Tuesday, November 30, 2010

हामीले राष्ट्रियताका लागि जान्नै पर्ने कुरा
सन् १९२३ को नेपालब्रिटेन सन्धि

Hamro Greater Nepal
नेपालब्रिटेनबीच सन् १९२३ मा भएको सन्धिमा ब्रिटेनले नेपाललाई एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा मान्यता प्रदान गरेको सुगौली सन्धिको समयदेखि सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह अगाडिसम्म ब्रिटिश भारतले नेपालमाथि पूर्ण विश्वास गरेको थिएन नेपालीहरुमा सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता गर्नुपर्छ भन्ने मानसिकता त्यसबखतसम्म पनि समाप्त भएको थिएन मौका पर्नासाथ  यो विषय फेरि उठ्न सक्छ भन्ने ब्रिटिशहरुलाई लागी नै रहेको थियो सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहलाई दमन गर्न जंगबहादुर राणाले गरेको सैनिक कारबाहीको सफलताले अंग्रेजहरु नेपालसँग खुशी भएका थिए पश्चिम तराई फिर्ता (सन् नोभेम्बर १८६०) हुनु यसको उदाहरण हो
ब्रिटेनी सरकार नेपाली सरकारबीच डिसेम्बर १८१५ मा सुगौली सन्धि भएदेखि अहिलेसम्म शान्ति मैत्री रहेकाले तथा सो मितिदेखि नेपाली सरकारले ब्रिटेनी सरकारप्रति सधैं यथार्थ मैत्री देखाएकाले तथा ब्रिटेनी सरकारले लगातार आफ्नो सदिच्छा नेपाली सरकारतर्फ देखाएकाले तथा दुवै देशका सरकारहरु आफ्नाबीच एक शताब्दीभन्दा बढी समयदेखि रहिआएको सुसम्बन्धलाई अझ सबल सुदृढ पार्न इच्छुक भएकाले यी दुवै अनुसन्धानकारी पक्षले नयाँ मैत्री सन्धि सम्पन्न गर्ने विचार गरी निम्न धाराहरुमा स्वीकृति जनाएका छन्
धारा महान् ब्रिटेनी तथा नेपाली सरकारबीच अनन्त शान्ति मैत्री हुनेछ दुवै सरकारहरु आन्तरिक तथा बाह्य दुवै प्रकारका एक अर्काका स्वतन्त्रता पारस्परिक रुपमा स्वीकार तथा सम्मान गर्न सहमत छन्
धारा दुवै देशबीच भएका सम्पूर्ण पहिलेका सन्धि, सहमति तथा दायित्वपत्रहरु १८१५ को सुगौलीको सन्धिसमेतलाई वर्तमान सन्धिले परिवर्तन गरेकोमा बाहेक पुष्टि गरिएको
धारा साझा सिमाना जोडिएका छिमेकी राज्यहरुसँग शान्ति मैत्रीपूर्ण सम्बन्ध दुवै राज्यका लागि सुरक्षित राख्ने कुरा दुवै अनुसन्धानकारी पक्षका हितमा भएकाले उनीहरु अबदेखि यस्ता राज्यहरुसँग भएको मतभिन्नता तथा भ्रमबाट आपसी मैत्री सम्बन्धमा आघात पु¥याउन सक्ने कुनै पनि कुरा एक अर्कालाई जानकारी गराउन तथा यस्ता मतभिन्नता भ्रम झिक्न पनि आफ्ना मध्यस्थरताबाट कार्य गर्न सहमत छन्
धारा प्रत्येक अनुसन्धानकारी पक्षले आफ्नो इलाका अर्को पक्षको सुरक्षाका उद्देश्यविपरित उपयोग हुनबाट पूर्व रोक गर्न आफूले व्यवहारिक ठानेका सबै उपाय लिनेछन्
