Friday, November 26, 2010

नेपालको भूमि सिक्किमलाई किन दिइयो ?

अंग्रेज जब नेपाली वीरताबाट त्रस्त भए, उनीहरुले एक–अर्कालाई लडाउने र फुटाउने विचार गरे । अझ उनीहरुले एउटालाई काखी च्यापेर अर्कालाई इख्याउने र लोभ्याउने दृष्टिकोण अपनाई त्यसलाई व्यवहारमा पनि उतारे । नेपालको पूर्वी भू–भाग (मेची र टिस्टाबीचको समस्त पहाडी भूभाग र समस्त तल्लो भूमि वा तराई) सिक्किमलाई दिनु यसको प्रत्यक्ष उदाहरण हो ।
सन् १८१६ को सुगौली सन्धि नेपाल–अंग्रेज युद्धले ल्याएको परिणाम थियो । अंग्रेज स्वयं अघि सरेर पहाडी मुलुकमा युद्ध गरी सफल हुनु निकै असजिलो थियो, त्यसैले उनीहरुले आफ्नो शत्रुको शत्रु मित्र हो भन्ने मान्यताअनुसार पूर्वतर्फको लडाइँमा नेपाल विरुद्ध सिक्किमलाई उचाले । सिक्किम पनि आफ्नो गुमेको भूभाग पुनः प्राप्त गर्ने आशामा अंग्रेजको पक्षमा लाग्यो । सुगौली सन्धिमा निर्णायक लडाइँ पश्चिमतर्फ भएको थियो तर अंग्रेजले मेचीपारि र टिस्टावारिको पहाडी र तराई प्रदेशलाई अधीनस्थ गरी नेपाललाई अगाडि बढ्नै नदिने नीति लियो नत्र भने मेचीपारिको भूभाग त्यसबेला नेपालले गुमाउनु पर्ने थिएन ।

जीवनका केही झलकहरु


Wednesday, November 24, 2010

ब्रिटेन–सिक्किम सन्धि–१८६१


नेपाल र इस्टइन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको पूवी सिमा मेची नदी कायम हुन गई मेची र टिस्टाबिचको पहाडी तथा तराई प्रदेश कम्पनीको अधीनमा गयो । नेपाल र कम्पनी सरकारबीच लडाइँ हुँदा अंग्रेजहरुले नेपालको अधीनमा रहेको सो भूभाग दिने भनी सिक्किमलाई वचन दिएका हुँदा मेची र टिस्टाबिचको समस्त पर्वतीय प्रदेश सिक्किमप्रति राजालाई हस्तान्तरण गरिदिए । उक्त कुरा सन् १८१७ फेब्रुअरी १० तारिखमा इस्टइन्डिया कम्पनी र सिक्किमबीच भएको तितलिया सन्धिको पहिलो धारामै उल्लिखित छ । त्यसपछि ७ अप्रिल १८१७ मा इस्टइन्डिया कम्पनीले मेची नदीपूर्व र महानदी बीचको समस्त तल्लो भूमि (तराई) एक सनदमार्फत् सिक्किमलाई प्रदान ग¥यो । यसको १८ वर्षपछि सन् १८३५ फेब्रुअरी १ तारिखमा सिक्किमप्रति राजाले ठूलो रंगीत नदीदेखि दक्षिण, बालासन, कहैल, सानो रंगीत नदीदेखि पूर्व तथा रङ्नो र महानदी नदीदेखि पश्चिमतर्फको समस्त भूमि इस्ट इन्डिया कम्पनीलाई उपहार दिए । वास्तवमा सिक्किमपति राजा चुंगफोदले बाध्य भएर यो क्षेत्र अंग्रेजलाई सुम्पेका थिए भन्ने कुरा ऐतिहासिक घटनाक्रमले देखाउँछ । नेपाल र सिक्किमबीच मेची नदी कुन हो भन्ने विवाद