नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि ज्यानमार्ने उद्देश्यले आक्रमण गर्न लगाउने युवासँघ मोरङका अध्यक्ष परशुराम बस्नेतविरुद्ध अदातलमा ज्यानमार्ने महल अन्तर्गत मुद्धादायर हुँदै गर्दा एमालेकै केही नेताहरुले उनलाई बुई चढाएर राखेको तितो यथार्थ सार्वजनिक भैसकेको छ । अवैध हतियार कारोवारी देखि ज्यानमार्ने सम्मका मुद्धा सार्वजनिक भए पनि परशुरामकै गुट सेरोफेरोमा कैयौं मुद्धा त विराटनगरवासीले पनि भन्ने आँट गर्न सकेका छ्रैनन् । ठेक्का पट्टा, चन्दा असुली, अरुको घरजग्गा गुण्डा लगाई विक्री गर्न रोकी अत्यन्त कम मुल्यमा खरीद गरी घरजग्गा कारोवारीका रुपमा पनि चिनीएका उनी महलमा बस्छन, गाडी चड्छन् सोझै प्रहरीका केन्द्रसम्म पहुँच राख्छन, प्रहरीका विराटनगरका हरेक अपरेशन थाहा पाउँछन र पार्टीका उपल्लोतहका नेताका छत्रछाहारीमा बसी गुण्डागिरी गर्छन त्यसैले उनी सफल कारोवारी र नामुद भएका छन् यस्तो अवस्थामा आफ्नो ज्यान धरापमा पारेर कसले परशुरामका विरुद्ध बोल्ने आँट गर्ने ? नेतालाई गुण्डा नपाली अगाडी बढ्न सकिँदैन कि भन्ने चिन्ता, सर्वसाधारणलाई गुण्डाको विरुद्ध बोले मारिने पो हो की भन्ने चिन्ता । यही चिन्ताको सेरोफेरोमा विराटनगर बाँचीरहेको तितो यथार्थ हो अहिले ।
कोही विराटनगर पुगेर वा विराटनगरवासीलाई सोधी हेर्नुस गुण्डागिरी, परशुराम काण्डका बारेमा के भन्नु हुन्छ ? भनेर । उत्तर विस्तारै आउँछः भित्ताका पनि कान हुन्छन, पत्रकार जस्तो मान्छेलाई आक्रमण गर्दा त प्रहरीले केही गरेन पार्टीले केही गरेन, अझ पार्टीका जिल्ला अध्यक्षले उपल्ला केही नेताको सुझावमा २ दिन त जिल्लै बन्दको आव्हान गरे । एउटा अपराधीलाई लुकाउन, कारवाहीको भागेदार हुनबाट बचाउँन पार्टीनै लाग्छ भने हामी सर्वसाधारणले के गर्न सक्छौं ? पार्टी आफै भित्र चिरा चिरा परेको छ । कहिले उछिटिन्छ थाहा छैन । बरु फुटे ती गुण्डाहरु एउटा पार्टी तिर लाग्थे अनि राम्रो एमाले एकातिर हुने थियो । त्यसैले पार्टीपनि बोल्न सक्दैन । एमाले भित्रको एउटा खेमाको बुझाई नै राजनीतिक भनेको पावर हो र पावरका लागि पेशेवर चाहिन्छ भन्ने हो । त्यसैले एमाले भित्र पनि त्यस्ता पेशेवर गुण्डा, हत्याराहरु चलखेल गर्ने ठाउँ भएको छ । भोली हामी यही बस्नु पर्छ । हामीले यही गरेर खानु पर्छ । हाम्रो ज्यानको सुरक्षा कसले गर्छ । प्रधुम्न कार्की त सधैं यहाँ बस्दैनन । जनताको पार्टी भन्ने एमाले भित्र चलेको गुटबन्दी र त्यसको छत्रछाँयामा हुर्केको गुण्डागर्दीको विरुद्धमा प्रहरी जान नसक्ने स्थितिमा हामीले के गर्ने ? ।
उत्तरले तपाईलाई पनि नतमस्तक बनाउँछ र कानुनका उपहास गरे जस्तो लाग्छ । तर यथार्थ त्यही छ ।
अर्को प्रश्न किन पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गर्ने परशुराम पक्राउ पर्दैनन ? भनेर सार्वजनिक चासो राख्ने नेपालभरीका सबैलाई सोध्नुस् उत्तर सबैको एकै आउँछ । पहिलेको एमाले र अहिलेको एमालेमा फरक छ । पहिले पार्टी भित्र गुण्डागिरी गर्ने कम थिए र तिनीहरु पार्टी निती विपरित चल्न पाउँदैन थिए । पार्टीले स्वेच्छाले निर्णय गथ्र्यो । तर अहिले एमाले भित्र सैद्धान्तिक बहस भन्दा पनि गुटबन्दी बढी छ । पार्टी राजनीतिमा ग्रुप त चाहिन्छ नै तर यो गु्रप गुण्डागिरी शैलीको भएकोले एमालेभित्र चल्ने गुटबन्दी चाहि पार्टी हितविपरित छ । गुण्डा पालेर राजनीतिक शक्तिमा आउन सकिन्छ भन्ने आम धारणा बन्न थालेको छ एमालेभित्र । पार्टी भित्र हुने नगर देखि केन्द्रसम्मका हरेक क्रियाकलापमा यो हाम्रो गुटको, त्यो अर्को गुटको भन्ने मानसिकता नै बनिसकेको छ । यसले पार्टी पङ्ती भित्र नकारात्मक सन्देश फिँजाएको छ र गुटगत भुमिकामा नलाग्ने स्वच्छ कार्यकर्ताहरु कि त पलायन हुने कि त निष्कृय बस्नु पर्ने वाध्यात्मक स्थिति छ त्यसैले एकजमानाको ठुलो एमाले पार्टी खुम्चीएर गइरहेको छ र यस्तै भइरहे निकट भविष्यमा एमालेले अस्तित्वका लागि लड्न थाल्नु पर्ने स्थिती आउन सक्छ । तर यसो भयो भने राष्ट्रका लागि पनि अहित हुन सक्छ । राज्यका हरेक राजनीतिक पार्टी देश विकासका लागि उत्तिकै भागेदार हुन्छन र बन्नु पर्छ तर एउटा बहुदलीय मान्यता राख्ने पार्टी खुम्चीएर जानु भनेको निरङ्कुता जन्माउन सहयोग गर्नु हुन्छ । पहिले पहिले पार्टी सुद्धिकरण भन्दै पार्टी भित्रका नकारात्मक पक्षलाई फाल्ने राम्रो पद्धति विकास भएको थियो कम्युनिष्ट भित्र तर अहिले त्यो हराएर गएको छ । अब राम्रा मान्छे पो फालीने होकी भन्ने चिन्ता जन्माएको छ । यी र यस्ता कुराहरुले कुनै पनि पार्टीका लागि अहित गर्दछ । यसकारण एमालले पार्टी भित्रका नकारात्मक पक्षहरुलाई केलाएर बैलैमा सच्चिनु आवश्यक छ ।
पत्रकार र सम्माननीय अदालतलाई समेत आक्रमण गर्ने अपराधीलाई कसले ग¥यो संरक्षण ? यो प्रश्न अब जनताहरुलाई नगरी प्रहरी प्रशासनलाई गर्नुस् । उत्तर बुँदागत रुपमा आउँछ, १. महेश बस्नेत– प्रहरी प्रशासन परशुराम बस्नेतलाई पक्राउ गर्न खोजी गरि रहँदा काठमाडौंमा खुल्ला कार्यक्रम आयोजना गरी ‘परशुराम हामी सँग छ सक्छौ भने पक्रेर देखाउ’ भनेर युवासँघको बदनाम गराउने खलपात्र । गत शनिवार अदालतले परशुरामको मुद्धाबारे छानविन गरि निर्णय गरिरहँदा त्यसलाई प्रभाव पार्ने गरी युवासँघको पूर्ण समर्थन नभई गुटगत रुपमा विराटनगरमा कार्यक्रम आयोजना गरेर फेरी त्यही ‘परशुराम हामी सँग छ सक्छौ भने पक्रेर देखाउ’ भन्दै चुनौति दिने बस्नेत एण्ड कम्पनीका लिडर । राज्यको चौथो अंक पत्रकारिताको अभिन्न अंग नागरिक दैनिकलाई समेत परशुराम बस्नेतको समाचार छापेर गल्ती गरेकोले पत्रिका नै बन्द गर्ने र आदरणीय सम्पादकसम्मलाई समेत कारवाही गर्ने खुला चुनौती दिने हिन्दी फिल्मी शैलीका खलनायक ।
२. विनोद ढकाल– परशुरामको मुद्धामा सम्माननीय अदालतलाई छानविन गर्न सहयोग गर्ने भन्ने पार्टी नीति र निर्णय विपरित जिल्लाकमिटिको पनि पूर्ण समर्थन नभईकन आफ्ना केही साथीहरु र परशुरामका सहयोगीको साथमा मोटरसाइकल र कार ¥याली समेत निकालेर परशुरामको समर्थनमा जिल्ला बन्दको आव्हान गर्ने सोही पार्टीका जिल्ला अध्यक्ष समेत रहेका विनोद ढकाल । विराटनगरका एमाले कायकर्ताहरुमध्ये कतिसँग मोटरसाइकल छ र कति सँग कार छ त्यसोको लेखाजोखा गर्ने र कति जना परशुराम निर्दोश छ भनेर जिल्ला बन्द सम्म गर्न समर्थन गर्छन भन्ने कुराको हिसाव राख्ने हो भने भर्खरै विनोद ढकालको नेतृत्वमा भएको कार र मोटरसाइकल ¥यालीमा सहभागी भएका अरु डनहरुको पनि पहिचान हुने थियो ।