काठमाडौँ, कात्तिक ३० - १६ औँ एसियन गेम्स अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले हङकङलाई आठ विकेटले पराजित गर्दै उपाधिको आशा कायमै राखेको छ। पहिलो खेलमा शनिबार जापानसित १० विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्न जरुरी थियो।
हङकङसँगको विजयपछि अब नेपालले फेरि जापानसँग बुधबार खेल्नेछ। यो खेलको विजयी टिमले पाकिस्तानसँग बिहीबार खेल्नेछ।
टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७२ रनमा सीमित पारेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालकी नेरी थापाले २५ बलमा चार चौका हान्दै सर्वाधिक २७ रन बनाइन्
No comments:
Post a Comment