Monday, March 19, 2018

अबको राजनीति अर्थराजनीति

khim lal
 खिमलाल देवकोटा
कुनैबेला पँुजीवादी र समाजवादी धुरीमा विभाजित विश्व यतिबेला अमेरिकाले नेतृत्व गरेको क्रिश्चियानिटी र त्यसलाई काउण्टर गर्ने इस्लामिक स्टेटमा विभाजित छ ।  पुँजीवाद उदारवाद हुँदै नव उदारवादमा पुगेको एकाथरी विश्वले धनी र गरिबको खाडल नराम्ररी गहिरो बनाएको छ ।  विश्वकै आधा जनसंख्या झण्डै साढे तीन अरब जनतासँग भए बराबरको सम्पत्ति संसारका धनाढ्य मध्यका जम्मा ६२ जनाको हातमा केन्द्रित छ आर्थिक वृद्धिको ९९ प्रतिशत हिस्सा एक प्रतिशत व्यक्तिले कब्जा गर्दछन् भने बाँकी ९९ प्रतिशत जनताले जम्मा एक प्रतिशत आर्थिक वृद्धि दरमा चित्त बुझाउन बाध्य छन् ।  यो सबै पुँजीवादको उपज हो ।  जसले दिगो शान्ति र विकास धेरै टाढाको कुरा बनेको छ ।  ठीक यसैगरी राज्य नियन्त्रित समाजवादी सत्ताहरू पनि सफल हुन सकेनन् ।  समाजवादी सत्ताहरूको पुँजीवादीकरण र पुँजीवादी सत्ताहरूको समाजवादीकरण आजको यथार्थ हो ।  यसो गरेर भए पनि आफ्नो अस्तित्व धान्न उनीहरूले प्रयत्न गरेको बुझिन्छ ।  यही नै यतिबेलाको विश्व राजनीतिको समसामयिक प्रवृत्ति बन्न पुगेको छ । 
उपयुक्त धारबाट नेपाल अछुतो रहनसक्ने कुरा भएन ।  अझ नेपाली राजनीति सामन्ती चरणबाट भर्खर पुँजीवादी चरणमा प्रवेश गर्दै गरेका कारणले सामन्तवादका अवशेषहरू पनि पूर्ण रूपमा अन्त भैसकेका छैनन् भने पुँजीवादी स्वरूप पनि पूर्णतः ग्रहण गरिसकेको अवस्था छैन ।  यसो हुँदा नेपाली राजनीति झन् ठिमाहा अवस्थामा जकडिन पुगेको छ ।  यस्तो ठिमाहा राजनीतिलाई शुद्धिकरण गरेर अघि बढाउन सहज काम पक्कै हुने छैन ।
यतिबेलाको राजनीति व्यापार केन्द्रित बन्न पुगेको छ ।  राजनीतिक दर्शन सिद्धान्त आदर्श र मान्यता अलग अलग भए पनि व्यापारिक मामलामा व्यापारिक नाफा वा घाटाका कारणले विपरीत ध्रुवहरू पनि एक ठाउँमा मिल्न आइपुगेका र समान दर्शन मान्यता र आदर्श भएकाहरू पनि भिन्न दूरीमा उभिएका परिघटनाहरू पनि रहेका छन् ।  त्यसैले यतिबेलाको राजनीतिक दर्शन भनेकै व्यापार बन्न पुगेको छ ।  राजनीतिक दर्शनको संकट परेका कारण दर्शनको स्थान धर्मले लिएको र राजनीतिको स्थान व्यापारले लिएको अवस्था छ ।  यस्तो अवस्थामा विश्वलाई नै दिशा निर्देश गर्ने गरी राजनीतिक दर्शनको विकास गर्ने अभिभारा यतिबेला छ भने सँगसँगै मुलुकका लागि व्यावहारिक र वैज्ञानिक राजनीतिको विकास गर्नु पनि आजको कार्यभार बन्न पुगेको छ ।
उपर्युक्त निष्कर्षका आधारमा विश्वमा र नेपालमा पनि परम्परागत राजनीतिको औचित्य विस्तारै समाप्तिको दिशातर्फ र वैकल्पिक राजनीतिको आवश्यकता बोधतर्फ समाज डोरिएको प्रस्ट देख्न सकिन्छ ।  यो निष्कर्षलाई मान्ने हो भने विश्वका सन्दर्भमा आजको समाज सुहाउँदो राजनैतिक दर्शनको विकास गर्न जरुरी छ भने नेपालको सन्दर्भमा भौगोलिक एकीकरणको चरण र अधिकार प्राप्तिको चरण पार गरेर भर्खरै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको समाज सुहाउँदो राजनीतिको आविश्कार गर्न जरुरी छ ।  