धारा ब्रिटेनी सरकार तथा नेपाली सरकार बीच रहँदै आएको दीर्घकालका मैत्रीलाई दृष्टि दिंदै तथा यी दुवै देशबीच हार्दिक छिमेकीबापत सम्बन्धका लागि ब्रिटेनी सरकार नेपाली सरकारलाई ब्रिटेनी भारतबाट तथा मार्फत् अस्त्र, बारुद, यन्त्र, युद्धजन्य सामग्री अथवा भण्डार आफ्ना शक्ति तथा कल्याणका लागि चाहिने अथवा इच्छा गरिने कुरा ल्याउन÷दिन सहमत छन् तथा यो व्यवस्था ब्रिटेनी सरकारले नेपाली सरकारको इच्छा मैत्रीपूर्ण तथा भारत वर्षलाई यसबाट कुनै तात्कालिन खतरा छैन भन्ने कुरामा सन्तुष्ट भएसम्म यो सहमति लागू हुनेछ नेपाली सरकार यस्तो अस्त्र, बारुद इत्यादी नेपाल सरकारले अथवा कुनै व्यक्तिले सीमापारि निर्यात गर्ने छैन भनी सहमत तर अस्त्र व्यापार नियमित गर्ने कुनै कन्भेन्सनको ब्रिटेनी सरकार पक्ष भएपछि लागू भएमा अस्त्र बारुद नेपाली सरकारले आयात गर्न पाउने अधिकार नेपाली सरकार पनि यस्तो कन्भेन्सनको पक्ष हुनुपर्ने तथा यस्तो आयात त्यस्तो कन्भेन्सनको व्यवस्थाअन्तर्गत मात्र हुने गरी लागू हुनेछ
धारा –() नेपाली सरकारले आयात गरेका वस्तुहरुमा भारत वर्षका जहाजविश्राममा दुवै सरकारले समय समयमा निर्धारण गरेका अधिकारीले सही गरेका तथा यस्ता वस्तुहरु नेपाली सरकारलाई चाहिएका छन् तथा यस्ता वस्तुहरु सरकारी एकाधिरित्व अथवा राज्यीय व्यापारका लागि होइनन् भनी खुलाएको तथा यी वस्तुहरु नेपाली सरकारकै आज्ञाअनुसार नेपालमा पठाइँदै छन् भनी खुलाएको प्रमाणपत्र प्रस्तुत गरेपछि कुनै पनि भन्सार शुल्क लगाइनेछैन
() ब्रिटेनी भारतीय जहाजविश्राममा लगत्तै काठमाडौं पठाउन आएका सबै वस्तुहरुका लागि दुवै सरकारका बीच यस्ता वस्तुहरु प्रवेश जहाजविश्राममा भन्सारको हेरचाहमा समय समयमा निर्धारण गरेका नियमानुसार अंशबन्डा गर्न सक्ने गरी ल्याइनेछन् भनी रीत पु¥याएमा त्यस्ता सबै वस्तुहरु सिंगै मार्गगत हुँदा पूर्ण शुल्क तिरेको सहुलियत दिन पनि सहमत यस्तो सहुलियत यस्ता वस्तुहरु भन्सारछाप नतोडिकन केही नभईकन काठमाडौं आइपुगेका छन् भनी प्रमाणपत्र प्रस्तुत गरेपछि दाबी गर्न पाइनेछ
धारा यो सन्धि ब्रिटेनी सरकारका तर्फबाट लिउट्नेन्ट कलनेल डब्लु.एफ.टी..कनर, सी.आई.एफ.सी.भी.., नेपाली दरबारका लागि ब्रिटेनी दूत तथा नेपाली सरकारका तर्फबाट जनरल अधिराजकुमार महाराजा सर चन्द्रशमशेर, जंगबहादुर राणा, जी.सी.बी., जी.सी.एस.आई., जी.सी.एम.जी.जी.सी.भी..डी.सी.आई, थोङ्गलीपिम्माकोकाङवाङस्यान, नेपालका प्रधानमन्त्री तथा मार्शलले सही गरेपछि अनुमोदन गरिनेछ यथाशीघ्र अनुमोदन काठमाडौंमा साटासाट गरिनेछन् काठमाडौंमा डिसेम्बरको २१ औं दिन १९२३ आनोडोमिनी अर्थात् विक्रम् सम्वत् १९८० को पुसको छैठौं दिन सही गरी छाप लगाइएका हुन्

No comments: