन जसले गर्दा श्रम उत्पादकत्व बढ्दा समेत वास्तविक ज्यालादर बढ्ने प्रवृत्ति देखिँदैन। विश्वको बढ्दो सम्पत्ति र आय असमानता हाल देखिइरहेको विश्वव्यापीकरणको लहरसँग स्पष्ट रुपमा अन्तरसम्बन्धित छन्। 


६. निश्कर्ष


संक्रमणकालीन मागका रुपमा सम्पत्तिमा करारोपण सम्बन्धी पिकेट्टीको सुझावमा प्रश्न उठाउने ठाउँ देखिँदैन। “संक्रमणकालीन माग” भन्नुको अर्थ संसारभरको सार्वजनिक धारणामात्र नभएर सम्पत्ति असमानता विरुद्ध वर्गीय प्रतिकार समेतको शक्ति परिचालन नगरी यसलार्इ हासिल गर्न संभवतः सकिँदैन। यसका लागि सचेतना अभिवृद्धि गर्ने माग उपयोगी देखिन्छ; तर ठीक त्यस बेला जब त्यस्तो परिचालनको व्यापकता सम्पत्ति करको क्षेत्रमा समेत प्रभाव पार्न सक्ने हुनु पर्दछ। त्यस्तो परिचालन जनताको मागको पक्षलार्इ सम्पत्ति करको क्षेत्रको प्रतिस्थापन मात्र नभर्इ अन्ततः पूँजीवादी प्रणाली नै समाप्त पार्न सक्ने हुनुपर्छ। प्रगतिशील सम्पत्ति कर जस्ता मागहरुको दुखद अन्त भनेको अर्थात वृहद परिचालनको आवश्यकता बिना नै वा सजिलै पूरा गर्न सकिने अवस्थामा मात्र तिनले खास अर्थ (गैरसंक्रमणकालीन मागहरुका रुपमा) राख्दछन्। तर ती सजिलै पूरा हुने होइनन् किनकि वृहद परिचालनको व्यवहारमा संभव हुँदैन। यो परिचालनले केवल मागलार्इ सम्पत्ति कर भन्दा केही पर मात्र धकेल्छ। मिखाल क्यालेक्कीले सन् १९३७ मै सिद्ध गरिसकेका थिए कि समाजमा असमानता हटाउन लगाइने पूँजी कर सरकारी खर्च बढार्इ अर्थतन्त्रमा रोजगारी बढाउने उत्तम उपाय थियो। उनले आफ्नो निवन्धको निचोडमा भनेका थिएः “यस प्रयोजनका लागि ठूलो परिणाममा पूँजी कर लगाइने कुरामा विश्वास गर्न कठीन हुन्छ; किनभने व्यक्तिगत सम्पत्तिको सिद्धान्तलार्इ अवमुल्यन गर्दछ ।९ उनले जोन रबिन्सनको यो गहिरो भनार्इको उद्धरण गरेका थिए: “पूँजीवादी प्रणालीको मुख्य कमि कमजोरीलार्इ सुधार्न सक्ने शक्ति र मनसाय भएको कुनै पनि सरकारले यसलार्इ समाप्त नै पार्ने इच्छाशक्ति राख्न सक्नु पर्दछ। तर पूँजीवादी प्रणालीलार्इ कायमै राख्न सक्ने शक्ति भएका सरकारहरुसँग भने यसका कमिहरुलार्इ सुधार गर्ने मनसाय भने कहिल्यै भएन ।”१०  पिकेट्टीको किताब अध्ययन गर्ने क्रममा जोन रबिन्सनको यो आधारभुत दर्शनलार्इ बिर्सनु हुँदैन। नोटः १ नाफाको घट्दो प्रवृत्तिबारे मार्क्सको धारणाबारे पिकेट्टीको व्याख्याबाट थाहा हुन्छ कि उनमा मार्क्सद्वारा यस सम्बन्धमा लेखिएका अनगिन्ती कृतिहरु प्रति कम जानकारी रहेछ। २ प्रतिव्यक्ति वास्तविक आयमा संकुचन त्यति बेला हुन्छ जब एफ.जे. एट्किन्सन र एस. शिभसुब्रमन्यमले गरेका अनुमानहरुलार्इ एकै स्थानमा राखेर हेर्छौँ। यी तथ्यहरु Irfan Habib, A People’s History of India, Volume 28, Tulika Books, Delhi, 2006; र S. Sivasubramaniam, The National Income of India in the Twentieth Century, Oxford University Press, Delhi, 2000 मा पाउन सकिन्छ । ३ बचतको अनुपात आय वितरणमा भर नपर्ने भए पनि, उत्पादन कृया इकाइ भन्दा बढी रहो अवस्थामा प्रतिस्थापनको लचकता निरन्तर हुने वृद्धिपथको अस्थित्व हुँदैन। अर्को शव्दमा पिकेट्टीको आफ्नै मान्यताहरुमा उनले सोचेको यस प्रकारको निरन्तर वृद्धिको स्थितको अस्थित्व नहुन सक्छ; तर यदि बचत दर आय वितरणमा भर पर्ने अवस्था हुने र त्यस्तो संभावना रहने हो भने त्यो अस्थिर रुपमा रहन सक्छ। यसरी यसको पथबाट हुने बहिर्गमनले थप बहिर्गमनको अवस्था ल्यार्इ विष्लेषणको प्रयोजनको लागि महत्वहिन बन्न पुग्छ। ४ MIT का अर्थशास्त्रीहरु पल सामेल्सन र फ्रान्को मोडिग्ल्यानीले सर्वप्रथम दृष्टिगोचर गरेको यो अवस्थाको तर्कपछि प्रभात पटनायकले On Wealth and Income Inequalities People’s Democracy, January 26, 2014 मा प्रस्तुत गरी www.networkideas.org मा समेत राखिएको छ। ५ एल.एल. प्यासीनेट्टीको L.L. Pasinetti, “Rate of Profit and Income Distribution in Relation to the Rate of Economic Growth”, Review of Economic Studies, October 1962। ६ पिकेट्टीको पुनरावलोकन गर्ने क्रममा लानस टेलरले एउटा तेश्रो तर्कको रुपमा गैर-प्यासीनेट्टीको समबिन्दुको परिकल्पान गरेका छन्। यसमा कामदार र पूँजीवादीहरुको सम्पत्तिको-अंशहरु तथापि केही समय स्थीर रहन्छ। तर उनी पूर्ण रोजगारी नभर्इ संचितिको स्वतन्त्ररुपमा निर्धारित हुने दरको अस्थित्वको मान्यता राख्छन् (तल दिइए झैँ), तर अर्थतन्त्रमा उपयोग क्षमतामा वृद्धि भएसँगै ज्यालाको अंशमा पनि वृद्धि हुन्छ।  उनले उल्लेख गरेका दुइवटा मात्र समबिन्दुहरुमा सिमित रही यथार्थता माथि नै प्रश्न उठ्ने प्रकारको मान्यता राख्न सकिन्न। ७ Coefficients वा चरहरु निश्चित भएको अवस्थामा यसरी कटौति गरिएको उपयोग क्षमताबाट गरिन्छ। ८ आप्रवासन बारेको छलफलको लागि हेर्नुहोस Utsa Patnaik, ‘Capitalism and the Production of Poverty’, T G Narayanan Lecture, Social Scientist Vol. 40 Nos.1-2, Jan.-Feb. 2012। ९ एम क्यालेक्कीको M. Kalecki, “A Theory of Commodity, Income and Capital Taxation” in Selected Essays on the Dynamics of the Capitalist Economy 1933-1970, Cambridge University Press, Cambridge, 1971। १० जोन रबिन्सनको भनार्इ आर.एफ. ह्यार्रोडको पुस्तक The Trade Cycle मा प्रकाशित उनको पुनरावलोकनमा उल्लेख भएको थियो जुन The Economic Journal, December 1936 मा पनि उपलव्ध छ।

Source: http://www.nepalreaders.com

Monday, February 6, 2012

बाबुराम सरकार र सुकुम्बासीको नीयती

विश्व अर्थव्यवस्था एउटा गहन समस्याबाट गुज्रिरहेको छ । धनि अझ धनि र गरिब अझ गरिब भइरहेका छन । यस्तो अवस्थामा देशभरि छरिएर रहेको पुँजीलाई एकत्रित गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने बैंक र वित्तिय संस्थाहरुको खाँचो पर्छ । तिनै बैंक तथा वित्तिय क्षेत्रहरुले विकसित मुलुकहरुमा आर्थिक समृद्धि ल्याउन सहयोग गर्दछ । नेपालको सन्दर्भमा कुरा हाल ३१ वटा बाणिज्य बैकहरु खुलीसकेका छन भने विकास बैंकहरु त अझ धेरै छन । त्यस पछि गाउँ गाउँमा खुलेका सहकारीहरुको कुरा गर्दा हजारौंको संख्यामा वित्तिय संस्थाहरु रहेका छन । उचित व्यवस्थापन र पारदर्शी रुपमा खुलेका कुनै पनि वित्तिय संस्था घाटामा गएका छैनन । निक्षेप संकलन गर्ने अनुमति पाएका बाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने पनि तिनीहरुको बार्षिक आम्दानी करौंडौं अझ अरबौं हुन पुगेको छ । निक्षेप संकलन गर्ने बैंकहरुको आम्दानीको श्रोत भनेकै बचत कर्तालाई दिने ब्याज र लगानीकर्ताबाट लिने ब्याज विचको अन्तर हो । यस्तो अवस्थामा अरुबौं रुपँया कमाउने बैंकहरुको लगानी यदि उत्पादनमुलक क्षेत्रमा भएको भए त्यसले सिर्जना गर्ने रोजगारीले सम्पूर्ण नेपालीको जीवनस्तर माथि उकास्ने थियो । लाखौ बेरोजगार युवाहरु विदेशिनु पर्ने थिएन । तर नेपालमा त्यसो भएको छैन उत्पादन मुलक क्षेत्रमा लगानी नगरी बैंकले कसरी मुनाफा गरे भन्ने प्रश्न आउँछ यसको सटिक जवाफ छ । बैंकको एकमात्र लागनीको क्षेत्र कर्पोरेट बजार हो । दलाली हो, घरजग्गा कारोवार हो र शेयर बजार हो माथिका कुनै पनि क्षेत्रले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सक्दैन । यही कारण नेपालको शेयरबजार जहिले पनि अस्थिर रहनेगरेको कुरा छर्लङ छ । कृतिम रुपमा दलालीहरुले बढाउने शेयरले अन्ततगोत्वा सर्वसाधारण शेयरधनीलाई नोक्सान गर्दछ । तिनै बैंकहरुको लगानीमा उर्बर भुमि, खेतियोग्य जमिन मासेर जिल्ला, गाउँ अझ वडा नै पिछे खुलेका हाउजिङ, प्लटिङ व्यवसायीहरुले कृतिम रुपमा बढाएको जग्गाको भाउले आज सर्वसाधारणलाई जग्गा जोड्न अझ एउटा बास बस्न योग्य भुमि पाउन आकाशको फल हुन थालेको छ । 

