नेपाल र इस्ट–इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको पूवी सिमा मेची नदी कायम हुन गई मेची र टिस्टाबिचको पहाडी तथा तराई प्रदेश कम्पनीको अधीनमा गयो । नेपाल र कम्पनी सरकारबीच लडाइँ हुँदा अंग्रेजहरुले नेपालको अधीनमा रहेको सो भूभाग दिने भनी सिक्किमलाई वचन दिएका हुँदा मेची र टिस्टाबिचको समस्त पर्वतीय प्रदेश सिक्किमप्रति राजालाई हस्तान्तरण गरिदिए । उक्त कुरा सन् १८१७ फेब्रुअरी १० तारिखमा इस्ट–इन्डिया कम्पनी र सिक्किमबीच भएको तितलिया सन्धिको पहिलो धारामै उल्लिखित छ । त्यसपछि ७ अप्रिल १८१७ मा इस्ट–इन्डिया कम्पनीले मेची नदीपूर्व र महानदी बीचको समस्त तल्लो भूमि (तराई) एक सनदमार्फत् सिक्किमलाई प्रदान ग¥यो । यसको १८ वर्षपछि सन् १८३५ फेब्रुअरी १ तारिखमा सिक्किमप्रति राजाले ठूलो रंगीत नदीदेखि दक्षिण, बालासन, कहैल, सानो रंगीत नदीदेखि पूर्व तथा रङ्नो र महानदी नदीदेखि पश्चिमतर्फको समस्त भूमि इस्ट इन्डिया कम्पनीलाई उपहार दिए । वास्तवमा सिक्किमपति राजा चुंगफोदले बाध्य भएर यो क्षेत्र अंग्रेजलाई सुम्पेका थिए भन्ने कुरा ऐतिहासिक घटनाक्रमले देखाउँछ । नेपाल र सिक्किमबीच मेची नदी कुन हो भन्ने विवाद हुँदा यसको निरीक्षण गर्न अंग्रेजहरु मेची र सिद्धी नदीको शिरसम्म गएका थिए । त्यहाँबाट फर्कदा ती अंग्रेज अधिकृतले सुन्दर र स्वास्थ्यप्रद दार्जीलिङ क्षेत्र देखेपछि कम्पनी सरकारको अधिनमा यो क्षेत्र हुनुपर्छ भनी गवर्नर जनरल वेन्टिङलाई लिखित रुपमा सिफारिस गरे । अंग्रेज सरकारले ग्रान्टको सिफारिसअनुसार जसरी भए पनि यो क्षेत्र हात पार्ने दाउ ग¥यो र “साहेबहरुलाई त्यहाँ बसी स्वास्थ्यलाभ गर्न सुविधा होस् भनी मित्रताका नाताले गर्भनर जनरललाई दार्जीलिङ उपहारस्वरुप प्रदान गर्छु” भन्ने लालमोहर सिक्किमपति राजा चुंगफोदबाट लियो ।
सिक्किम महाराजाका प्रजा र अधिकारीहरुले गरेको लुटपाट र दुव्र्यवहारका साथै महाराजाको सोप्रतिको बेवास्ताले गर्दा बेलायत सरकार तथा सिक्किम सरकारबीच वर्षौंदेखि कायम रहिआएको सामञ्जस्य छिन्नभिन्न भएका कारण अन्ततः बेलायती सेनाले सिक्किमउपर आक्रमण गरेर विजय हासिल गरेको र तत्पश्चात् महाराजाले आफ्नो प्रजा र अधिकारीहरुले गरेको गल्ती अनुभूत गरी बेलायतसमक्ष खेद प्रकट गर्दै बेलायत र सिक्किमबिचको असमझदारी हटाउन र बेलायतसँग पुनः मैत्रीपूर्ण सम्बन्ध गाँस्न आफू सत्तामा रहुन्जेल प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्नु भएपछि दुवै पक्षबिच सम्पन्न भएको सम्झौता निम्नबमोजिम छ ः
१.बेलायत र सिक्किम सरकारबीच सम्पन्न सम्पूर्ण पूर्वसन्धिहरु अब औपचारिक रुपमा खारेज गरिएका छन् ।
२.बेलायती सेना अधीनस्थ सम्पूर्ण सिक्किमी भूभाग सिक्किमी महाराजलाई पुनः फिर्ता गरिन्छ र अबउप्रान्त दुवै राष्ट्रबीच शान्ति र सद्भाव कायम गरिनेछ ।
३.यस सन्धिमा हस्ताक्षर भएको १ महिनाको अवधिमा रिन्चिङपुङमा संचालित बेलायती सेनाद्धारा परित्यक्त सम्पूर्ण सार्वजनिक सम्पत्ति महाराजालाई फर्काइनेछ ।
४.सिक्किमको केही भूभात कब्जा गर्ने क्रममा सन् १८६० मा ब्रिटिश सरकारद्धारा भएको खर्च सिक्किम सरकारले तिर्ने विषयमा तथा सिक्किमका जनताले बेलायतका जनताको अपहरण र लुटपाट गरेबापत सिक्किम सरकारले दार्जीलिङस्थित बेलायतका अधिकारीहरुलाई क्षतिपूर्तिस्वरुप किस्तामा रु ७ हजार रकम बुझाउने सहमति जनाएको छ ।
1 comment:
aba jaagau purbeli janata ani nepali haru ani khoji garau gumeko eaitihasik bhumi ko.ani bujhane kosis garu sugauli sandhi ma vayeka kura haru..............
Post a Comment