२ हजार १० वर्ष अगिाडी क्रिश्चियन धर्मको उत्पत्ति भएको हो । येशु क्रिष्टको जन्मबाट नै क्रिश्चियन धर्मको उत्पत्ति भएको हो । येशुको उपदेश भनेकै बाइबल New Testament हो क्रिश्चियनको धर्मग्रन्थ हो । बेथलेहेममा जन्मेका येशु को बाबु जोसेफ सिकर्मीकाम गर्थे, माताको नाम मेरीथियो । चौध वर्षको उमेरमा येशु घरबाट भागेर केही व्यापारीका साथ भारत आए (त्यति खेर भारतमा व्यापारीहरुको धेर्रै चहलपहल थियो जसको प्रमुख कारण गंगा र ब्रम्मपुत्र नदीहरुमा पाइने रुग्बी, मोतीहरु र अमुल्य खजनाहरुको स्रोत थियो) त्यतिखेर येशुले भारत तथा नेपालका धेरै ठाउँ पर्वतमालाहरुमा भ्रमण गरी बौद्ध धर्म र हिन्दृुधर्मका बारेमा अध्ययन गर्ने मौका पाए । कम्तिमा १४ वर्ष अध्ययन पश्चात –बाइबलमा १४ वर्षको जीवनकथा भेटिदैन, त्यति खेर येशु भारत, र नेपाल आएका र हिन्दु धर्म बेद, बेदान्त तथा बौध धर्मको अध्ययन गरेका, त्यो उल्लेख गरे येशु धर्मको अस्तित्व संकटमा पर्ने भएकोले यो उल्लेख नगरिएको) (किनभने येशु भन्दा पाँच सय वर्ष अगाडी बुद्ध जन्मिएका र बुद्ध भन्दा करिब २५०० वर्ष अगाडी भगवान कृष्ण र त्यसभन्दा हजारौ वर्ष अगाडी देखि हिन्दुधर्मको प्रचलन रहेको बाट यो कुरा प्रमाणित हुन्छ ) इजरायल फर्के पछि यहुदी धर्मनेताहरुलाई हिन्दुधर्म र बौद्ध धर्मबाट सिकेर आएको कुरा बताउन थाले र आफुलाई त्यसको सबै ज्ञान भएको कुरा गर्न थाले पछि उनी इजरायलमा प्रख्यात भए । यहुदीहरुलाई येशुको त्यो कुरा मन परेन र तत्कालिन इजरायली रोमियो सरकारसमक्ष बुझाए । यहुदीहरुको सबैधन्दा ठुलो मन्दिर साइनागग का पुरोहित शक्तिशाली थिए, येशुको प्रचार प्रसारले उनको प्रचार र शक्तिमा समेत आँच आउने ठानी प्लुटिनस पाइलेट गर्भनर कहाँ सुम्पिए र क्रुसमा झुण्डाएर मारिए । यहुदी शासनले येशुमरो भने पनि उनीलाई गाड्ने बेलामा ठुलो हावा हुण्डरी आएकोले अलि अलि छोपछाप पारी पुलिसहरु गएका र पछि येशु समाधिबाट फर्केर उठेका र उनका केही सहयोगी सहित हिमालय फेदी अहिलेको कास्मिरमा आएर त्यहि समाधि लिएको कुरा विभिन्न पुस्तकहरुमा उल्लेखित छ । भारतका सम्राट अशोकले येशु जन्मनु भन्दा करिब १५० वर्ष अघि बौद्ध धर्मबारे श्रीलंका, बर्मा, मध्यपुर्व सबैतिर प्रचार गरेकाले पनि बौद्ध धर्मबारेमा उनप्रति चासो थियो र नेपाल आएपछि भने हिन्दुधर्मप्रति झन अध्ययन गर्ने चासो बढ्यो। –जगन्नाथपुरमा बसेर येशुले हिन्दुधर्मबारे अध्ययन गरेको प्रमाण यथेष्ट भेटिएको छ, Jesus Lived in India नामक प्रसिद्ध पुस्तकमा पनि यो बारे प्रमाणहरु दिएका छन् ।
१८८७ मा चाइनाको तिब्बतको हेमिश भन्ने गुम्बाबा पाइएको हस्तलिखितपुस्तकमा येशुको बारेमा बाइबलमा उल्लेख गरिए अनुसार भएको र बाइबलमा उल्लेख नगरिएको १४ वर्ष येशु भारत र नेपालमा आइ हिन्दु तथा बौद्द धर्मको अध्ययन गरेका (Jesus Lived in India, p. 8,9,10) र पछि स्वदेश फर्कदा त्यहाँको शाशक ले क्रुसमा झुण्डाएर मारेको भन्ने उल्लेख छ ।
नेपाल र भारतमा सिकेको योगको शक्तिले येशुले आफु क्रुशमा झुण्डाइदा समेत कुनै दर्द महसुस गर्न सकेनन र उनी भारतीय गुरु चेतननाथका महान अलौकिक शक्तिले बाँचेको कुरा Jesus Livedn in India मा उल्लेख छ ।
1 comment:
okay Mr Hari Dahal (Respected Mama) i would like to thank you and also wanna know about more it.
Post a Comment