बर्गेल्ती रुपमा खुलेका हाउजिङ कम्पनीहरु बैंकका नाफा गराउने आम्दानीका श्रोत थिए त्यसैले हाउजिङ ब्यापारले आकाश छोएको थियो । करोडौं लगानी गर्न सक्ने सामर्थ भएका कम्पनी मालिकहरु र अरबौं नाफा कमाउन उद्धत बैंकहरु बिचको आपसी मिलेमतो र लेनदेनको विषय अहिले आएर सार्वजनिक भएको छ । कृतिम रुपमा आकाशिएको मुल्यवृद्धिले जब मध्यमवर्ग समेत प्रभावित बन्यो र लगानी गर्न नसक्ने अवस्थामा आए तब ती बैंकहरु र कम्पनी मालिकहरुको सातोपुत्लो उडेको छ । हाउजिङ व्यवसायमा संकट देखा परेपछि अरबौं ऋण दिने बैंकहरुको जग धरमराएको छ । अस्थिर सरकार र भएको सरकारले पनि हाउजिङ व्यवसाय र बैंकसम्बन्धी उचित व्यवस्थापन गर्न नसक्दा र हाउजिङ–कर्पोरेट बजारलाई सहि ढंगले चलाउने संयन्त्रको विकास नगर्दा आजको स्थितिमा आइपुगेको सर्वविदितै छ । यस्तो अवस्थामा अस्थिर र संक्रमण कालिन सरकारको फाइदा उठाई ती कम्पनी मालिक र बैंकहरुको मिलोमतोमा हाउजिङ कम्पनीहरुलाई उनीहरुको घाटा कम गर्न सरकारले कार्यक्रम ल्याउन लागेको सार्वजनिक भैसकेको छ । 
एकातिर हाउजिङ कम्पनी र बैंकहरुको दबाबमा लाखौ मुल्य पर्ने महँगा विक्रीहुन नसकेका हाउजिङ कम्पनीको घर खरिद गरिदिने र सरकारी कर्मचारीहरुलाई दिने नीति ल्याउन लागेको छ भने अर्कोतिर हराभरा बागमती, धोवीखोला कोरीडोरी, विष्णुमती लिंक आदी विभिन्न बहानामा खोला किनारामा बसेको सुकुम्बासीहरुलाई लखेट्ने तयारी गरी रहेको छ । छाना, खाना र नानाबाट राज्यले कसैलाई बञ्चित गर्नुहुँदैन भन्ने कल्याणकारी भावना विर्सेर बाबुराम सरकारबाट हुन लागेको त्यस्तो कार्यको सर्वथा विरोध भइरहँदा पनि सरकार सुकुम्बासीलाई ३ महिनाको तलव दिए सरह दिएर उनीहरुको बास उठाउन उद्दत छ । 
आफुलाई नेपालको कट्टर कम्युनिष्ट र माक्र्सवादी भनेर प्रचार गर्ने बाबुरामले ‘संसारमा धनी र गरिव बीचको दुरी रहिन्जेल सम्म माक्र्सवाद रहिरहन्छ’ भन्ने स्वयं माक्सवादीहरुको उक्तिलाई सधैं बचाई रहने काम गरेका छन, गरिबलाई उठिबास लगाएर र धनीलाई अझ धन कुुम्ल्याउन दिएर । नाफालाई निजिकरण र घाटालाई सामाजिकीकरण गरेको विरोधमा विश्वव्यापी बनेको वालस्ट्रिट आन्दोलनलाई समर्थन गर्ने तिनै माओवादीका नेता बाबुराम सरकारमा आएपछि गरेको यस्तो क्रियाकलाप गरिबमुखी हैन गरिबमारा हुँदै गएको प्रमाणीत भएको छ । सरकार नेपालका ९५ प्रतिशत गरिब जनताको होइन ५ प्रतिशत धनिहरुको सरकारको रुपमा चिनिन लागेको छ ।

शहरका खोला किनारमा सुकुम्बासीका नाममा ढुकुम्बासी बसेका उदाहरणहरु प्रशस्तै छन र अहिले पनि केहि हदसम्म कायमै भएको कुरा सुकुम्बासी बस्तीमा रातारात केही पक्की घर निर्माण भएका र त्यसमा बस्नेहरु कार, मोटरसाइकलमा सवार गर्नेहरुबाट प्रष्ट हुन । तर राज्य तिनीहरुको छानविन गरी वास्तवीक सुकुम्बासी पहिल्याई दीर्घकालिन रुपमा समस्याको समाधान गर्नको सट्टा ३ महिनाको भाडा दिन खोजेर समस्या झन बल्याउन खोज्दैछ । ३ महिनाको घर भाडा विकल्प हुन सक्दैन वास्तविक सुकुम्बासीहरुको दीर्घकालिन व्यवस्थापन नै एकमात्र समाधान हुन सक्छ । यदि सरकार त्यसमा पनि पछि परे वा अरवौं लगानी गर्ने बैंकहरुको लगानी उठाइदिन र हाउजिङ व्यवसायीलाई पोस्ने काम मात्र गरे खोला किनारका सुकुम्बासीहरुले फेरी सार्वजनिक जग्गा होइन ति हाउजिङ कम्पनीका ठुला ठुला घर र बैंकका जग्गाहरु कब्जा गर्ने छन् त्यसकारण सरकारले त्यस्ता समस्या आउन नदिन बेलैमा गरिब र सुकुम्बासीहरुको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।

हरि दहाल
धुलाबारी झापा
e-mail: hari_thursday@yahoo.com

Wednesday, June 15, 2011

गुण्डाराज र भ्रष्ट अर्थराजनीति


'उसले १९ वर्षको उमेरमा भोट किनबेच गर्न लाग्यो। २५ वर्ष पुग्दानपुग्दै विभिन्न संस्थाका पद खरिद गर्न थाल्यो। यसैबीच एक-दुइटा ज्यानस्यान मार्ने काम पनि गरिसकेको थियो। २८ वर्षको उमेरमा ऊ एउटा शक्तिशाली गिरोहको डन भयो र ३० को उमेरमा त एउटा क्षेत्रको निर्विरोध नेतै भयो। पाँच वर्षपछि ऊ न्यायाधीश बन्यो भने ४० वर्षमा त सांसदै बन्यो। सहरका १० हजार नगरबासीलाई ऊ नामबाटै र २० हजार मानिसलाई अनुहारबाट चिन्थ्यो। जजसलाई उसले कल्याण गरेको थियो, तिनको फेहरिस्तमा उसका कट्टरभन्दा कट्टर शत्रु पनि थिए। एकातिर उसले आफ्ना सहकर्मीमा कोही इमानदार पनि छन् भन्ठान्ने भूल कहिल्यै गरेन, अर्कोतिर उसले पहिल्यैदेखि बेइमान व्यक्तिलाई बेइमानै मान्दै बस्ने महाभूल पनि कहिल्यै गरेन।' 
यो कुनचाहिँ अपराधीको राजनीतिक यात्रा-वृत्तान्त होला? कि कुनै देशको राजनीतिक नेताको आपराधिक इतिहासको वर्णन हो? यहाँ वर्णन गरिएका राजनीतिक नेता वा आपराधिक व्यक्ति अमेरिका, भारत वा नेपालका नेता वा डन त होइनन्? होइन, वास्तवमा यो ईसापूर्वको रोमन गणतन्त्रको एक सांसदको वर्णन हो। यो दुई हजार वर्षअघि रोमन गणतन्त्रका सिनेटर लेन्टेलस ग्रेकसको इतिवृत्तान्त हो। सिनेटर ग्रेकस अमेरिकी लेखक हावर्ड फास्टको प्रसिद्ध ऐतिहासिक उपन्यास 'स्पार्टकस' को एउटा पात्र थियो। हावर्ड फास्टले सिनेटर ग्रेकसमार्फत् रोमन राजनीतिको आपराधीकरण वा अपराधको राजनीतिकरणलाई उदांग्याएका थिए। यस्तै व्यक्तिबाट सीमित वर्गको लाभका लागि चलाइन्थ्यो रोमको राजनीति। कयौं शताब्दीसम्म चलाइएको 'लाभको राजनीति'का कारण आपराधीकरण सघन भएको थियो।
रोमन ग्रेकसले चलाएको लाभको राजनीतिकै छायाँ नेपाली राजनीतिमा पनि देखिन्छ। यहाँका राजनीतिक दलमा पनि सीमित वर्गको हितका लागि राजनीतिको आपराधीकरण गर्ने वा अपराधको राजनीतिकरण गर्ने 'ग्रेकस'को खडेरी छैन। हावर्ड फास्टले एक्काइसौं शताब्दीका नेपाली 'ग्रेकस'बारे लेखे भने नेपाली गुण्डाराजको आयामबारे लेख्न पक्कै भुल्दैनथे। त्यो आयाम हो : पहिले विपक्षीलाई आक्रमण गर, त्यसपछि सबैभन्दा पहिले आक्रमणको निन्दा र दोषीमाथि कारबाहीको माग गर। पहिले मरणासन्न हुनेगरी हमला गर अनि घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना पनि गर। घाइते मरिहालेमा चिहानमा सबैभन्दा पहिले फूलको गुच्छा लिएर श्रद्धाञ्जली दिन जाऊ, नभए मृतकको घरमा पत्नीलाई पठाएर गोहीको आँसु चुहाउन लगाऊ। नेपाली गुण्डाराजले अभ्यास गरेको यस्तो 'मानवीय आयाम' स्मरणीय छ। यसको श्रेय एमालेको युथफोर्स, मोरङको जाज्वल्यमान नेतृत्वलाई जान्छ, त्यसलाई राजनीतिक संरक्षणको दोसल्ला ओढाउने वरिष्ठ र प्रभावशाली नेताहरूलाई जान्छ।
एमालेको विघठित मानिने युथफोर्स र गुण्डाराजबीचको नाता खोजकै विषय हो। युथफोर्सको राजनीति कहाँ गएर अपराधको अँध्यारो गल्लीतिर मोडिन्छ अनि अपराधको कुहीगन्धे बाटो कुन राजनीतिक मोडमा जोडिन्छ, अनुसन्धानकै विषय हो। तर अपराधलाई राजनीतिक दोसल्ला ओढाउने र राजनीतिलाई अपराधको टुकुचा बनाउने मामिलामा युथफोर्समात्रै होइन, कुनै पनि युवा संगठन र युवादस्ता पछाडि छैनन्। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणको सिकार हुने र अरूलाई पनि त्यसको सिकार बनाउनेमा युवा संगठनहरू सबैभन्दा अगाडि छन्। त्यसैले सबैभन्दा बदनाम पनि छन्। यसरी युवा राजनीतिको नदीमा अपराधको ढल मिसाएर राजनीतिलाई नै गुण्डाराज र राजनीतिक नेतालाई डनको पर्याय हुनेगरी बदनाम गर्नसक्नु पनि नेपाली 'ग्रेकस'को महान् योगदान हो। यसले युवा वर्गलाई मात्रै होइन, सामान्य जनतालाई पनि 'फोहोरी राजनीति'को टुकुचाबाट टाढै राख्न मद्दत गरेको छ र त्यही 'फोहोरी राजनीति'को आहालमा डुबेर लाभ लिन सीमित वर्गलाई असीमितरूपमा सघाएको छ। बाहुबलको राजनीति, भ्रष्टतम आचरण र आर्थिक स्वार्थपूर्तिको नीतिको सम्मिश्रणबाट बनेको 'भ्रष्ट अर्थ-राजनीति' यतिखेरको मूलधारको राजनीतिक दर्शन र अभ्यास हो।

बुटले दब्दैन कलम


नेपाली शब्दकोषले दल वा गठ बनाई सीधासाधा व्यक्तिलाई ढाँट्ने, छल्ने, पिट्ने व्यक्तिलाई 'गुण्डा' भनेको छ। राजनीतिज्ञ र गुण्डाहरुबीच भिन्नता छुट्याउन कठिन भयो भने शब्दकोषको यो परिभाषा सहयोगी बन्न सक्छ। 
फिल्ममा मात्र देख्न पाइने गुण्डाराज सातायता मुलुकको दोस्रो ठूलो सहर विराटनगरमा देखियो। यही जेठ २२ गते राति १० बजे पत्रकार खिलानाथ ढकाललाई अपहरण गरेर स्थानीय युथफोर्सका गुण्डाले सांघातिक हमला गरेका थिए। मार्ने भन्दै गुण्डाहरुले कुटिरहेको अवस्थामा फुत्किन नसकेको भए र एक प्रहरी इन्सपेक्टरले चनाखो भएर उद्धार नगरेको भए ढकालको ज्यान जान पनि सक्थ्यो। गुण्डाहरुले उनलाई कुटेर मरणासन्न बनाएका थिए।
जेठ १८ गते मोरङ जिल्ला अदालतमा बन्दी अभिषेक गिरीलाई सफाया गर्ने योजनासाथ गुण्डाहरुबाट सांघातिक आक्रमण भएको थियो। प्रहरीले ११ राउण्ड फायर गरेर भए पनि अदालत परिसरभित्र हुन लागेको हत्या प्रयासलाई विफल बनाएको थियो। मोरङ युथ फोर्सले पत्रकार सम्मेलन गरी अदालत आक्रमणको जिम्मेवारी लिएको थियो। तर, युथफोर्सले गरेको यस्तो ज्यादतीविरुद्ध कसैले बोल्ने र लेख्ने आँट गरेनन्। कतिसम्म भने स्वयं अदालतले पनि आफ्नो मानहानि भएको गुनासो गर्न सकेन। यस घटनाको खोजमूलक समाचार पत्रकार ढकालले नागरिक दैनिकमा लेखे। उनको साहसिक समाचार पढेर पत्रकार, वकिल, प्रहरी र अधिकारकर्मीले समेत जिब्रो टोकेका थिए।
नागरिकमा छापिएको ढकालको त्यस समाचारले विराटनगरमा गुण्डाराज चलाउँदै आएको युथफोर्स र त्यसका नाइके पर्शुराम बस्नेतको किल्लामा भूकम्प ल्यायो। दादागिरी र लुटको स्वर्ग हल्लिएपछि उनीहरु तिमिल्लाउनु स्वाभाविक थियो। अनि उनीहरुले आफ्ना कर्तुतको सिलसिला पत्रिकामा सार्वजनिक नहोऊन् भनेर रोक्ने योजना बनाउन थाले। उनीहरुको पहिलो योजना थियो, ढकाललाई थर्काउने। युथ फोर्सका जिल्ला अध्यक्ष पर्शुराम बस्नेतले जेठ २२ गते दिउँसो मोरङको एमाले जिल्ला पार्टी कार्यालयमा उनलाई बोलाएर 'मेरा बारे समाचार लेखे जे पनि हुन सक्ने' भनी धम्क्याएका थिए। पत्रकारिताको धर्म र निष्ठामा अविचलित ढकाल बस्नेतको धम्कीबाट रत्तिभर डराएनन्। उनले बस्नेत र युथफोर्सको गुण्डागर्दीको इतिहास उधिनेर अर्को समाचार लेखे। आफ्ना कर्तुत एकपछि अर्को गर्दै भण्डाफोर हुन थालेपछि बस्नेतकै योजनाबमोजिम ढकालमाथि भौतिक हमला गरिएको थियो।

Tuesday, June 14, 2011

पत्रकारिता र गुण्डाको बुट

समाचार लेखेकै भरमा पत्रकारलाई मरणासन्न हुने गरी कुटेर नेताको काखमा लुक्न पाउनुको मजा बेग्लै छ। विराटनगरस्थित नागरिक संवाददाता खिलानाथ ढकाललाई सांघातिक आक्रमण गर्न लगाउने एमाले युवादस्ता युथफोर्स, मोरङका संयोजक पर्शुराम उर्फ कृष्ण बस्नेतले त्यही मजा लिइरहेका छन्। 

उनी नेताको संक्षणमा छन् भन्ने पुष्टि घटनाको आठौँ दिन बितिसक्दा पनि पक्राउ नपरेबाटै हुन्छ। गृहमन्त्री कृष्णबहादुर महराले शनिबार 'घटनाका अपराधी राजनीतिक संरक्षण'मा रहेको बताइसकेका छन्। यसको अर्थ राजनीतिक पोर्टफोलियोमा उनीभन्दा माथि रहेका कुनै पनि नेता बस्नेतको कवच बनेर उभिएका छन्। को हुन् ती नेता? प्रधानमन्त्रीले नै बस्नेतलाई संरक्षण दिइरहेका त छैनन्? यो अतिगम्भीर प्रश्न बनेको छ । आफू बदनाम हुने काममा प्रधानमन्त्री पक्कै पनि लागेका छैनन् भन्ने विश्वास गर्न सकिन्छ। ढुक्क हुने अवस्था छैन। बस्नेतलाई पक्राउ गर्न जति ढिलो हुन्छ त्यति उनी र उनको सरकार बदनाम हुन्छ, यो पक्का हो। यो कुरा प्रधानमन्त्रीले राम्ररी बुझेको हुनुपर्छ। सञ्चारकर्मीलाई गलाएर बस्नेतलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। त्यो पनि सरकारको नेतृत्व गरेको दलबाटै। प्रधानमन्त्रीलाई थाहा हुनुपर्छ, यो घटना बस्नेतलाई कारबाही गर्ने विषयसँग मात्र सम्बन्धित छैन। दल र पार्टी शुद्धीकरणसँग पनि जोडिएको छ।
एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले जेठ १७ को केन्द्रीय कमिटीमा बुझाएको प्रस्तावको बुँदा न. ६ प्रधानमन्त्रीले पक्कै पढेका होलान्। एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीविरुद्ध ल्याइएको प्रस्तावको उक्त बुँदामा लेखिएको छ, 'पार्टीभित्र गुण्डा संस्कृतिलाई बढावा दिएको, अपराधीलाई संरक्षण दिएको, ठेक्कापट्टा कब्जा गरेको, भन्सार नाकाबाट तस्करी गराउने गरेको, अपहरणकारीलगायत अपराधीसँग मिलेर आर्थिक भागबण्डा गरेको र अदृश्य ढंगले स्रोत संकलन गरी पार्टी हितविरुद्ध दुरुपयोग गरेको।' नपढेको भए पनि प्रधानमन्त्रीले यो असफल प्रस्ताव राम्ररी पढून्।
सञ्चारकर्मीलाई सांघातिक आक्रमण गर्न लगाउने पर्शुराम बस्नेत पाण्डेका प्रस्तावमा उल्लेखित आपराधिक गतिविधि वा क्रियाकलाप गर्न संरक्षण दिइएको व्यक्ति हुन् भन्दा फरक पर्दैन। यसको पुष्टि बस्नेतका सार्वजनिक भइसकेका विगतका गतिविधिबाट हुन्छ। पाण्डेले आत्मलोचनासहित १८ गते प्रस्ताव फिर्ता लिए पनि उनले दलभित्र उठाएको यो मुद्दा यथार्थ हो। यस्तो कार्यमा ओली संलग्न होलान् नहोलान्, यो आफ्नै ठाउँमा छ। ओली यस्ता आपराधिक गतिविधिमा लागेका व्यक्तिको नेता भएको भए त पाण्डेको प्रस्ताव असफल हुने नै थिएन। तर, पनि पाण्डेले पार्टीभित्र उठाएको यो मुद्दा वास्तविक हो। यो पार्टी शुद्धीकरणसँग जोडिएको छ। एमालेमात्र होइन हरेक दलमा 'पार्टी शुद्धीकण' एउटा ठूलो मुद्दा बनेको छ। प्रधानमन्त्रीले चाहने हो भने बस्नेतलाई कारबाही प्रक्रियामा ल्याएर शुद्धीकरण व्यावहारिकरुपमा थाल्न सक्नेछन्। यो उनका लागि एउटा अवसर पनि हो।
विराटनगर घटना राजनीतिक दलमा मौलाउँदै गएको आपराधिक संस्कृतिको ज्वलन्त उदाहरण बनेको छ। सञ्चारजगत्का लागि पनि यो घटना अवसर र चुनौती बनेको छ। कुन अर्थमा भने हाम्रा दलका नेतालाई पार्टी शुद्धीकरणमा दबाब दिने यो राम्रो अवसर हो। सञ्चारकर्मीसामु बस्नेतजस्ता व्यक्तिलाई संरक्षण दिने पर्दा पछाडिका नेतालाई सार्वजनिक गर्ने चुनौती पनि छ। ती नेताको अनुहार सार्वजनिक गर्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ। पार्टी शुद्धीकरणबिना लोकतन्त्र, गणतन्त्र सम्भव हुँदैन। नेपाली सञ्चार जगत् पार्टी शुद्धीकरणका साथै दल, नेता र कार्यकर्ताको नैतिक आचरण सुधारका लागि दबाब सिर्जना गर्ने सबालमा कमजोर साबित भएका छन्। त्यसैको फलस्वरुप बेलाबेला राजनीतिक शक्तिको आडमा ठूल्ठूला अपराध हुने गरेका छन्। विराटनगर घटना पनि त्यसैको उपज हो। 

सर्वसाधारणले राम्ररी बुझेका छन्, दल र पार्टीभित्र आपराधिक मनोवृृत्तिका व्यक्ति पाल्ने संस्कृति मौलाइहको छ। तिनै व्यक्तिको आडमा राजनीति गर्ने र सर्वसाधारण नागरिक र विभिन्न पेसामा संलग्न व्यक्तिलाई कुट्ने, तह लगाउने, हप्तावारी असुल्ने काम भइरहेको छ। यो लोकतान्त्रिक काम होइन। जनताको नाममा राजनीति गर्ने र उनीहरुलाई नै त्रसित पार्ने यो कहाँको लोकतन्त्रको कुन नमुना हो?

पार्टी सञ्चालनका लागि आर्थिक कोष जम्मा गर्न हरेक दलले बस्नेतजस्ता व्यक्ति परिचालन गरिरहेका छन्। एमालेमात्र होइन अहिले सानाठूला सबै दलमा यस्ता व्यक्ति पालिएका छन्। उनीहरूको काम नै डर, त्रास, कुटपिट, अपहरण, गुण्डागर्दी, हत्यालगायत आपराधिक गतिविधि गरेर पार्टी र आफ्नो आर्थिक कोष बलियो बनाउने हुन्छ। पार्टीमा आर्थिक कोषको महत्व जति छ त्यति नै महत्व त्यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिको छ। त्यसैले हरेक पार्टीमा यस्ता व्यक्तिलाई संरक्षण दिइएको छ। हरेक दलमा यस्ता नेता छन् जसले अपराधी मनोवृत्तिका व्यक्तिलाई संरक्षण गरेर पार्टी खर्च संकलन गरिरहेका छन्। 

सांघातिक आक्रमणमा परेका पत्रकार खिलानाथ ढकालले विराटनगर गएपछि प्राकृतिक साधनस्रोतको तस्करी, ओसारपसारका विषयमा थुप्रै मुद्दा उठाएका छन्। उनले विराटनगरमा जति पनि मुद्दा उठाएका थिए, ती सबैमा बस्नेतको संलग्नता हुनुपर्छ। किनकि अवैध क्रसर उद्योग सञ्चालन, ढुंगागिट्टीको तस्करी, राष्ट्रिय र सामुदायिक वनमा अवैध कटानी तथा तस्करी र जग्गाजमिन कब्जालगायत अधिकांश मुद्दामा उनले कलम चलाएका थिए। उनले उठाएका सबै मुद्दा वा क्षेत्र आपराधिक गतिविधिमा संलग्न व्यक्तिको आर्थिक संकलनको प्रमुख स्रोत हुन्थ्यो। यसले गर्दा पनि बस्नेतलगायत व्यक्ति खिलानाथ ढकालसँग धेरै पहिलेदेखि चिढिएका हुनुपर्छ। ढकालका समाचारहरुबाट उनीहरुलाई सच्चिनुपर्ने अवस्था सिर्जना भइरहेको छ।

आफ्ना प्रतिद्वन्द्वी भनिएका अर्का आरोपित व्यक्तिलाई अदालत परिसरभित्रै गोली हान्न लगाएका बस्नेतले यही घटनाको समाचारलाई बहाना बनाएर खिलानाथमाथि सांघातिक आक्रमण गराएका हुन्। बस्नेतको संरक्षण उनको नाम जोडिएकै दल एमालेले गरेको छ भन्दा फरक पर्दैन। त्यही दलका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री छन्। उनी लाचार छन्। शनिबार साँझ उनले नेपाल टेलिभिजनको प्रत्यक्ष अन्तर्वार्तामा भनेका छन्, 'अत्यन्त निन्दनीय घटना हो यो। यसमा संलग्न व्यक्तिले छुट पाउँदैन।' प्रधानमन्त्रीले एक सातादेखि यही भनिरहेका छन्।
बस्नेतलाई तत्काल प्रहरीको जिम्मा लगाएर आफ्नो दलको साख बचाउने कि संरक्षण दिने? प्रधानमन्त्री ख्याल गर्नुस्, तपाईँका गतिविधि सर्वसाधारणले नजिकबाट नियालिरहेछन्। पोलिटब्युरो सदस्य पाण्डेले पेस गरेको असफल प्रस्तावलाई सम्बोधन गर्ने बेला पनि यही हो .
Subod Gautam : source : Nagarik News

Wednesday, May 25, 2011

समाचार पढेर विज्ञ!

विमल गौतम
'संवाददाताहरुलाई जानकार व्यक्ति (स्रोत व्यक्ति) का रुपमा किन प्रस्तुत गरिँदैन? कुनै खास विषयमा वर्षौंदेखि निरन्तर समाचार लेखिरहेको संवाददातालाई त्यस विषयमा जति ज्ञान हुन्छ अरुमा नहुन सक्छ। संवाददातालाई जानकार व्यक्तिका रुपमा छलफल र निर्णय प्रक्रियाहरुमा सहभागी गराउने हो भने सन्तुलित सूचना सम्प्रेषित हुन्छ।' 

नेपाल पत्रकार महासंघका नवनिवार्चित सभापति शिव गाउँलेले केहीपहिले सर्वोच्च अदालत परिसरमा कानुन संवाददाताहरुसँग यसो भनिरहँदा त्यहाँ उपस्थित सञ्चारकर्मीहरू केही बेर घोत्लिन बाध्य भएका थिए। मुलुकमा भइरहने विभिन्न घटनाका विषयमा आफूले रेडियो, टीभी र अन्य बहसहरुमा चिन्दै नचिनेको र सतही ज्ञान भएका व्यक्तिका मुखबाट धेरै चर्का कुरा सुन्नुपर्दा दिक्क लागेको गाउँलेको संकेत थियो, जुन तीतो सत्य थियो। पत्रकारितामा मात्र होइन, अन्य क्षेत्रमा पनि ज्ञान, अनुभव, इमानदारी र योगदान पुर्‍याएका व्यक्तिलाई छायाँमा पारेर म यस क्षेत्रको जानकार हुँ भन्ने र रातारात 'विज्ञ' बन्नेको खेती आजभोलि खुबै फस्टाएको छ। संक्रमणकालीन राजनीति लम्मिदै जाँदा यहाँ मानिसहरु रातारात 'विज्ञ' बनिरहेका छन्। त्यसरी रातारात विज्ञ बनाइदिने काममा विशेषगरी हामी 'निरीह सञ्चारकर्मी' थाहै नपाई माध्यम बनिरहेका छौँ। अर्थात्, हामी संवाददाताहरुले बिहान उज्यालो भएदेखि राति नौ, दस बजेसम्म अहोरात्र खटेर ल्याउने समाचार पढेर वा सुनेर यहाँ रातारात 'विज्ञ' हुनेहरुको लर्को लागेको छ।
एउटा समाचारदाता सारा शक्ति र क्षमता लगाएर समाचार लेख्छ। समाचार तयार पार्न उसलाई निकै मिहिनेत गर्नुपर्छ। थुप्रै व्यक्तिको सम्पर्कमा पुग्नुपर्छ। तीन, चारतिरबाट समाचारको पुष्टि गर्नुपर्छ। समाचारको विषयवस्तु पहिचान गर्नु नै कठिन काम। पहिचान गरेपछि त्यसको गहिराइमा पुगेर, तथ्य स्थापित हुनेगरी समाचार लेख्नु अझै चुनौतीपूर्ण। जनतालाई सूचना, शिक्षा, चेतना वा उत्प्रेरणा मिलोस् भन्ने प्रमुख उद्देश्यले समाचारदाताले समाचार संकलन, लेखन र विभिन्न माध्ययमबाट सम्प्रेषण गरेको हुन्छ। मेरो समाचार सारेर (रुखो शब्दमा भन्नुपर्दा चोरेर) भोलि कुनै निहित स्वार्थ बोकेको विद्वान्ले कुनै पाँचतारे होटेलमा कार्यपत्र प्रस्तुत गरोस्, नेपालीमा लेखिएको समाचारलाई अंग्रेजीमा अनुवाद गरेर वा अंग्रेजी पत्रिकामा छापिएको समाचारको 'कपी/पेस्ट' गरेर नेपाली एवं अंग्रेजी पत्रिकामा आफ्नो नाम र फोटो राखेर लेख छपाओस्, मैले यसरी विचार दिइरहेकेा छु भनेर आफूलाई विज्ञको रुपमा प्रस्तुत गरोस् र त्यसैलाई भजाएर दाताहरुबाट डलर झारेर खेती सञ्चालन गरोस् भन्ने उद्देश्यले संवाददाताले समाचार लेखेका हुँदैनन्। दुर्भाग्य, हामीकहाँ धेरै मात्रामा त्यही भइरहेको छ।
गुणात्मक सेवा दिन नसके पनि संख्यात्मकरूपमा छ्यासछ्यास्ती खुलेका एफएम रेडियो, टीभी र पत्रिकामा आजभोलि 'टक सो', बहस एवं अन्तर्वार्ताका नाममा थुप्रै कार्यक्रम सुन्न, हेर्न र पढ्न पाइन्छ। त्यस्ता 'टक सो' हरुमा बोलाइने 'गेष्ट' मध्ये धेरै त हामीजस्ता 'निरिह सञ्चारकर्मीको' बौद्धिक शोषण गरेर रातारात विज्ञ भएका कथित विद्वान् हुन्। त्यस्ता 'विज्ञ' ले अधिकांश समय हामी सञ्चारकर्मीले लेखेका समाचारलाई मात्रै आधार बनाएर आफ्नो धारणा तय गर्ने गरेका छन्। संवाददाताको समाचार पढेर आफ्नो धारणा बनाउने र त्यसैलाई भजाएर विज्ञ बन्नेको ज्ञान कति सतही हुन्छ भने भूलवस संवाददाताले कुनै गलत तथ्य समाचारमा लेखेको रहेछ भने पनि त्यस्ता 'विज्ञ' हरु त्यही गलत तथ्यको प्रचार गर्दै हिँडेका हुन्छन्। हिजोआज धेरैले यस्तो खेती चलाएका छन्। यस्तो खेती चलाउनेमा विशेष गरी विभिन्न एनजीओ/आइएनजीओमा काम गर्नेहरू छन्। उनीहरुले लेख्ने लेखमा यस्तै झल्कन्छ।
दोष कथित विज्ञको मात्र छैन। हाम्रै सञ्चारमाध्ययमको बढी छ। को कस्तो हो, त्यसको पृष्ठभूमि के हो, कुनै एनजीओ/आइएनजीओमा काम गर्छ/गर्दैन, उसको निहित स्वार्थ लुकेको छ/ छैन, ऊ वास्तविक विज्ञ हो/ होइन, उसले पत्रिकामा लेख छपाएर दातालाई रिझाउने वा प्रभाव पार्ने काम गर्न खोजेको छ/छैन भन्ने ख्यालै नगरी सञ्चारमाध्ययमले कार्यक्रममा निम्त्याउने र बोल्न लगाउने प्रवृत्ति छ। यस्तो प्रवृत्ति बन्द गर्ने हो भने यस्ता कथित विज्ञहरु त्यसै बिलाएर जानेछन् र त्यस्तालाई कसैले 'भ्यालु' दिने छैन। 
कुनै व्यक्तिले पत्रिकामा छापिएको समाचार पढेर आफ्नो विचार बनाउनै पाउँदैन भन्न खोजेको होइन। पाउँछ। तर, त्यही समाचार सारेर, थोरै थपघट गरेर यो मेरो विचार हो भन्ने र त्यसैलाई प्रयोग गरेर आफ्नो एनजिओ खेती गर्ने काम पत्रकारिता र लेखकको आचारसंहिताभित्र पर्दैन। त्यसो गर्नु बौद्धिक ठगी हो। संवाददाताको चरम बौद्धिक शोषण हो।

सञ्चारमाध्ययमले सम्बन्धित बिटमा काम गरेको समाचारदातालाई नै ज्ञानको स्रोत व्यक्तिका रुपमा किन नस्विकारेका हुन्? वर्षौँदेखि एउटा क्षेत्रमा निरन्तर काम गरिरहेको संवाददाता विश्लेषक, स्रोत व्यक्ति वा विज्ञका रुपमा काम गर्न सक्दैन र? कुनै सार्वजनिक बहसमा त्यस्तो संवाददातालाई निम्त्याउन सकिँदैन? सकिन्छ। संवाददाताले विश्लेषकका रुपमा पनि काम गर्न सक्छ। तर, अवसर दिनुपर्छ। पत्रकार महासंघका सभापति गाउँलेले भनेजस्तो संवाददातालाई नै स्रोत व्यक्तिका रुपमा स्वीकार गर्ने हिम्मत गर्नु जरुरी भइसकेको छ। सञ्चार उद्योग राम्ररी फस्टाएको विदेशी मुलुकमा संवाददातालाई कसरी हेरिन्छ त?
केहीपहिले यो पंक्तिकार 'खोजमूलक पत्रकारिता' सम्बन्धित एक कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुग्दा त्यहाँ संवाददाताहरुलाई गरिने व्यवहारबारे सिक्न मद्दत मिलेको थियो। कार्यक्रम लामो थियो। खोजमूलक पत्रकारितासम्बन्धी थुप्रै छलफल, बहस, भेटघाट र कार्यक्रममा सहभागी हुनुपर्ने थियो। आफ्नो मुलुकमा र अमेरिकामा संवाददातालाई गरिने व्यवहारबीच के कति समानता र भिन्नता रहेछन् भन्ने जान्न मन लागेको थियो। अमेरिकामा संवाददाताहरुलाई स्रोत व्यक्तिका रुपमा स्वीकार गर्ने, छलफलहरुमा विषय हेरेर सम्बन्धित क्षेत्रको संवाददातालाई नै प्राथमिकता दिने चलन रहेछ। अमेरिकी चर्चित अखबारहरु द वासिंगटन पोस्ट, द न्यूयोर्क टाइम्स, द डलास मर्निङ, अमेरिकाका चर्चित रेडियोहरु नेसनल पब्लिक रेडियो (एनपीआर), भ्वाइस अफ अमेरिका (भोओए), सीएनएन, एबीसी टिभीजस्ता प्रतिष्ठित सञ्चार माध्यमका अनुसन्धान संवाददाताहरुले छलफलमा सहभागी पत्रकारलाई प्रशिक्षण दिए। आफ्ना अनुभव सुनाए। ज्ञानगुनका कुरा बाँडे। अमेरिकामा सरकार र गैरसरकारी पक्षले पनि संवाददाताको त्यस्तो उपस्थितिलाई प्राथमिकता दिने गरेका रहेछन्। अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टले बर्सनी निम्त्याइने विदेशी भिजिटरलाई प्रशिक्षण दिन संवाददाताहरुको सूची पहिले नै तयार पारेर राख्दो रहेछ। युरोप र अन्य विकसित मुलुकमा पनि संवाददातालाई यस्तै व्यवहार हुन्छ भन्ने पढ्न र सुन्न पाइन्छ।
प्रशिक्षणहरुमा मात्र होइन, विषय हेरेर संवाददातालाई सञ्चारमाध्ययले बहसहरुमा पनि निम्त्याउने र सहभागी गराउँछन्। कतिपय कुरा संवाददाताले समाचारमा लेख्न नमिल्ने तर बाहिर बहसमा ल्याउन सक्ने प्रकृृतिका हुन्छन्। कुनै विषय र त्यससँग सम्बन्धित अधिकारीलाई संवाददाताले वर्षौँदेखि नियालिरहेको, अध्ययन एवं अनुभव गरिरहेको हुन्छ। त्यस क्रममा उसले विभिन्न रोचक, प्रेरणादायी, कुरा सिकेको र अनुभव गरेको हुन्छ। कुनै विषय र व्यक्तिसँग संवाददाता धेरै हदसम्म परिचित हुन्छ। यति धेरै ज्ञान र अनुभव भएको संवाददातालाई छलफलमा, सञ्चार माध्यमका अन्तर्वार्ताहरुमा सहभागी गराउँदा वास्तविक र सन्तुलित सूचनाले ठाउँ पाउनेछ। जनता सूचित र शिक्षित हुनेछन्
source: nagariknews.com

Tuesday, May 10, 2011

सहरलाई निद्रा लाग्दैन

- सी के लाल
सहर सम्भावनाको ढोका हो। अवसरको खोजीमा युवा सहर पस्छन् र सपना निख्रिएपछि गाउँ फर्किने चाहनामा रमाउन थाल्छन्। तर, माकुरी जालोमा एकपटक अल्झिसकेपछि फुत्किन असम्भवजस्तै हुन पुग्दोरहेछ। छटपटिँदा गाँठो झनै कसिँदै जान्छ र सहर अन्ततः रहरको कारागारमा परिणत हुन्छ। छटपटीमा बित्ने गर्छ सहरमा जीवन।
नेपालका लागि काठमाडौँ ठूलो सहर भएजस्तै तेस्रो विश्वका महत्वाकांक्षी युवाका लागि सिंगो अमेरिका नै विशाल आकर्षण केन्द्र हो। गरिबी, द्वन्द्व एवं पछौटेपनमा ग्रस्त मुलुकका युवा सुख, सुविधा एवं शान्तिको खोजीमा महादेशरूपी अमेरिका 'सहर'मा पस्छन्। र, सम्पन्नता प्राप्त भएपछि कुनै दिन आआफ्ना घर फर्किने आशामा संघर्ष गर्न थाल्छन्। घर फर्किने दिन भने धेरैजसोका लागि कहिल्यै आउँदैन। किनभने अन्ततः घर त्यहीँ हो जहाँ व्यक्ति आफ्ना आकांक्षाको परिपूर्तिका लागि संघर्ष गर्छ। जीवनका अँध्याराउज्याला पक्ष भोग्छ।
सही तथ्यांक कसैसँग छैन। अन्य गरिब र अविकसित देशबाट अमेरिका छिरेका आगन्तुकजस्तै न्युयोर्कमा कार्यरत नेपालीमध्ये धेरै गैरकानुनीरूपमा बसेका हुन सक्छन्। यद्यपि, जनगणनामा भाग लिन कुनै रोकटोक छैन। तर, कागजपत्र नमिलेकाहरू सामान्यतः आफ्नो हैसियत सार्वजनिक हुने डरले कतै गनिन वा जोडिन चाहँदैनन्। त्यसैले नेपालीको संख्याबारे यकिन गर्न गाह्रो छ, न्युयोर्कजस्तो ठूलो सहरमा। केही अमेरिकी अनुसन्धानकर्ताको आकलनमा झन्डै ५० हजार नेपाली न्युयोर्क- न्यु जर्सी क्षेत्रमा मात्रै छन्। त्यो संख्या अलि ठूलै लाग्छ। तर, न्युयोर्कमै कार्यरत जनकपुर मूलघर भएका चिकित्सक विनोद शाहको अनुमान पनि खासै फरक छैन। उनका आकलनमा अमेरिका र क्यानाडामा रहेका झन्डै पाँच लाख नेपालीमध्ये कम्तीमा ३५ हजार जति संसारको पुँजीवादको राजधानीसरह रहेको न्युयोर्क महानगर क्षेत्रमा बसोबास गर्छन्।
न्युयोर्क सही अर्थमा 'सहर' हो, मोटो 'श' भएको रहरहरुको महल। ( नेपाली भाषाका शुद्धतावादीले उर्दुवाद सापट लिइएको शब्दलाई पातलो पारेर 'सहर' बनाइदिएका छन्। मूल उर्दुमा सहरको अर्थ बिहानी पखको समय हुन्छ। 'शहर' मा भने कहिल्यै 'सहर' हुँदैन। बिहानी भयो भने बत्ती निभाउनुपर्ने हुन्छ। झिलिमिली सकिन्छ। सपनाबाट बिउँझिन्छ। र, त्यसपछि सहर अर्कै बन्न पुग्छ।) सहरको जीवन्तता नै चमक र कृत्रिमता हो। त्यस्तो कृत्रिमताको शक्ति बेगर सहरका बासिन्दा दिनहुँ नियमित संघर्षलाई बोक्न सत्तै्कनन्। न्युयोर्कका नेपाली अमेरिकामा बस्छन्, तर काठमाडौंका राजनीतिक गतिविधिबारे अलि बढी नै जानकार रहेको भ्रममा बाँच्न रुचाउँछन्। केहीलाई लाग्दो हो, तिनका चासो र चिन्ता सहीरूपमा देशप्रेम हो। धेरैजसो भने आफ्ना जीवनका खिन्नतालाई नेपालको अस्तव्यस्तताबारे चिन्ताभित्र लुकाइरहेकाजस्ता देखिन्छन्।
भनिन्छ, नेपाली समुदायको अन्तक्रिया पहिले प्रायशः दसैँतिहारमा मात्र हुनेगर्थ्यो रे। अब भने स्थिति बदलिएको छ। नेपालका राजनीतिकर्मी, अधिकारकर्मी एवं गैससकर्मीका लागि नयाँ दिल्लीपछिको दोस्रो सबभन्दा 'नजिक' टाढाको सहर न्युयोर्क बन्न पुगेको छ। संयुक्त राष्ट्रसंघ एवं त्यससँग सम्बद्ध निकायले नेपालका प्रभावशाली व्यक्तिलाई आकर्षित गरिरहेका हुन्छन्। ठुल्ठुला अन्तर्राष्ट्रिय गैससले पनि धेरैजसो आफ्नो उपस्थिति यहाँ कायम गरिरहेकै छन्। त्यस्तै नेपालमा रुचि भएका अमेरिकी अनुसन्धानकर्मीको जमात पहिले पनि सानो थिएन, अब झन्झन् ठूलो हुँदै गइरहेको छ। माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षमा बन्द गरिएको 'पीस कोर' कार्यक्रम पुनः सुरु गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ। यस्ता सबै गतिविधिको सम्मिलित असरले होला, नेपालबारे केही न केही कार्यक्रम कतै न कतै भइरहेकै हुन्छ। पातालमा हुने गरेका त्यस्ता अन्तर्क्रिया, चासो र चिन्ताको असर नेपालमा कस्तो हुने हो भन्ने चाहिँ अहिले अनुमान गर्न गाह्रो छ। तर नेपाली राजनीतिमा अमेरिकी प्रभाव आउँदा दिनमा बढ्दै जाने सम्भावना भने टड्कारो छ। त्यस्तो प्रक्रियाका सम्भाव्य जटिलताले नेपालका छिमेकीहरूसँगको सम्बन्धमा पार्नसक्ने प्रभावबारे जागरुक भइराख्न जरुरी हुनेछ। 

सम्बन्धको जालो

नेपालको प्रभावशाली प्रशासक एवं सैनिक अधिकारी आफ्ना छोराछोरीको भविष्य अमेरिकाबाहेक अन्त कतै सुरक्षित देख्दैनन् भन्ने धारणा आधारहीन छैन। डाक्टर, इन्जिनियरका सन्तान एवं वकिल, परामर्शदाताका छोराज्वाइँको आंकाक्षा नै संसारको सबभन्दा 'तीखो' ज्ञान हासिल गर्ने र प्रयोग गर्ने हुन्छ। ती ढिलोचाँडो घुम्दैफिर्दै अमेरिका आइपुग्ने गर्छन्। आजकल के भन्ने गरिन्छ भने गोरखाली सैनिक बेलायतमा बस्न थालेपछि बेलायतीले आफ्ना छरछिमेकलाई भन्छन्, 'मिट मिस्टर गुरुङ एन्ड मिस्टर गुरुङ। दे आर अल फ्रम नेपाल।' न्युयोर्कका नेपालीको थर फरकफरक हुनसक्छ तर आर्थिकरूपले अपेक्षाकृत सहज जीवन बिताइरहेकाको सोच भने काठमाडौंको उच्च मध्यम वर्गका व्यक्तिभन्दा खासै फरक हुँदैन : ती अपवादबाहेक जुन पृष्ठभूमिबाट आएका भए पनि प्रायशः ब्राह्मणवादी छन्। ब्राह्मणवादीहरू योग्यताको कुरा गर्छन्। समावेशिताको खिल्ली उडाउँछन्। राजनीतिकर्मीलाई समस्याका रूपमा देख्छन्। संघीयताको विरोध गर्छन्। र, देशमा 'अवसर' नपाएकाले पाताल पलायन हुनुपरेको तीतो पोख्छन्। त्यस जमातभित्र कुनै बेला नेपाली कांग्रेसको प्रभाव हुनेगर्थ्यो। आजभोलि ती नयाँ राजनीतिक दर्शनको खोजीमा छन्। एमालेको नीतिप्रति सहानुभूति व्यापक छ। तर, अमेरिकामा खुल्लमखुल्ला 'मार्क्सवादी-लेनिनवादी' दलसँग सम्बद्ध रहेको तथ्य स्वीकार गर्न गाह्रो हुन्छ। 
जोखिमपूर्ण काममा संलग्न अर्धशिक्षित नेपाली भने नेपालमा अवसर नपाएर अमेरिका आउनुपरेको भन्दैनन्। निर्माण कामदारमा नेपालमा भएको काम छोडेर बढी लाभको आशमा विदेशिएकाको बाहुल्य छ। तीमध्ये कति त कोरिया-मलेसिया-कतार पछि आउने पनि छन्। माओवादीप्रति यस समूहमा आर्कषण छ। सम्भवतः आफ्नो राजनीतिक दलका लागि आर्थिक सहयोग गर्ने उत्साह शारीरिक कामदारमा अपेक्षाकृत बढी हुने गर्छ। खुलारूपमा राजनीतिक गतिविधि गर्ने हच्किए पनि न्युयोर्कमा लोकप्रियताका दृष्टिले सायद देव गुरुङका सर्मथक सुशील कोइरालाका अनुयायीभन्दा धेरै छन्। फरक केमात्र हो भने मनाङबाट आएका गुरुङहरू आफ्ना राजनीतिक प्राथमिकता सार्वजनिक गर्दै हिँडदैनन्।

केही समय अगाडिसम्म पातलो रहेको मधेसी समुदाय सानो हुँदासम्म तीमध्ये केहीले नेपाली कार्यक्रममा अग्रसरता देखाए पनि अधिकांश एक्लिएरै बस्ने गर्थे। अब भने तिनको सक्रियता पनि बढ्न थालेको छ। अमेरिकामा आउने मधेसीमा अहिले पनि अदक्ष कामदार थोरै छन्। अधिकांश पेसागत शिक्षा प्राप्त व्यक्ति छन्। त्यसको असर तिनका राजनीतिक महत्वाकांक्षामा देख्न सकिन्छ । ती अब आफ्नो हैसियतअनुसारको 'आवाज' चाहन्छन्। मधेसवादी दलबाहेककाले त्यस्तो अवसर उपलब्ध गराउनसक्ने सम्भावना न्यून भएकाले उपेन्द्र यादवको आर्कषण न्युयोर्क क्षेत्रका मधेसी माझ कम भएको छैन। त्यसको राजनीतिक लाभ उति साह्रो नभए पनि प्रचारात्मक फाइदा भने पर्याप्त पाउनसक्छ- मधेसी जनअधिकार फोरम, नेपालले।
अमेरिकामा रहेका जनसंख्या समूहको प्रभाव मूल देशमा प्रायः दक्षिणपन्थी प्रकृतिको हुनेगर्छ। नेपाली कांग्रेसका अमेरिकी सर्मथकले समाजवादी दललाई अनुदारवादी बनाइसकेका छन्। एमालेका राजनीतिक सहयात्री प्रायः उसै पनि यथास्थितिवादी नै हुने गर्छन्। तर, माओवादी एवं मधेसवादीका अमेरिकी सहयोगीसमेत तीव्र परिवर्तनका पक्षमा नदेखिनुलाई भने विडम्बनै मान्नुपर्छ। न्युयोर्कको हावापानी नै सायद त्यस्तो छ, यस सहरभित्र छिरेपछि प्रत्येक व्यक्ति आफ्नो हितप्रति पूर्णतः समर्पित बन्न पुग्छन्। 
सामाजिक रूपान्तरणको मुद्दा गौण हुन जान्छ। लेखक बन्न चाहने एक जना बगंलादेशी मूलका युवाका अनुसार क्रान्तिकारी विचारअनुकूलको वातावरण खोज्ने हो भने युरोपमा लन्डन वा पेरिसतिर आश्रय खोज्नुपर्छ। अमेरिकाले क्रान्ति होइन, प्रतिक्रान्तिका पाठमात्र सम्प्रेषित त गर्नसक्छ। सायद त्यो सन्देश अमेरिकामा रहेका विभिन्न दलका नेपाली सर्मथकले प्रवाहित गर्न थालिसकेका छन्। 

विकल्पको अभाव

विडम्बना, नेपालबारे जानकारी राख्ने अमेरिकी बुद्धिजीवी भने आफ्ना नेपाली सहकर्मीभन्दा ठूलो स्वरले परिवर्तनका पक्षमा कुरा गर्न रुचाउँछन्। तिनलाई सायद थाहा छ, नेपालमा भइरहेका आन्दोलनहरू अहिले विध्वंशजस्तो देखिए पनि अन्ततः स्थायित्वका लागि सहयोगी ठहरिनेछन्। अमेरिकाको सामरिक हितसँग प्रत्यक्षरूपमा नेपाल गाँसिएको छैन। तर कुनै बेला बेलायतले समाल्ने गरेको दक्षिण एसियाको भूराजनीतिक प्रहरीको भूमिका अब अमेरिकाले अंगीकार गरिसकेको छ। अमेरिकाको अस्थायी राजदूत पिटर वर्ली नेपालबारे जानकार व्यक्ति मानिन्छन्। उनी नयाँ दिल्लीमा द्विपक्षीयका साथै क्षेत्रीय मुद्दाबारे पनि क्रियाशील भए भने अचम्म मान्नुपर्ने छैन। नेपालमा भारत र अमेरिकाका रुचिहरू अझै पनि एउटै रेखामा छन्। त्यो अवस्था तत्काल बदलिने छाँटकाँट देखिँदैन, बरु अझ सुदृढ हुनसक्छ। भारतीयको तुलनामा अमेरिकी बरु नेपालको निरन्तर पछौटेपनबारे अलि बढी संवेदनशील देखिन्छन्। तिनको सक्रियता भने पूर्वाधार क्षेत्रमा लगानीको साटो असन्तुष्टि व्यवस्थापनतिर लक्षित हुनसक्छ। नेपालबारे चासो राख्ने अमेरिकी लगानी वा सहयोगको कुरा गर्दैनन्। ती नयाँ गैससले गर्नसक्ने सकारात्मक हस्तक्षेपबारे जान्न चाहन्छन्। बगंलादेशमा जस्तै गैसस क्रान्ति नेपालमा आउनसक्छ वा सक्दैन भन्ने प्रश्न उठाउँछन्। त्यस्ता अभिरुचिले मूर्तरूप लिने हो भने राजनीतिकर्मीको भूमिका न्यून हुँदै जानेछ। र, एमाले पथमा लाग्न अन्ततः माओवादी पनि बाध्य हुनेछन्।
सकारात्मक नकारात्मक जेजस्तो भए पनि अमेरिकामा रहेका नेपाली एवं अमेरिकी अनुसन्धानकर्मीको रुचि उत्साहबर्धक भने पक्कै हो। संसारका सबै देशको आकासे छिमेकी बन्न पुगेको अमेरिकाको अर्थतन्त्र ओरालो लागेको भए पनि यस देशको सामरिक, सैनिक, आर्थिक, प्रचारात्मक एवं वौद्धिक वजन बाँकी विश्वको संयुक्त प्रभावभन्दा पनि अझै बढी नै छ। यस सम्बन्धलाई नेपालले कसरी प्रयोग गर्ने भन्ने नेपाली स्वयंले निर्धारण गर्नुपर्नेछ। भारतको छाया एवं चीनको प्रतिच्छाया नेपालको भौगोलिक वास्तविकता हो। तर संसारका सबै सुविधाभोगीहरू कमोवेश अमेरिकी बन्दै गइरहेको भूमण्डलीकृत विश्वमा अमेरिकाको चासो र चिन्तालाई नेपालका नीति निर्माताले बेवास्ता गर्न सक्तैनन्। अमेरिकामा रहेका नेपालीले मात्र पनि त्यस्तो हुन दिने छैनन्। चुनौती भने अमेरिकी प्राथमिकतालाई नेपालका आवश्यकतासँग समायोजन गर्ने सम्भावना पहिल्याउने हो। त्यसका लागि नियमित भ्रमण पर्याप्त छैनन्। अमेरिकामा अध्ययन गर्ने विज्ञको सानै भए पनि प्रतिबद्ध समूह तयार गर्ने अग्रसरता लिएर आफ्नो क्षमता वृद्धि गर्नु जरुरी भइसकेको छ। संसारको राजधानीलाई निन्द्रा लाग्दैन। सहयोग र सहकार्य गर्न नेपाल पनि अब बिउँझिनुपर्छ
SOURCE: NAGARIKNEWS

Tuesday, May 3, 2011

Facebook को दुरुपयोग ठुलै मान्छेबाट

तपाई जब साइबर जानुहुन्छ वा घरैमा अनलाईन बस्नु हून्छ तब शुरुमा कुन साइट खोल्नु हुन्छ,Google, Yahoo, Gmail, Hotmail, Facebook, Blog, Twiter, Porn site वा अन्य ? यसबाट तपाईको लक्ष्य थाहा हुन्छ । Personal Information वा व्यापार व्यवासय सम्बन्धी पत्राता, कागजपत्रका लागि Yahoo, Gmail, Hotmail  िखोल्नु हुन्छ, कुनै नयाँ कुरा खोजी गर्न चाहानुहुन्छ भने अध्ययन गर्न चाहानुहुन्छ भने Google र आफ्ना अनुभवहरु, कथाकविता, लेख रचना share गर्न चाहानु हुन्छ भने Blog update  गर्नु हुन्छ र साथीसँग गफ गर्न चाहेमा facebook, Tweeter  चलाउनु हुन्छ यदि तपाई सेक्स सम्बन्धी कुलतमा हुनुहुन्छ भने मौका पाउने वित्तिकै Porn site  खोल्नु हुन्छ । तर अब Porn site  हेर्नलाई मात्र कुलत लागेको भन्न नसकिनेअ वस्था आएको छ । तपाई Face book को कुलतमा पनि पर्न सक्नुभएको हुन सक्छ । म यहाँ मेरो आफ्नो केही अनुभव share गर्दैछुः म विगत १ वर्ष देखि  Facebook, Tweeter चलाउँदै आएको छु, मेरो आफ्नो Blog पनि छः www.haridahal.blogspot.com यसलाई धेरै Personnel बनाउने भन्दा पनि Informative बनाउन खोजी रहेको छु । सकेसम्म हप्तामा एकचोटी अपडेट गर्छु । दिनभरी Online हुँदा  Facebook मा केही साथीहरुसँग साधारण गफ गाफ हुन्छ, कामको गफ हुन्छ । मेरो  Facebook मा अहिले सम्म लगभग ८२५ जति साथीहरु ह्ुनुहुन्छ जसमध्े ८० प्रतिशतलाई मैले खोजी गरेर साथीमा जोडेको हुँ भने बाँकी २० प्रतिशत मलाई Request आएका हरु हुनुहुन्छ । मेरो Regular गफ हुने साथीहरु एकदमै कम छन् त्यसमध्ये मेरो सिमित साथीभाईहरु धर्मेन्द्र खड्का, विमल आचार्य, पंकज पाठक, मेचीनगर अनलाईनका पवन पौडेल र मेरा ३ जना दिदीहरु ह्ुनुहुन्छ । Online मा भइरहने धेरै साथीहरुसँग गफ हुँदैन । कामबाट फुर्सद भएको बेला कोही कसैलाई मैले Hi भनी send गर्दा Reply आउछ...फेरी continue हुँदैन मसँग यति साथीहरु र प्राय धेरै चिनेका छन् तर पनि मसँग दिनभरी गफ गर्ने साथीहरु कमै भेटिन्छन््...मेरा केही साथीहरु भने दिनभरी फेसबुक चलाएर  chat गरेर बसेको भनेर सुनाउँछन...यस्तो कुराले मलाई घचघच्यायो र मलाई परिक्षण गर्न मन लाग्यो ति दिनभरी फेसबुकमा गफ गर्ने साथीहरु के गफ गर्छन र कोसँग गफ गर्छन भनेर कौतुहलता जाग्यो र एउटा उपाय रचे कतै म केटा भएर केटाको फोटो राखेर पो गफ गर्ने साथी नभेटेको हो की भनेर आफैदेखि शंका लाग्यो ।
त्यहि क्रममा मैले साथीभाई खोज्न सजिलो उपाय Facebook Name change  गरे, म ६ महिना कोरियन भाषा पढेकोले न नबु्झ्ने कोरियन फिल्मी हिन्दी र English नबुझ्ने साथीहरुमा पनि लोकप्रिय भएकोले Profile फोटोमा राम्री कोरियन केटीको फोटो राखे र Facebook ma Hari Dahal बाट Hissi Sharma  राखे । 
ओहो मेरो idea ले बढो काम गर्यो म Hissi  भएको दोस्रो दिनमा मलाई Add गर्नेको संख्या ५० पुग्यो । म online हुँदा Hi भन्नेको संख्या १–२ बाट बढेर १५–२० पुग्यो, दिनुहा hi को ःMessage  बढी रह्यो, तिमी कहाँ ? घर कहाँ ? मलाई चिन्नुपर्ने ? कति राम्री ? के गर्छौ ? नेपाल मै हो ? कुन देश ? तिम्रो अरु पनि फोटो share गरन उशि आदी आदी....दर्शनौ ofline message.. मलाई गर्भ लाग्यो मेरो साथी बढाउने क्ष्मभब देखि....
अरु बेला मैले hi भन्दा पनि hi फिर्ता नगर्ने साथीहरुको बारम्बार hi ले मनमनमा हाँसो पनि लागिरहन्थ्यो... तर जब यसको रहस्य थाहा पाएँ मैले आफ्नै साथीहरुको, भाईहरुको, दाईहरुको केटीको फेसबुकमा गफगर्ने शैली थाहा पाएँ तब मलाई लाग्यो यो त facebook को दुरुपयोग रहेछ .. मेरो केटीको नामका गफ गर्ने मध्ये केही मेरा गाउँले साथी भाई, स्कुल पढाउने शिक्षक र कलेज पढाउने सम्मका दाई परे भने विदेशमा बस्नेका लागि समयको सदुपयोग गर्न साथीभाई खोज्ने...अझ केटीहरु खोज्ने र गफ गरी समय विताउन मा धेरै प्रचलित पो भएछ फेस बुक भन्ने लाग्यो । फुर्सदमा भएकाहरुका लागि त त्यो पाच्य पनि होला तर झापाका कलेज पढाउने केही शिक्षक र इलाम तिरका उनको प्रोफाइल हेर्दा एकजना साहित्यकार जस्ता र समाजका अग्रज जस्ता लाग्ने भित्र भित्र अभद्र भएका त्यस्ताहरुको facebook मोह पाच्य हुँदैन....गफ गफै मा I Love You  भन्ने... . तिमी त Sexy रहेछौं, आउ यतै तिर भन्ने त्यस्ता अग्रज भनाउँदाहरुले गरेको Facebook Chat  १–२ मसँग अर्झै संरीक्षित छन् । 
अन्तमा ः मैले आफ्नो फेसबुकको नाम परिवर्तन गरि केटीको नाम राख्नु र त्यसबाट गफ गर्नु भनेको पनि साइबर अपराध अन्र्तगत पर्दछ र मैले त्यो अपराध गरेको छु । म केटी हुँदा मसँग गफ गर्ने, I love you  भन्ने,Sexy भन्ने, बोलाउने सबैले यो पढिरहनु भएको छ भने माफ गर्नुहोला । तर एउटा विन्ती छ । फेसबुकलाई दुरुपयोग नगरीदिनुहोला .. यसलाई informatics बनाउँदा सिक्ने ठाउँ प्रशस्तै छन् World का हरेक चिज Online  बाट सिक्न सकिन्छ । त्यसकारण फेसबुक भनेको केटीसँग गफ गर्ने मात्र नबनाउँ... केटीको Add देख्यो कि add गर्ने बानी भन्दा पनि चिनेका लाई मात्र add गर्ने बानी बसालौं....facebook भनेको केटीसँग गफ गर्ने साधन बनाइरहनु भएका तपाईहरु जस्ताले गर्दा दुरुपयोग हुन जाने हुनाले विन्ती छ त्यसो नगरौं...facebook लाईinformatic बनाउने अभियान चलाऔं.... आफ्ना कुरा राखौं....विचार राखौं....लेख्ने बानी गरौं....नत्र  Republic of China, Vietnam, Iran, Uzbekistan, Pakistan Syria, and Bangladesh जस्तै नेपालमा पनि facebook बन्द नहोला भन्न सकिन्न....

