Showing posts with label मैले देखेको. Show all posts
Showing posts with label मैले देखेको. Show all posts

Thursday, March 15, 2018

बिकास निर्माणमा ठेकेदारी प्रथा

मेचिनगरमा राजनितिकाे कुरा छाेडाै विकास निर्माणमा समेत ठेकेदारि पाेष्ने काम सुरुवात भएकाे छ त्याे बन्द गर, विगतमा जनप्रतिनिधि नहुदा कर्मचारी मात्र भएकाे अवस्थामा नेपाल सरकारले स्थानियलाई सहभागी गराउन ल्याएकाे ३०% सहभागिता पहिलेनै फेल भएकाे अवस्थामा फेरि विकास निर्माणमा ३०% स्थानियले हाल्नु पर्ने नियमले गरिव वस्ति, गाउँ, समुदायमा कसरि काम हुन सक्छ ? के यसरी सुकुम्वासि बस्तिहरुमा काम हुन सक्छ ? उनिहरुले ३०% पैसा लगाउन सक्छन ? धनी बस्तिमा समेत त्यसरि काम हुन्छ ? हुदैन अब ठेकेदार अाउछ, ठेकेदारले ३०% पैसा लगाउछ र उपभाेक्ता ठेकेदारलाई काम लगाउन बाध्य हुन्छन, र जम्मा बजेटकाे ५०% काम पनि हुदैन यस्ताे माेडल अपनाउने बुद्दि जनताकाे पक्षमा लागाेस । एमालेकाे बहुमत भएकाे दम्भ देखाएर अाफ्नाे फाईदामा हाेईन जनताकाे पक्क्षमा काम गर्न त्याहा पाटिले पठाएकाे हेक्का हाेस, सकिएन, सकिँदैन भने बुद्दि भएका बुद्दिजिवि नेताहरु हुनुहुन्छ सरसल्लाह गरेर अघि बढे एमाले काे अाेज बढ्छ, निर्णयमा जानु अघि बैठक स्थगित गरेरै भएपनि सरसल्लाह गरे, पाटिमा छलफल गराए जानकारि गराए के हुन्छ ? अब सकिँदैन भने एमालेका जनप्रतिनिधिहरुले राजिनामा गरे बेस हुन्छ पाटिकाे बदनाम त हुदैन