यस प्रयोजनका लागि नेपाली समाज जो भर्खरै सामन्तवादी चरणबाट पुँजीवादी चरणमा प्रवेश गरेको छ ।  यो चरणका आफ्नै विशेषताका कारणले मानिसहरूको मनोविज्ञान राजनैतिक दल र तिनका नेताहरूको स्तर औकात र हैसियत सहित आफ्ना सीमामा कैद छन् ।  समय २१ औ शताब्दीको हुँदा हुँदै पनि नेपाली समाजको चरणको सीमाका कारणले अपेक्षित संस्कार हामी पाउन सक्दैनौ ।  यसका साथै टुक्रे कृषि उत्पादन प्रणाली, निम्नपुँजीवादी चेतनाले पैदा गर्ने विकृत मानसिकता र त्यसले समाजमा पार्ने असर अरू थप सीमा हुन् ।  यो अवस्था भनेको व्यक्तिहरूमा चरम महìवकांक्षा, छिपछिपे जानकारी, काम गर्नका लागि चाहिने गहिरो प्रतिबद्धताको अभाव र आम जनतामा अविश्वासका पहाडहरू सहितको विशेषता बोकेको परिवेश हो ।  यस्तो जटिल अवस्थाका बीचबाट नयाँ राजनैतिक संस्कार नयाँ शैली नयाँ व्यवहार र आचरणको पनि विकास गरेर नयाँ राजनीतिको विकास गर्नुछ ।
कुनै पनि काम गर्नुभन्दा अगाडि ठोस परिस्थितिको ठोस विश्लेषण गर भन्ने कुरा माक्र्सवादले राजनीतिमा सिकाएको गुदी कुरा हो ।  यसो हो भने के विश्व समाज माथि भनिए जस्तै दार्शनिक संकटबाट गुज्रिएको हो ? के नेपाल साँच्चै सामन्ती अवस्थाबाट वामे सर्दै गरेको अवस्थाको पुँजीवादी चरण हो ? यदि यसो हो भने विश्वमा र नेपालमा दुवै स्तरमा नयाँ राजनैतिक दर्शनको प्रतिपादन हुन जरुरी छ ।  तदनुकूल विश्व र नेपाल दुवै स्तरमा राजनैतिक विकल्प वा वैकल्पिक राजनीतिको खोजी हुन जरुरी छ ।
नेपालमा खोजी गर्न प्रयत्न गरिएको राजनीतिको अवस्था भनेको वैकल्पिक राजनीति हो ।  यसका आधारभूत तìवहरूमा सामन्ती अवस्थाबाट वामे सरेको पुँजीवादका जगमा समाजवादको यात्रा आरम्भ गर्नु हो ।  यसका लागि पँुजीको पर्याप्त विकास हुन जरुरी छ ।  पँुजीको विकासका लागि राज्यका संयन्त्रहरू पारदर्शी हुन जरुरी छ ।  भ्रष्टाचार समाजको महारोग हो भने यसको न्यूनीकरणको उपाय खोज्न जरुरी छ ।  सर्वाधिक रूपमा चर्चामा आएको तथ्य के हो भने सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलहरू र तिनका नेताहरू छन् ।  उनीहरू लोकतन्त्रका लागि लडेका पनि हुन तर अलोकतान्त्रिक व्यवस्था ढालेर लोकतान्त्रिक व्यवस्था ल्याउन सफल दलहरू आफैँ लोकतान्त्रिक हुन नसकेर पार्टीहरू शिकार बनेका छन् ।  राजतन्त्रका विरुद्ध लडेर नथाकेका दलहरूआज राजतन्त्र ढालेर सो स्थान आफँै लिन तम्सिएको आरोप आम जनताको पंक्तिबाट लाग्ने गरेको छ ।  भ्रष्टाचारका विरुद्ध लडेका दलहरू आज दिनदिनै अकुत सम्पत्तिका हकवालाहरू राजनीतिक दलका नेताहरू भन्ने सुन्नमा आएको छ ।  रोजगारी सिर्जनाका लागि लडेका दलहरू आज बेरोजगारहरूको लर्को दिनका दिन विदेश पठाउने काममा दलाली गरेर कमिशन खाने स्तरमा झरेका छन् ।  तस्करी कालोबजारी भ्रष्टाचार अन्याय र अत्याचार आजका महारोग हुन तर तिनका संरक्षकहरू राजनीतिक दलहरू हुन भन्ने कुरा खुलेआम आरोप लाग्ने गरेको छ ।