Hari Dahal


Monday, January 31, 2011

शान्ती प्रक्रिया र हाम्रो दायित्व

बहुदलीय व्यवस्थामा  हरेक व्यक्ती कुनै न कुनै राजनीतिक पार्टीको –नेता हुन्छ,संगठीत सदस्य हुन्छ, वा पार्टीप्रति आस्थावान हुन्छ । यस्तो बेलामा तपाई जो कोही पनि सरकारी जागिर खानु हुन्छ ? तपाई कुनै न कुनै पार्टी  प्रति वफादार त पक्कै हुनुहुन्छ ? अझ २०४६ साल पछि त झन पार्टीका टिके हरु ले नै धेरै जागिर खाएको उदाहरण छँदैछ । विस्तारै के हुन्छ ? सरकारी जागिरमा पनि राजनीतिक पार्टीहरुको झुण्ड जन्मन्छ । जब तपाईहरु कोही पनि राजनीतिको आडमा वा सोर्सफोर्समा जागिर खानु हुन्छ भने त्यसमा फोरमले खान पाउने की नपाउने, कांग्रेसका ले खान पाउने की नपाउने, एमालेकाले खान पाउने की नपाउने ? माओवादीकाले खान पाउने की नपाउने ? अब विचार गरौं यसरी जागिर खाएकाहरु मध्ये नेपालका सरकारी जागिरमा कुन पार्टी कति जना मान्छे सरकारी जागिरे होलान ? अन्दाज गरौं नेपाली सेनाको , नेपाली सेना लगभग १००००० जना छन् ति  मध्ये कांग्रेसको भागमा अलि धेरै लगभग ३५००० किनकी कांग्रेसले सोर्सफोर्समा सरकारी जागिर ख्वाउनमा अलि बडी माहिर छ, दोस्रोमा एमाले ३००००, अन्य सरकारी जागिरे मध्ये धेरै एमाले भए पनि नेपाली सेनामा यसको पकड अलि कम होला । अन्य पार्टीको सोर्सफोर्समा जागिर खाए पनि माओवादी छिरेका लगभग १५०००, फोरम, तमलोपा गरी  १०००० र अन्य गरी १०००० होलान । 

अब विषय बदलौं ः सशस्त्र द्धन्द्धबाट नेपालमा भएको परिवर्तन नौलो परिवर्तन हो । यो परिवर्तनलाई विश्वले मान्यता दिईसकेको छ र अझ पुँजीवादी राष्टहरु र कम्युनिष्ट विरोधीहरु जो रसियाको पतन र पेरु सरकारको बदनामी  र मदन भण्डारीको हत्या पछी  अब कम्युनिष्टहरु विश्वबाट लोप भइसके भन्ने ठान्दथे तिनीहरुलाई नेपालीको सशस्त्र द्धन्द्धबाट डर र त्रास उत्पन्न गराएको छ किनकी  फेरी हिमालयमा कम्युनिष्ट उदाउने भयो र यसले पुँजीवादीहरुको एउटै मात्र नारा ः ‘कम्युनिष्ट हरु एकदलिय शासन पद्धती अपनाउछन् निरकंकुश हुन्छन र व्यक्तिगत स्वतन्त्रता दिँदैनन्, व्यक्तिगत सम्पत्ति राख्न दिँदैनन्’ लाई त मदन भण्डारीको बहुदलीय जनवादले नै दागबत्ति दिइसकेको थियो अझ अबको लगभग ५ वर्ष मै विश्वको शक्तिशाली राष्ट्र हुन गइरहेको चिनले पनि व्यक्तिगत सम्पत्तिको मान्यता दिइ सके पछि ति कुरा झुटा सावित भए र विश्वमा कम्युनिष्ट प्रति आस्थावान समूह बढ्न थाले र यसबाट पाठ सिक्न थाले जस्तो कि नेपालमा माओवादी ले उठाउँदै आएको महिला आरक्षणको कुरालाई  संसदमा पास गर्नु र यसको सिको भारतले गर्दै भारतमा पनि ३३ प्रतिशत महिला आरक्षण राख्नु ले त झन दक्षिण एसियामा कम्युनिष्टहरुको विचार गाढा हुँदै गएको झल्को दिन्छ ।

यसरी  विश्व इतिहासमा एउटा नमुनाको रुपमा स्थापित हुँदै गएको नेपालको सशस्त्र द्धन्द्ध र शान्ति प्रक्रिया पछि उठेका कुराहरुलाई औलो ठ्ड्याउने ठाउँ नभए पनि यसलाई असफल पार्न विभिन्न शक्तिगुटहरु लागिरहेका छन् । किनकी नेपालमा वर्तमान शान्ति प्रक्रिया टुङ्गिीनु भनेको कम्युनिष्टहरुको राज हुनु हो भन्ने बुझेका कतिपय छिमेकी र पुँजीवादी शक्तिहरु इसलाई फेल गराउन लागेका छन् । तर शान्ति प्रक्रिया ट्ङ्निु भनेको कम्युनिष्ट मात्रै होइन नेपाली जनताको हित हुनु हो र नेपालको हित हुनु हो ।

नेपालमा राजनीतिक पार्टीको स्थापना पछि पार्टीहरुले  गरेका क्रियाकलापहरुमा सबैपार्टीहरुले कुनै न कुनै बेलामा हिंसाको बाटो लिएको प्रस्टै छ । त्यसमा झापा विद्रोह प्रमुख रहेको छ जसमा पुँजीपतिहरुको टाउको काट्ने नारा लिएर अगाडी बढेको थियो र ५ जनाँ त्यतिबेलाका सामन्तहरुलाई हत्या गरिएको थियो । त्यसको लगत्तेै पछि नेपाली काँग्रेसले सुरु गरेको दुस्मन सफाया कार्यक्रममा धेरै कम्युनिष्टहरुलाई सरकार विरोधीका रुपमा दर्शाउँदै र सुराकी गर्दैै पक्डन मद्धत गर्ने देखि लिएर हवाइजहाज अपहरण गर्ने जस्ता क्रियाकलपा भए । त्यसपछिको जनमत संग्रहमा नीलो रंगको हार भएकाले ४६ साल सम्म भुमिगत राजनीति गरेका पार्टीहरु बल्ल एकजुट भएर आन्दोलन सफल पारे केहीले त्यो आन्दोलन धोका हो भन्ने ठानी त्यहि रात मसाल जुलुस गरी त्यसको विरोध गरे पनि मुख्य पार्टीहरुको समर्थनमा केही अधिकार सहितको प्रजातन्त्र भित्रीयो । तर जब मदन भण्डारीको उदय भयो र विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ बाटो देखाइदिए, तब मदन रहे कम्युनिष्ट रहन्छ भन्ने ठानी कम्युनिष्ट विरोधीहरुले केही पार्टी भित्रैका  साथीहरुको हात लिई हत्या गराए (पार्टीका र देशभित्रका व्यक्तिहरुको संलग्नता नभए किन ड्राइभर लामा पक्राउ परेनन, उनलाई राम्ररी सोधखोज गरेनन् र पछि उनकै हत्या गरियो किनकी सबै कुरा उनलाई त थाहा थियो.....किनकी पोखरामा उनी ३ घण्टा हराएका थिए...हत्याराको योजना बुन्नलाई) मदन भण्डारीको हत्या पश्चात फेरी अर्को रुपमा जन्मीएको कम्युनिष्ट हरु नै अहिलेका माओवादी हुन् । 

द्धन्द्धको सिद्धान्त र राज्यको दायित्वः एउटा सत्य कुरा ‘द्धन्द्धले सैनिकीकरण तिर प्रेरित गर्छ, जब सैनिकीकरण हुन्छ तब भिडन्तको स्थिति आउँछ र जब सैनिकहरुको भिडन्त हुन्छ जब प्रायः सोझा सिधा जनता त्यसमा पर्छन, धेरै सोझा सिधा जनताको बलिदानी हन्छ, यस्तो बेलामा द्धन्द्धरत पक्षले यसलाई मध्यनगर गरी अघाडी बढ्न सके मात्र अघाडी बढ्न सकिन्छ’ लाई राज्यका कुन पक्षले धेरै अंगिकार गर्यो भन्ने तपाईलाई लाग्छ ? भने निष्कर्ष निकाल्नुस, द्धन्द्धका अवस्थामा वेपत्ता पारिने शक्तिमा नेपाली सेनाको संख्या धेरै बढी छ । नेपाली सेनाले वेपत्ता पारेका नागरिकहरुको संख्या कम हुनुपर्नेमा धेरै गराएर राज्यको दायित्व पुरा गर्न अलि पछि परेको छ किन की द्धन्द्धका माथिको सिद्धान्त राज्यले अबलम्बन गरेन । तर द्धन्द्धमा राज्यको दायित्व धेरै रहने कुरालाई सबैले स्वीकार्नु पर्छ त्यसैले राष्ट्रियतालाई मध्यनगर गरेर द्धन्द्धरत पक्षलाई द्धन्द्धबाट बाहिर निकाल्नु पर्छ । उक्त प्रक्रियाले धेरै अगाडी बढी सकेको र लगभग शान्ति पूक्रिया टुङ्गोमा पुग्न लागिरहेको अवस्थामा राज्य र द्धन्द्धरत पक्ष माओवादीबीच शान्तिप्रक्रियामा आउँन गरेका सम्झौताहरुको पूर्ण पालना गर्नु गराउनु पर्छ ।

सेना समायोजनः द्धन्द्धरत पक्ष विच भएको शान्ति सम्झौता, राज्यले बहन गर्नु पर्ने दायित्व र राष्ट्रियता माथि ध्यान दिँदा दिँदै पनि सेना समायोजनको विषयलाई अगाडी ल्याएर घोचे थाप्नु कत्तिको जायज हुन्छ । माथि भनिए झै कांग्रेस, एमाले, फोरम आदीका एक एक गरी सेनामा भेला भएका संख्याले राजनीतिक गर्दैन भन्ने तपाई मान्नु हुन्छ ? नेपाली सेना भित्र रहेका कांग्रेस, एमाले फोरम का कार्यकर्ताले भोली राजनीतिक गर्दैनन भन्ने विश्वास तपाईमा छ । तर शान्तिप्रक्रियामा आउने माओवादीका जम्मा १५ हजार ले चाहि नेपाली सेनामा प्रवेश गरेर राजनीति गर्छन भन्ने भ्रममा तपाई पर्नु हुन्छ भने त्यो सरासर मनोगत हो र शान्ति सम्झौता विपरित हो । माओवादीका सेनालाई नेपाली सेनामा गाभेपछि माओवादीका सेना पनि त नेपाली सेनाको कानुनको दायरामा आउने भए र उनीहरुलाई नेपाली सेना भित्र राजनीति गर्न छुट त पक्कै हुँदैन । उदाहरणको रुपमा गत वर्ष नेपालगञ्जमा भएको सैनिक विद्रोहमा सहभागी सबैलाई कारवाही भयो भने भोली प्रवेश गरेका माओवादी सेनाले पनि त राजनीतिक गर्यो भने वा विद्रोह गर्यो भने कारवाही गर्ने शक्ति नेपाली सेना मा त छ नी त । तपाईका भाइ भतिज जो नेपाली सेनामा छन्् तिनीहरु पनि त नेपाली सेनामा भर्ना हुनु भन्दा पहिले कुनै पार्टीको झण्डा बोकेकै थिए तर सेनामा प्रवेश गरे पछि किन बोकेनन भन्दा त्यहाँ भित्र पाइँदैन । गरे कारवाही  हुन्छ त्यसको पनि नियम छ, कानुन छ । त्यो कानुन तपाईको भाई भतिज मा लागु हुन्छ भने माओवादीबाट प्रवेश गरेकामा चाँहि लागु हुँदैनन् ? त्यसकारण शान्तिप्रक्रियालाई अगाडी बढाउनका लागि माओवादी सेनाको घोचे थाप्नु हुँदैन उनीहरुलाई विधि संगत ठंगले समायोजन गरिनु पर्छ र सेनाभित्र प्रवेश गरेपछि कुनै राजनीतिक सक्रियता देखाए कारवाही गरिनु पर्छ भन्ने मान्यता चाँहि ठुलो हो । त्यसकारण यो मान्यतालाई अगाडी बढाएर शान्ति सम्झौता र प्रक्रियालाई अगाडी बढाउनु पर्छ । देशले निकास पाउनु पर्छ र जनताले राज्यको सुखः सुविधा भोग गर्नु पाउनु पर्छ त्यो आम जनताको अधिकार भित्र पर्छ । 

Friday, December 31, 2010

सुन्दरी प्रतियोगीता र सुन्दरीहरु

माघ महिना सुरु हुनै लागि सक्यो । यसपाली पनि सधैं झैं आफ्नो प्रोडक्टको मार्केटिङ गर्न विज्ञापन एजेन्सीहरुले युवतीहरुलाई सुन्दरी प्रतियोगिताको नाममा नग्याएर उनीहरु मार्फत आफ्नो बजार विस्तार गर्न खोजीरहेका छन् । त्यसका लागि युवतीहरुको होड नै चलिरहेको छ । शहरभरि युवतीहरुमाझ त्यसैको चहलपहल छ । उनीहरु विभिन्न संघसंस्थाले आयोजना गरेको मोडलिङ्ग प्रतियोगितामा सहभागि भै आफुलाई योग्य  बनीरहेको महशुस गरिरहेका छन् । त्यस भन्दा पनि माथि विभिन्न फेसन डिजाइनरले तयार पारेको टु पिस सम्मको कथित फेसनको पहिरनमा आफुलाई नग्याईरहेका छन् अनि आफ्ना अभिभावक र समाजलाई भनिरहेका छन् ‘यो हाम्रो क्षमता प्रदर्शन गर्ने ठाउँ हो, यसबाट हामीलाई हाम्रो क्षमता प्रदर्शन गर्न मोैका मिलिरहेको छ’ ।

गत वर्षको यस्तै प्रतियोगितामा सहभागी भएका अनि विजयी युवतीहरुले एकै स्वरमा भनेका थिएः युवतीहरुको क्षमता प्रदर्शन गर्ने यो एउटा ठूलो ठाउँ रहेछ । हामीले यहाँबाट धेरै कुरा सिक्यौ । कसरी बोल्ने, कसरी खाने, कसरी हिड्ने आदि । त्यस भन्दा ठुलो कुरा हामीमा यसले नयाँ कन्फिडेन्ट थपेको छ आदि आदि । 

अभिभावकले उनीहरुको कुरा पत्याइदिन्छन् तर समाज उनीहरुको अभिभावकको सोचाई जतिको मात्र छैन समाज त्यस भन्दा पनि धेरै माथि छ, त्यसैले समाजले उनीहरुलाई प्रश्न गर्छ, के तिमीहरुले यस भन्दा अघि नेपाली परिवेशमा वसेर बोल्न, खाना खान, हिड्न जानेका थिएनौ । कि तिमीहरुलाई घरमा ति सब कुरा सिकाईदैन ? के तिमीहरुले त्यहाँ गर्ने सुगा रटाई अभिनय नै नेपाली परिवेशको यथार्थ हो त ? के तिमीहरुले त्यस प्रतियोगीतामा गर्ने अंग प्रदर्शन पनि क्षमता प्रदर्शन नै हो । अथवा त्यो तिमीहरुको कामुकता प्रदर्शन हो ? अंग प्रदर्शन, टु पिस, अनि कम्बर मर्काएर हिड्दैमा क्षमता प्रदर्शन हुन्छ ? के, तिमीहरुलाई थाहा छ कुनै प्रोडक्टको मार्केटिङ गर्ने तिमीहरुलाई साधन बनाईदैछ ? अनि तिमीहरु त्यसैलाई क्षमता प्रदर्शन गर्ने ठाउँ भनिरहेका छौ ।, के तिमीहरुलाई नेपाली शहर भन्दा बाहिरी गाउँले युवतीहरुको यथार्य थाहा छ ? तिनीहरुले कति पढ्न पाएका छन् कति हिड्न पाएका छन् ? तिनीहरु कसरी खान्छन्, कति खान्छन, के के खान्छन् अनि तिनीहरुको दिनचर्या के तिमीहरुको जस्तै ठुल ठुला रेष्टुरेण्ट, डिस्को थेक, फेसन सो, अंग प्रदर्शन मा वित्न पाउँछ ? तिनीहरु तिमीहरु जस्तै अंगप्रदर्शन गर्न मन पराउँछन् ?

यी सब प्रश्नको फेरी पनि उत्तर एउटै हुन्छ । यसले हाम्रो क्षमता प्रदर्शन गर्ने मौका दिएको छ । हामीले हाम्रो क्षमता प्रदर्शन गर्न पाउने की नपाउने ? अझ उनीहरुको उल्टो प्रश्न समाज तर्फ फर्किन्छ । 

फेरी पनि नेपाली समाज ती युवतीहरुको उत्तरमा सहमत छैनन् । उनीहरुलाई राम्ररी थाहा छ सुन्दरी प्रतियोगिता गराउने र त्यसमा सहभागी भएका २÷४ सय सहभागीहरुले बनाएको २÷४ सय प्रश्न उत्तर नै त्यस प्रतियोगितामा सोधिन्छ र स्टेजमा त्यही रटेको प्रश्न उत्तरलाई नै प्रस्तुत गरिन्छ । हो उनीहरुले त्यस कार्यक्रममा राम्रा उत्तर दिन्छन् र दिएका पनि छन् तर अन्य सार्वजनिक स्थलमा ति युवतीहरुको स्थान के छ के हुन्छ ? आदि कुराहरु केलाउँने हो भने १÷२ जना भन्दा माथि कोही पनि सार्वजनिक हैसियत बनाएका वा स्टेशमा दिएका उत्तरहरु कान्वर्यन्य गर्ने खालका छ्रैनन । यसको उदारहणको रुपमा विगतका सुन्दरीहरुले दिएका बाहिरी अभिव्यक्तिबाट नै स्पष्ट हुन्छ । 

अझ भन्ने हो भने सुन्दरी प्रतियोगिताका सहभागी सून्दरीहरु कै मतमा पनि यो उनीहरुका लागि वर खोज्ने एउटा राम्रो विज्ञापन हो । अहिले सम्मका नेपाल सुन्दरीहरु मध्ये धरैले आफस ससन्दरी छानिएर नै राम्रा वर पाएर घरजम गरेर बसेका छन् । बाँकी भने यसैलाई माध्यम बनाएर ल्न्इ, क्ष्ल्न्इ मा जागिर खान सक्षम भएका छन् ।

 यी सब कुरा पुँजीवादी समाजबाट आएका हुन् अनि पुँजीवादीहरुले आफ्नो पुँजीलाई बजार दिन यस्तै खाले अनेकौ बहाना बनाएर उनीहरुको शरिर देखाएर आफ्नो बजार बढाउन चाहन्छन् र बढाई रहेका छन् ।

तिनीहरुको कुरामा विश्वास गर्ने आधार नेपाली समाजमा छैन । यस्ता कथित प्रतियोगितामा भाग लिने करिब दुई तीन सय आधुनिक युवतिहरु जो सुन्दरी प्रतियोगितालाई क्षमता प्रदर्शन गर्ने थलोको रुपमा लिन्छन जसलाई नेपाली युवतीहरुको कुल जनसंख्यासँग हेर्ने हो भने पनि लगभग .००३ प्रतिशत हुन आउँछ । त्यसकारण पनि नेपाली समाजमा चलेको स’न्दरी प्रतियोगिता उपय’क्त ह’न सक्दैन भन्ने ठम्याई मेरो छ । यसका तपाईहरुको मत के छ ? मलाई थाहा छैन । तर लाग्छ समाजको अध्ययन गर्ने सबैले यसलाई नकारछन नै ।

Hari Dahal
Dhulabari