तपाई जब साइबर जानुहुन्छ वा घरैमा अनलाईन बस्नु हून्छ तब शुरुमा कुन साइट खोल्नु हुन्छ,Google, Yahoo, Gmail, Hotmail, Facebook, Blog, Twiter, Porn site वा अन्य ? यसबाट तपाईको लक्ष्य थाहा हुन्छ । Personal Information वा व्यापार व्यवासय सम्बन्धी पत्राता, कागजपत्रका लागि Yahoo, Gmail, Hotmail िखोल्नु हुन्छ, कुनै नयाँ कुरा खोजी गर्न चाहानुहुन्छ भने अध्ययन गर्न चाहानुहुन्छ भने Google र आफ्ना अनुभवहरु, कथाकविता, लेख रचना share गर्न चाहानु हुन्छ भने Blog update गर्नु हुन्छ र साथीसँग गफ गर्न चाहेमा facebook, Tweeter चलाउनु हुन्छ यदि तपाई सेक्स सम्बन्धी कुलतमा हुनुहुन्छ भने मौका पाउने वित्तिकै Porn site खोल्नु हुन्छ । तर अब Porn site हेर्नलाई मात्र कुलत लागेको भन्न नसकिनेअ वस्था आएको छ । तपाई Face book को कुलतमा पनि पर्न सक्नुभएको हुन सक्छ । म यहाँ मेरो आफ्नो केही अनुभव share गर्दैछुः म विगत १ वर्ष देखि Facebook, Tweeter चलाउँदै आएको छु, मेरो आफ्नो Blog पनि छः www.haridahal.blogspot.com यसलाई धेरै Personnel बनाउने भन्दा पनि Informative बनाउन खोजी रहेको छु । सकेसम्म हप्तामा एकचोटी अपडेट गर्छु । दिनभरी Online हुँदा Facebook मा केही साथीहरुसँग साधारण गफ गाफ हुन्छ, कामको गफ हुन्छ । मेरो Facebook मा अहिले सम्म लगभग ८२५ जति साथीहरु ह्ुनुहुन्छ जसमध्े ८० प्रतिशतलाई मैले खोजी गरेर साथीमा जोडेको हुँ भने बाँकी २० प्रतिशत मलाई Request आएका हरु हुनुहुन्छ । मेरो Regular गफ हुने साथीहरु एकदमै कम छन् त्यसमध्ये मेरो सिमित साथीभाईहरु धर्मेन्द्र खड्का, विमल आचार्य, पंकज पाठक, मेचीनगर अनलाईनका पवन पौडेल र मेरा ३ जना दिदीहरु ह्ुनुहुन्छ । Online मा भइरहने धेरै साथीहरुसँग गफ हुँदैन । कामबाट फुर्सद भएको बेला कोही कसैलाई मैले Hi भनी send गर्दा Reply आउछ...फेरी continue हुँदैन मसँग यति साथीहरु र प्राय धेरै चिनेका छन् तर पनि मसँग दिनभरी गफ गर्ने साथीहरु कमै भेटिन्छन््...मेरा केही साथीहरु भने दिनभरी फेसबुक चलाएर chat गरेर बसेको भनेर सुनाउँछन...यस्तो कुराले मलाई घचघच्यायो र मलाई परिक्षण गर्न मन लाग्यो ति दिनभरी फेसबुकमा गफ गर्ने साथीहरु के गफ गर्छन र कोसँग गफ गर्छन भनेर कौतुहलता जाग्यो र एउटा उपाय रचे कतै म केटा भएर केटाको फोटो राखेर पो गफ गर्ने साथी नभेटेको हो की भनेर आफैदेखि शंका लाग्यो ।
त्यहि क्रममा मैले साथीभाई खोज्न सजिलो उपाय Facebook Name change गरे, म ६ महिना कोरियन भाषा पढेकोले न नबु्झ्ने कोरियन फिल्मी हिन्दी र English नबुझ्ने साथीहरुमा पनि लोकप्रिय भएकोले Profile फोटोमा राम्री कोरियन केटीको फोटो राखे र Facebook ma Hari Dahal बाट Hissi Sharma राखे ।
ओहो मेरो idea ले बढो काम गर्यो म Hissi भएको दोस्रो दिनमा मलाई Add गर्नेको संख्या ५० पुग्यो । म online हुँदा Hi भन्नेको संख्या १–२ बाट बढेर १५–२० पुग्यो, दिनुहा hi को ःMessage बढी रह्यो, तिमी कहाँ ? घर कहाँ ? मलाई चिन्नुपर्ने ? कति राम्री ? के गर्छौ ? नेपाल मै हो ? कुन देश ? तिम्रो अरु पनि फोटो share गरन उशि आदी आदी....दर्शनौ ofline message.. मलाई गर्भ लाग्यो मेरो साथी बढाउने क्ष्मभब देखि....
अरु बेला मैले hi भन्दा पनि hi फिर्ता नगर्ने साथीहरुको बारम्बार hi ले मनमनमा हाँसो पनि लागिरहन्थ्यो... तर जब यसको रहस्य थाहा पाएँ मैले आफ्नै साथीहरुको, भाईहरुको, दाईहरुको केटीको फेसबुकमा गफगर्ने शैली थाहा पाएँ तब मलाई लाग्यो यो त facebook को दुरुपयोग रहेछ .. मेरो केटीको नामका गफ गर्ने मध्ये केही मेरा गाउँले साथी भाई, स्कुल पढाउने शिक्षक र कलेज पढाउने सम्मका दाई परे भने विदेशमा बस्नेका लागि समयको सदुपयोग गर्न साथीभाई खोज्ने...अझ केटीहरु खोज्ने र गफ गरी समय विताउन मा धेरै प्रचलित पो भएछ फेस बुक भन्ने लाग्यो । फुर्सदमा भएकाहरुका लागि त त्यो पाच्य पनि होला तर झापाका कलेज पढाउने केही शिक्षक र इलाम तिरका उनको प्रोफाइल हेर्दा एकजना साहित्यकार जस्ता र समाजका अग्रज जस्ता लाग्ने भित्र भित्र अभद्र भएका त्यस्ताहरुको facebook मोह पाच्य हुँदैन....गफ गफै मा I Love You भन्ने... . तिमी त Sexy रहेछौं, आउ यतै तिर भन्ने त्यस्ता अग्रज भनाउँदाहरुले गरेको Facebook Chat १–२ मसँग अर्झै संरीक्षित छन् ।
अन्तमा ः मैले आफ्नो फेसबुकको नाम परिवर्तन गरि केटीको नाम राख्नु र त्यसबाट गफ गर्नु भनेको पनि साइबर अपराध अन्र्तगत पर्दछ र मैले त्यो अपराध गरेको छु । म केटी हुँदा मसँग गफ गर्ने, I love you भन्ने,Sexy भन्ने, बोलाउने सबैले यो पढिरहनु भएको छ भने माफ गर्नुहोला । तर एउटा विन्ती छ । फेसबुकलाई दुरुपयोग नगरीदिनुहोला .. यसलाई informatics बनाउँदा सिक्ने ठाउँ प्रशस्तै छन् World का हरेक चिज Online बाट सिक्न सकिन्छ । त्यसकारण फेसबुक भनेको केटीसँग गफ गर्ने मात्र नबनाउँ... केटीको Add देख्यो कि add गर्ने बानी भन्दा पनि चिनेका लाई मात्र add गर्ने बानी बसालौं....facebook भनेको केटीसँग गफ गर्ने साधन बनाइरहनु भएका तपाईहरु जस्ताले गर्दा दुरुपयोग हुन जाने हुनाले विन्ती छ त्यसो नगरौं...facebook लाईinformatic बनाउने अभियान चलाऔं.... आफ्ना कुरा राखौं....विचार राखौं....लेख्ने बानी गरौं....नत्र Republic of China, Vietnam, Iran, Uzbekistan, Pakistan Syria, and Bangladesh जस्तै नेपालमा पनि facebook बन्द नहोला भन्न सकिन्न....
Hari Dahal