अब विगतप्रति पश्चात्ताप हैन गर्व नै गरौँ ।  विगतबाट सिकेको असफलताको पाठ सिकौँ र तिनलाई नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरौँ ।  आजसम्म लाग्ने गरेको परम्परागत राजनीति प्रतिको आरोप असत्य साबित गर्ने काम पनि गरौँ ।  आम जनतामा परेको पूरै अविश्वासको अवस्थालाई विश्वासमा बदल्ने हर तरहले प्रयन्त गरौँ ।  तब मात्रै राजनीतिक विकल्प तयार हुनेछ र वैकल्पिक राजनीति भन्न लायक हुनेछ ।  यो जटिलभन्दा जटिल काम वैकल्पिक राजनीति र वैकल्पिक तरिकाले मात्रै सम्भव छ भन्ने आत्मविश्वास पैदा गर्न जरुरी छ ।
त्यसैले राजनीतिमा देखिएको चरम अविश्वासलाई विश्वासमा बदल्न जरुरी छ भन्ने कुरा सबैभन्दा पहिला आत्मसात् गरौँ ।  त्यसलाई बदल्ने कसम खाऔँ र कार्ययोजना सहित लागि पर्न जरुरी छ ।  अपारदर्शिता आजको मुख्य समस्या हो भने सबैभन्दा पहिला राजनैतिक दल र तिनका नेताहरू पारदर्शी भएर प्रदर्शित होऊन् ।  नेताको जीवन रहस्यमय नबनोस् ।  जनताका सामु छलङर््ग नै होस् र जनताको गुमेको विश्वास आर्जन गर्ने अवसर प्राप्त होस् ।  राजनीति र अर्थनीति आपसमा जोडिएन यो नै नेपाली राजनीतिको समस्या हो ।  आर्थिक मामला उठाउनेहरू या त अर्थवादी हुन् या त बुर्जुवा हुन् भन्ने गहिरो छाप पारिएको छ ।  राजनीतिले देश र जनताको सेवा गर्नपर्छ ।  त्यसका लागि देश र जनतालाई खुसी र सुखी बनाउन सक्नपर्छ ।  यसको एकमात्रै विकल्प आर्थिक समृद्धि हासिल गर्नु हो ।  जनताको जीवनस्तर उठाउनु हो ।  राजनीतिलाई आर्थिक मामलासम्म जोड्ने काम गर्न मात्रै सकियो भने नेपाली राजनीतिमा त्यही नै वैकल्पिक राजनीति हुनेछ ।  आजसम्मको राजनीति खासगरी आर्थिक क्षेत्रमा असफल हुनाका कारणहरू के हुन् भन्ने बारेमा चर्चा गर्न जरुरी छैन ।  अब ती आर्थिक क्षेत्रमा भएका कमी कमजोरी तथा अनदेखापन तथा कतिपय अवस्थामा रहेका कमजोरी र अवलम्बन गरिएका गलत नीतिहरूको पुनरावलोकन र तिनवाट मुक्ति पहिलो सर्त हो ।  राजनीति वा अर्थ नीति वा अर्थ राजनीति मध्य अर्थराजनीति आजको आवश्यकता बन्न पर्दछ ।
अबको राजनीति, अर्थराजनीति नेपाली समाजको नारा बनाउन सकियो भने नेपाली जनताको जीवनस्तर उकास्न अवश्य सकिनेछ ।  अर्थ राजनीतिले नेपाली समाजको चरित्र नै बदल्न पनि मदत गर्नेछ ।  जब समाजको चरित्र बदलिन्छ मानिसहरूको चेतना आदत र व्यवहार पनि स्वाभाविक रूपमा बदल्न सम्भव हुनेछ ।  यसो भयो भने वैकल्पिक राजनीतिले नेपालमा सफलता हासिल गर्नेछ ।  वैकल्पिक राजनीतिको यो सफलताले विश्वमा पनि योगदान गर्नेछ ।  विश्वस्तरमा परेको राजनैतिक दर्शनको संकट समाधान गर्न पनि मदत पुग्नेछ ।  त्यसैल अबको राजनीति वैकल्पिक राजनीति अबको नारा अर्थ राजनीतको नारा ।  अबको कार्यदिशा अबको निकास आर्थिक विकास ।  लक्ष सम्भव छ समृद्धि हाम्रै पालामा ।  
साभारः गोरखापत्र अनलाइनडटकम