Wednesday, January 12, 2011

परीक्षा नियन्त्रण कार्यालय बल्खुको नियती































नेपालको सवभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालय बल्खुको प्राय सबै कोठा र झ्यालमा यस्ता सुचनाहरु टाँसिएको सबैले देख्न सकिन्छ । त्यहाँ राखिएको यस्ता सुचनाले विद्यार्थीले कर्मचारीले कति धेरै काम गर्छन र के के गर्छन भन्ने कुरा छर्लङ्ग पार्छ । पौष र माघ १५ सम्म नेपाल सरकारले सरकारी कार्यालयको समय १०–४ तोकेको छ । नेपाल जस्तो अति गरिवको सुचिमा पर्ने गइरहेको देशले धेरै भन्दा धेरै काम गर्नुको साटो सरकारी कर्मचारीको कार्य समय यसरी घटाउँदा पनि हामीले बोल्ने ठाउँ छैन ? भए पनि कसले बोल्ने ? कसरी बोल्ने ? किन बोल्ने ? भन्ने धेरैलाई थाहा नै छैन र यो यर्थाथ पनि हो । तर सरकारी कर्मचारी हामीले तिरेको तिरोबाट तलब खान्छन भन्ने जानकारी सबैलाई हुनु आवश्यक छ र त्यसको सट्टा उनीहरुले समयमा र तोकेको समय भरी काम गर्नु पर्छ र हामी जस्ता सोझा जनतालाई समयमा काम गरी सहुलियत दिनु पर्छ । तर समय उल्टो छ, अहिले जो सुकै बल्खु जाओस उसले भोग्नु पर्ने यथार्थ अलग्गै छ । कार्यालय समय १० बजे हो...... तर १०ः३० भन्दा अगाडी कोही पनि अफिस भित्र छिर्दैन । उनीहरु कार्यालय १० बजे पुग्छन पुग्दैनन् ? यो त थाहा छैन र खोजी गर्ने निकाय अलग्गै होला ? तर कार्यालय आएकाहरु पनि समुहमा १०ः३० बजाउन बाहिर घाम तापेर बसिरहेको  देख्न सकिन्छ । म एउटा ट्रान्सिकिप्टको कामले बल्खु जाँदा आज भोगेको कुरा हो यो । सेकुरिटि गार्ड जस्ता लुगा लगाएकाहरु पनि गू्रपमा बसेर गफ गरिरहेका थिए, १०ः२५ मिनेटमा उनीहरुलाई फर्म लिनुथियो भनेर जानकारी माग्दा १०ः३० बजे भनेर जानकारी  दिए । अफिस समय १० बजे होइन भनेर २–३ जनाले भन्दा हामीलाई १०ः३० बजे देखि मात्र दिनु भनेर अर्डर छ भन्ने जानकारी गराए । ट्रान्सकिप्ट पाउने रुम नं. ७ मा जाँदा बाहिर बसेकी (सायद बाहिर रेखदेख गर्ने गार्ड) महिलाले ऊ पर हेर्नोैस न घाम तापेर बसेका छन् उनीहरुलाई भन्नुस भनेर जानकारी गराइन । घाम तापेर बसेका ति महिला कर्मचारीहरुको फोटो पनि तपाईले माथि देख्नुहुनेछ । म ती ग्रुप भए ठाउँमा गएर  सात नं. कोठाको को हुनुहुन्छ भनेर ‘अफिस समय १० देखि होइन ?’ भनेर प्रश्न गर्दा तेत्रो झ्यालमा देख्नु भएन भनेर जवाफ आयो ? र मैले फोटो खिचेको देखेर महिला हरु बल्ल आफ्नो कोठा तिर लागे । यो त एउटा सानो पाटो मात्रै हो, जनतालाई यसरी सास्ती हुने काम गर्ने नेपाल सरकारको कर्मचारी कति होलान र तिनीहरुका हाकिम को  होलान ? हाकिमले यस्तो कुराको ख्याल गर्छन गर्दैनन् ? यसको पूत्युत्तर कसले दिन्छ ? तपाई हामीले यसको लागि खोजी गर्ने कि नगर्ने आदी मनमा अनेको प्रश्न मेरो मनमा खेली रह्यो ? बल्खुको त्यो सबैको झ्यालमा राखेको सुचनाबाट कर्मचारीले कति समय काम गर्छन भन्ने कुरा प्रमाणीत गरेको छ जसलाई तल देखाइएको छ ः
पौष र माघ १५ सम्म काम गर्ने समय ः १० देखि ४ बजे (जम्मा ६ घण्टा)
कर्मचारी कार्यालय छिर्ने समय ः १०ः३० (यसो गर्दा काम गर्ने समय ५ः३० घण्टा)
खाजा समय ः १ः३० देखि २ः१५ सम्म (यति बेला पनि २ः३० बजे सम्म प्राय कर्मचारी बाहिरै देखिन्छन) ४५ मिनेट खाजा खाने समय मा १ घण्टा विताउँछन् ।
माथिको समय तालिकाले बल्खुका कर्मचारीले दिनमा काम गर्ने समय ः जम्मा ४ः३० घण्टा (चार घण्टा ३० मिनेट) हुन आउने, जनताको सेवकको रुपमा काम गर्ने र सरकारी तलब खाएर बस्ने त्यस्ता कर्मचारीले दिनमा ४ः३० घण्टा काम गरे पछि नेपालको सबभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रक कार्यालय कहिले उभो लाग्ला खै ?