Showing posts with label संगित. Show all posts
Showing posts with label संगित. Show all posts

Friday, November 26, 2010

संगित


धर्मेन्द्रका गितहरुको संगालो उद्गार बजारमा



गितकार धर्मेन्द्र खड्काले कतारको दोहामा बसी रचना गरेका गितहरुलाई एल्बमको रुप दिँदै राज प्रोडक्सनले धर्मेन्द्रका गितहरुको संगालो उद्गार बजारमा ल्याएको छ । यहि मंसिर ४ गते राज प्रोडक्सनले उक्त उद्गार एल्बमको विमोचन प्रज्ञा प्रतिष्ठानका कुलपती बैरागी काइलाबाट गराएको छ । उक्त कार्यक्रममा बरिष्ठ संगितकार टिका भण्डारी, त्रिभुवन युनिभरसिटी करीकुलम डेभलपमेन्ट का निर्देशक केशव श्रेष्ठ, गायक संघका अध्यक्ष तथा गायक रामकृष्ण ढकाल, बरिष्ठ गितकार तथा समालोचक रमण घिमिरे लगायतको प्रमुख आतित्य रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अतिथीहरुले खाडीको बर्बर भुमिमा बसेर पनि भाभुक गितहरुको रचना गर्ने गितकार धर्मेन्द्रको सबैले खुलेर तारिफ मात्रै गरेनन् उनलाई नायकको पनि संज्ञा दिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गितकार धर्मेन्द्रले सुझाव सल्लाह दिने सबैलाई धन्यवाद दिँदै आगमी दिनमा पनि संगीत क्षेत्रमा लागि रहने प्रण गरे र उक्त एल्बमबाट आएको पैसा धुलाबारी क्याम्पसलाई हस्तान्तरण गर्ने कुरा सार्वजनिक गरे उहाँको उक्त कुराले कायृक्रम तालिले गढगढाहट भएको थियो । हेरौ अबः आउने दिनमा उहाँले संगीत क्षेत्रलाई र उहाँले प्रण गर्नु भएको धुलाबारी क्याम्पसलाई सहयोग गर्ने कुरा कतिको लागु गर्नु हुन्छ ? सबैको चासोको विषय बनेको  छ ।

धीरज राईको उत्कृष्ट तीन




१. नेताः अब्राहम लिंकन, महात्मा गान्धी, मार्टिन लुथर किङ।

२. उद्योगपतिः बिल गेट्स , मुकेश अम्बानी, वसन्त चौधरी।
३. ऐतिहासिक पात्र : बुद्ध, अरनिको, भृकुटी।
४. फिल्म निर्देशक : जेम्स क्यामरन, ओलिभर स्टोन, स्टिभन स्पिलबर्ग। 
५. साहित्यकारः हेरियट बिचर स्टोय, जोनाथन स्विफ्ट, सिल्भिया प्लाथ। 

६. मिस नेपालः माल्भिका सुब्बा, झरना बज्राचार्य, रुबी राणा। 
७. खेलाडीः संगीना वैद्य, थानेश्वर राई, बैकुण्ठ मानन्धर। 
८. हिरोः अल पाचिनो, राजेश हमाल, ब्राड पिट। 
९. हिरोइनः जुलिया रोबर्ट्स, एन्जलिना जोली, डेमी मुर। 
१०. भगवानः बुद्ध, महादेव, ब्रम्हा। 
११. गायकः ओमविक्रम विष्ट, बच्चु कैलाश, माइकल ज्याक्सन। 
१२. नारी व्यक्तित्वः मदर टेरेसा, पारिजात, झाँसी की रानी। 
१३. संगीतकारः गोपाल योन्जन, बिटल्स, माइकल ज्याक्सन। 
१४. गायिकाः अरूणा लामा, सुक्मित गुरूङ, रिहाना। 
१५. पौराणिक पात्रः भीष्म, कृष्ण, अर्जुन। 
१६. सुपरहिरो : सुपरम्यान, ब्याटम्यान, स्पाइडरम्यान। 
१७. गीतकारः भूपि शेरचन, गोपाल योन्जन, सरुभक्त। 
१८. म्युजिक ब्यान्डः द हिमालयन्स, दि डोर्स्, स्कोर्पियन। 
१९. आध्यात्मिक गुरुः रामदेव, ओशो, साइबाबा। 
२०. वैज्ञानिकः अल्बर्ट आइन्स्टाइन, थोमस एडिसन, म्याडम क्युरी