Thursday, March 15, 2018

सरकार धुर्मुस सुन्तलीलाई आतंककारी घोषणा गर



सरकार
धुर्मुस सुन्तलीलाई
आतंककारी घोषणा गर
देशको धर्म विपरित
अनेक कार्य गरे वापत
जेल अनि नेल ठोक
शरिरमा करेन्ट प्रवाह गर
पैतालामा लट्ठी बजार
चिथोर, लछार, पछार
र देश द्रोहको अपराधमाशिवपुरी नै पु¥याएर भए पनि
गोली ठोक र
त्यतै बेपत्ता बनाउ
जहाँ सयौं पहिले पनि
वेपत्ता बनाइएका छन् ।

सरकारबाट रुन वाध्य
पारिएकाहरु,
सरकार हुँदा हाँस्न सम्म
नपाएकाहरु
सबै सबैलाई हँसाएर
अपराध गरेथ्यो ।
अनि
तराईलाई अल्ग्याउने
तिम्रो राजनीतिलाई
थिलथिलो पार्दै
फेरी
उहि तराइका
शितलहरहरुमा
न्यानो कपडा बोकी
एकता र भातृत्वको
समभावना कायम ग¥यो
भूईचालोमा नाङ्गिएकाहरु
खुला आकाशमा
सुत्न वाध्य पारिएकाहरु
तिम्रा झुटा आश्वासनमा
पटक पटक बलात्कृतहरु
सबै एकैठाउँ पारी
दुुःख सुख बाँड्न र
बाँच्न सिकायो
र अर्को अपराध ग¥यो ।
त्यति मात्र होइन सरकार
तिम्रा ठेकेदारहरुले
एक कि.मि सडक,
सयौंको ज्यान लिएको
डाँडाको तुइन,
वारीपारी गर्ने
एउटा पुल,
सयौंको उपचार गर्ने
एउटा हस्पिटल,
हजारौंलाई शिक्षित बनाउने
एउटा विद्यालय बनाउन,
विस्थापन गर्न,
निर्माण गर्न, सञ्चालन गर्न
बर्षौ लगाएको बेला,
आधा दिन बाटो बन्द गरेर
राजधानीलाई
नाकाबन्दी गरिरहेको बेला
सोझा सिधालाई
सधैं झुक्याइरहेको बेला
र त्यसबाट तिम्रो
राजनीति चलिरहेको बेला
हेर त पारी डाँडामा
नमुना पहरी बस्ती

गिरानचौर खडा ग¥यो
जहाँ तिम्रा जवान
पुग्न सम्म बाँकी थियो
तिम्रा विकासे कथा
सुन्नसम्म बाँकी थियो
त्यहि त्यसले
सन्तपुर बस्ती नै
शहरमा रुपान्तरण ग¥यो
त्यसले तिम्रो
भजाउने सबै कुरा
निमिट्यान्न पा¥यो
तिमीलाई नाङ्गो छौ भनेर
आरोप मात्र होइन सरकार
प्रमाणित नै गर्यो
त्यसैले सरकार
धुर्मुस सुन्तलीलाई
आतंककारी घोषणा गर

देश द्रोहको अपराधमा
शिवपुरी नै पु¥याएर भए पनि
गोली ठोक अनि त्यतै बेपत्ता बनाउ
जहाँ सयौं पहिले पनि
वेपत्ता बनाइएका छन् ।
हरि दहाल
धुलाबारी, झापा
बिकास निर्माणमा ठेकेदारी प्रथा

मेचिनगरमा राजनितिकाे कुरा छाेडाै विकास निर्माणमा समेत ठेकेदारि पाेष्ने काम सुरुवात भएकाे छ त्याे बन्द गर, विगतमा जनप्रतिनिधि नहुदा कर्मचारी मात्र भएकाे अवस्थामा नेपाल सरकारले स्थानियलाई सहभागी गराउन ल्याएकाे ३०% सहभागिता पहिलेनै फेल भएकाे अवस्थामा फेरि विकास निर्माणमा ३०% स्थानियले हाल्नु पर्ने नियमले गरिव वस्ति, गाउँ, समुदायमा कसरि काम हुन सक्छ ? के यसरी सुकुम्वासि बस्तिहरुमा काम हुन सक्छ ? उनिहरुले ३०% पैसा लगाउन सक्छन ? धनी बस्तिमा समेत त्यसरि काम हुन्छ ? हुदैन अब ठेकेदार अाउछ, ठेकेदारले ३०% पैसा लगाउछ र उपभाेक्ता ठेकेदारलाई काम लगाउन बाध्य हुन्छन, र जम्मा बजेटकाे ५०% काम पनि हुदैन यस्ताे माेडल अपनाउने बुद्दि जनताकाे पक्षमा लागाेस । एमालेकाे बहुमत भएकाे दम्भ देखाएर अाफ्नाे फाईदामा हाेईन जनताकाे पक्क्षमा काम गर्न त्याहा पाटिले पठाएकाे हेक्का हाेस, सकिएन, सकिँदैन भने बुद्दि भएका बुद्दिजिवि नेताहरु हुनुहुन्छ सरसल्लाह गरेर अघि बढे एमाले काे अाेज बढ्छ, निर्णयमा जानु अघि बैठक स्थगित गरेरै भएपनि सरसल्लाह गरे, पाटिमा छलफल गराए जानकारि गराए के हुन्छ ? अब सकिँदैन भने एमालेका जनप्रतिनिधिहरुले राजिनामा गरे बेस हुन्छ पाटिकाे बदनाम त हुदैन