Friday, December 31, 2010

आमालाई चिठी

आमा
मलाई साह्रै दुख लाग्यो
तिम्रो खबर सुनेर,
तिम्रो सुरक्षार्थ
बाबाले पालेको कुकुर
बहुलायो  भनेर ।

आमा
मैले त उहिले नै भनेकै हो
यो कुकुर बहुलायो
यसलाई किटाणुले आक्रमण ग¥यो
अब यसले अगाडी
जे आयो त्यही टोक्छ
त्यसको एकमात्र विकल्प यसलाई मार्नु नै पर्छ

तर आमा
त्यति खेर मेरोकुरा कसले सुन्यो् र
तिमीले त्यसलाई धतुरो ख्वाएर राख्यौ
र त्यसको मृत्युलाई अझ लम्ब्यायौं
मैले यो पनि भनेको थिएँ
यसले बहुलाएर निरीह तल्लो घरको
मेरो सानो साथी भुन्टेलाई टोक्छ
मलाई आफ्नो छाक काटेर दुध दिने
बाछीलाई टोक्छ
यसले ताल परे मलाई नै टोक्छ
अनि आमा त्यतिखेर
यसले
तिमीलाई पनि छाड्ने छैन
त्यसैले यसलाई मार्नु नै पर्छ

तर । मेरो सल्ला व्यथै खेर गयो
तिमीले यसलाई मर्नबाट बचायौ
आमा ।
अहिले तिमीले नै बचाएको त्यही कुकुरले
मेरो भुन्टे साथीलाई टोक्यो रे
मलाई दुध दिने बाछीलाई टोक्यो रे
र तिमीलाई पनि झम्ट्यो रे
धन्य आमा यसले तिमीलाई टोक्न पाएन
आमा मलाई खेद छ । विगतका कुरामा
अब पनि तिमीले त्यसलाई
बाबुको नासोको रुपमा बचाई राख्न
धतुरो खुवाउने प्रयास त गर्दैछैनौ
तर आमा
अब पनि तिमीले त्यो दुस्साहस ग¥यौ भने
त्यसले मलाई पनि टोक्न पर्खने छ
र तिमीलाई पनि छोड्ने छैन
त्यसैले यसलार्य मार्नु नै पर्छ

अब आमा
तिमीले बाँच्नु छ भने
तिम्रा सन्तानलाई बचाउनु छ भने
भून्टे जस्तै साथीलाई टोक्न बचाउनु पर्छ
निरीह बाछीलाई मर्नबाट जोगाउनु पर्छ
म आउँदै छु आमा
त्यसलाई थुनी राख
कति भुक्छ भुक्न देउ
फलामका बार टोक्न देउ
टोक्ने रोग लागे पछि
त्यसका दाँत पनि आफै झर्नेछन्
तर आमा  त्यसको रोग सर्ने खतरा ज्यादै हुन्छ
त्यसैले
त्यसलाई मार्नु नै पर्छ
यसैमा हाम्रो भलो हुन्छ ।

Hari Dahal

No comments: